१७ मंसिर २०८२, बुधबार

Author: तुफान न्यूज

अन्तर्राष्ट्रिय नेपाली फुड फेस्टिभल तथा सेफ सम्मेलनको उद्घाटन पर्यटनमन्त्री पाण्डेले गर्नुहुने

अन्तर्राष्ट्रिय नेपाली फुड फेस्टिभल तथा सेफ सम्मेलनको उद्घाटन पर्यटनमन्त्री पाण्डेले गर्नुहुने

Breaking News
काठमाडौं – नेपाली मौलिक खानाको विविधता, परम्परागत स्वाद, र सांस्कृतिक सम्पदालाई विश्वसामु चिनाउने उद्देश्यले आगामी वैशाख ६ गते काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी मार्गमा आयोजना हुने अन्तर्राष्ट्रिय नेपाली फुड फेस्टिभल तथा सेफ सम्मेलनको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गर्नुहुने भएको छ। नेपाली सेफ सोसाइटी र अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको संयुक्त आयोजनामा हुन लागेको यो यो कार्यक्रमलाई ऐतिहासिक सम्मेलनको रूपमा लीएको छ, जहाँ विश्वभर रहेका नेपाली सेफहरू एकै ठाउँमा भेला भई नेपाली खानाको प्रवर्द्धन, गुणस्तर सुधार र सेफहरूको क्षमता विकासमा योगदान दिने उद्देश्य राखिएको छ। म​ङ​ग​ल​वार​ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पाण्डेसँग भएको भेटमा सम्मेलनका केन्द्रीय संयोजक अरुण अधिकारीले मन्त्रीलाई कार्यक्रममा सहभागी भई उद्घाटन गरिदिन आग्रह गर्नु...
साँगे सभ्यता संरक्षण तथा विकास अभियानको आयोजनामा चियापान कार्यक्रम हुँदै

साँगे सभ्यता संरक्षण तथा विकास अभियानको आयोजनामा चियापान कार्यक्रम हुँदै

समाचार
काठमाडौं। साँगे सभ्यता संरक्षण तथा विकास अभियानले आगामी चैत्र ३० गते शनिवार चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त चियापान कार्यक्रम काठमाडौं, बसुन्धारा चौकी स्थित साउथ वेष्टर्न स्टेट कलेजको सभाहलमा हुन लागेको हो । साँगेबासी बिचमा एकता एवम् भाइचारा अभिबृद्धी र संस्कृतिको जगेर्ना गर्ने हेतुले चियापान तथा शुभकामना कार्यक्रम आयोजना गर्न लागिएको साँगे सभ्यता संरक्षण तथा विकास अभियानका संयोजक सुरेन्द्र वाग्लेले जानकारी दिनुभयो । साथै उहाँले दिउँसो ११:३० बजेबाट कार्यक्रम सुरु हुने जानकारी दिनुभएको छ । त्यसैगरि अभियानका महासचिव सरोज ओझाले नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा आयोजना गर्न लागिएको यस चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा साँगे खोलाको शिर भाग क्षेत्रदेखि मादिको संगमस्थतसम्मको पानीढोलो क्षेत्र थाँतथलो भएका वा हाल बसोबास गर्ने सबैलाई स-परिवार उपस्...
६ किलो गाँजासहित त्रिभुवन विमानस्थलबाट एक विदेशी महिला पक्राउ

६ किलो गाँजासहित त्रिभुवन विमानस्थलबाट एक विदेशी महिला पक्राउ

समाचार
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो गाँजासहित प्रहरीले एक विदेशी महिलालाई पक्राउ गरेको छ।   थाई एयर टिजी ३१० मार्फत् बैंककबाट काठमाडौं आएकी २६ वर्षीया मिस कंनोकवान पोंगसुवान पक्राउ परेकी हुन्।   उनलाई विमानस्थलको भन्सार एरियाबाट पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोको एसपी नारायणप्रसाद अधिकारीले जानकारी दिए।   ...
तीनकुने घटनामा शाही युवा शक्तिका दिलबहादुर श्रेष्ठ पक्राउ

तीनकुने घटनामा शाही युवा शक्तिका दिलबहादुर श्रेष्ठ पक्राउ

समाचार
काठमाडौं ।  काठमाडौंको तीनकुने घटनामा संलग्न भएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।   काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शाही युवा शक्तिका दिलबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो।   शाही युवा शक्तिलाई नेतृत्व गर्ने पशुपति खड्कालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ। उनीपछिको वरीयतामा रहेका श्रेष्ठलाई कार्यालयको टोलीले सोमबार गोंगबुबाट पक्राउ गरेको हो।   उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाउने तयारी भइरहेको छ।   प्रहरी परिसरको हिरासतमा मात्रै ७३ जना छन्। उनीहरूमाथि राज्यविरूद्धको कसुर, आपराधिक उपद्रव गर्न नहुने र संगठित अपराध कसुरमा अनुसन्धान भइरहेको छ। ...
कार्यक्रम स्थलको फोहोर आफै सफा गरेकोमा मेयर बालेनले दिए राप्रपालाई धन्यवाद

कार्यक्रम स्थलको फोहोर आफै सफा गरेकोमा मेयर बालेनले दिए राप्रपालाई धन्यवाद

समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई धन्यवाद दिएका छन्।   राप्रपाले मंगलबार काठमाडौंको बल्खुमा खबरदारी सभा गरेको थियो। उक्त सभा सकिएपछि राप्रपाका स्वयमसेवक तथा नेता कार्यकर्ताहरूले कार्यक्रम स्थलमा रहेको फोहोर सफा गरेका थिए।   राप्रपाले कार्यक्रम स्थलको फोहोर सफा गरेकोमा मेयर शाहले धन्यवाद दिएका छन्।   ‘कसैले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर महानगर बसेको हुँदैन, सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगर चाहन्छ,’ मेयर शाहले मंगलबार अपराह्न फेसबुकमा लेखेका छन्, ‘राप्रपाले आजको कार्यक्रममा आफै सरसफाइ गरेकोमा धेरै-धेरै धन्यवाद छ।’   राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौं महानगरपालिकालाई कार्यक्रम क्षेत्रको फोहोर राप्रपा आफैले...
नेपालमा प्रथमपटक पुष्पलाल माक्र्सवादी विश्वविद्यालयकाे घोषणा

नेपालमा प्रथमपटक पुष्पलाल माक्र्सवादी विश्वविद्यालयकाे घोषणा

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, संस्कृति, समाचार
सिर्जनानगर, रामेछाप : नेपालमा प्रथमपटक पुष्पलाल माक्र्सवादी विश्वविद्यालय घोषणा गरिएको छ । पुष्पलाल जन्मशताब्दी–कृष्णलाल बलिदान शताब्दी समारोह समिति २०८०–२०८१ र "हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठान"ले चैत २३–२५ सम्म रामेछापको कठजोर, भँगेरी, मन्थली र सिर्जनानगरमा आयोजना गरेको बृहत् भेला र विचारगोष्ठीले पुष्पलाल माक्र्सवादी विश्वविद्यालय र कृष्णलाल अधिकारीलाई प्रथम साहित्यिक सहिद घोषणा गरेको हो । भेलामा नेपालका नेल्सन मन्डेला उपनामले चिनिएका ८८ वर्षीय कम्युनिस्ट नेता मोहनचन्द्र अधिकारी, ८७ वर्षीय कम्युनिस्ट नेता ईश्वरीप्रसाद दाहाल ‘असारे काका’, नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवाली, समाजवादी कम्युनिस्ट पार्टीका महासचिव पूर्णबहादुर सिंह, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष लोकनारायण सुवेदी, अखिल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष नारायण शर्मा, नेकपा (माओवादी केन्द्र) का स्थ...
नेपाल लोकतान्त्रिक खेलकुद संघ जाजरकोटको अध्यक्षमा विमल रोकाय सर्वसम्मत चयन

नेपाल लोकतान्त्रिक खेलकुद संघ जाजरकोटको अध्यक्षमा विमल रोकाय सर्वसम्मत चयन

Breaking News, राजनीति, राष्ट्रिय, विचार
जाजरकोट :नेपाल लोकतान्त्रिक खेलकुद संघ जाजरकोटको अध्यक्षमा विमल रोकाय सर्वसम्मत चयन भएका छन् । काँग्रेस पार्टी कार्यालयमा भएको अधिवेशनबाट अध्यक्ष सहित १९ सदस्सीय कार्यसमिति निर्माण भएको छ ।जस अन्तर्गत उपाध्यक्षमा अमृत मल्ल, महिला उपाध्यक्षमा गीता बुढा, सचिव कृष्ण विक्रम शाह, सह सचिव वीरेन्द्र शाही, कोषाध्यक्ष, मोहनराज गिरी रहेका छन् । यस्तै, अधिवेशनले केन्द्रीय महाधिवेशनका लागि ५ जना प्रतिनिधि छनौट गरेको छ । जसमा यज्ञ बहादुर बटाला, गणेश बहादुर विष्ट, लोकेन्द्र चन्द, इन्द्रा चन्द सिंह र निशानी बुढालाई छनौट गरेको छ । प्रदेश सभा क्षेत्र (ख) मा शीतल जङ्ग शाही को अध्यक्षतामा १९ सदस्सीय नयाँ समिति सर्वसम्मत गठन भएको छ । जसको उपाध्यक्षमा लक्ष्मी खत्री, महिला उपाध्यक्षमा सीता सिंह, सचिवमा योगेश वि.सी सह सचिवमा सगोल वि.सी कोषाध्यक्षमा दुर्गा शाही सदस्य धर्मराज चनारा लगायतका रहेका छन् । अधि...
काठमाडौंबाट ९ जना जुवाडे पक्राउ

काठमाडौंबाट ९ जना जुवाडे पक्राउ

समाचार
काठमाडौं । काठमाडौंमा ९ जना जुवाडे पक्राउ परेका छन् ।   नागार्जुन नगरपालिका–१ रानीवन बस्ने देव बहादुर सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको हो ।   प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५७ हजार ८ सय रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।...
काठमाडौं महानगरका कर्मचारीले तीन महिनापछि बुझे तलब

काठमाडौं महानगरका कर्मचारीले तीन महिनापछि बुझे तलब

समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाका कर्मचारीले तीन महिनापछि तलब बुझेका छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ काममा फर्किएसँगै कर्मचारीले तलब पाएका हुन् ।   मेयर बालेन शाहले निलम्बनमा राखेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई उपमेयर सुनिता डंगोलसहित जनप्रतिनिधिहरुले काममा फर्काएका थिए ।   महानगरमा तलब निकासाको काम वित्त विभागमार्फत हुन्छ । गुरागाईंले कार्यालयमा हाजिर गरेसँगै ‍राजस्व खाता सञ्चित कोषमा रहेको रकम खर्च खातामा सारेपछि कर्मचारीको खातामा तलब गएको हो। ...
बोरामा १३ वर्षीया बालिकाको शव फेला घटनामा एक जना पक्राउ

बोरामा १३ वर्षीया बालिकाको शव फेला घटनामा एक जना पक्राउ

समाचार
काठमाडौं । सिराहामा बोराभित्र १३ वर्षीया बालिकाको शव फेला परेको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।गोलबजार नगरपालिका-९ गोबिनपुरकी १३ वर्षीया गुलसना खातुनको शव फेला परेको घटनामा प्रहरीले एक जना पुरूषलाई पक्राउ गरेको हो।   प्रहरीले ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न गोबिन्दपुरकै २४ वर्षीय जनक भन्ने वीरबहादुर सार्कीलाई पक्राउ गरेको हो।   गुलसना फागुन २९ गते अन्दाजी ९ बजेतिर घाँस काट्न भनेर घरबाट हिँडेकी थिइन्। तर उनी फर्किएर नआएपछि परिवारले खोजी थालेका थिए। चैत १ गते इलाका प्रहरी कार्यालय मिचैयामा गुलसनाकी आमा जेहदाले निवेदन दिएकी थिइन्।चैत १२ गते मध्याह्नमा गोलबजार-९ घुर्मी खोला किनारामा एक बालिकाको शव फेला परेको थियो।   शव बोराभित्र राखिएको अवस्थामा फेला परेको थियो। ती बालिका बेचन अली र जेहदा खातुनकी १३ वर्षीया गुलसना नै रहेको खुलेको थियो।जिल्...