११ पुष २०८२, शुक्रबार

Author: तुफान न्यूज

ललितपुर जिल्लामा  २९० मतदान केन्द्र रहने छन ।

ललितपुर जिल्लामा २९० मतदान केन्द्र रहने छन ।

Breaking News, निर्वाचन, शिक्षा, समाचार
२० कात्तिक, ललितपुर । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ललितपुरमा २९० मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचन कार्यालय ललितपुरका अनुसार दुई सय ९० मतदान केन्द्रमा एक सय ३१ मतदानस्थल र दुई वटा अस्थायी मतदान केन्द्र छनोट गरिएको छ । ललितपुरमा कूल दुई लाख ५० हजार चार सय १० मतदाता छन् । निर्वाचन कार्यालयसँगको समन्वयमा मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत अन्य कर्मचारीको व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए । निर्वाचनलाई भयरहित, स्वच्छ, निष्पक्ष बनाउनका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकमा सुरक्षा व्यवस्थापन गरिएको प्रहरी वरिष्ठ उपरीक्षक विनोद पोखरेलले बताए ।...
माओवादी केन्द्र का पाेलिटब्युराे सदस्य रामदिप काे चुनावी अपिल , सार्वजनिक

माओवादी केन्द्र का पाेलिटब्युराे सदस्य रामदिप काे चुनावी अपिल , सार्वजनिक

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवं प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार रामदिप आचार्यले चुवानी अपिल सार्वजनिक गरेका छन् । अपिलमा आर्चायले जाजरकोट विकासका लागि चुनावी एजेण्डाहरु समेत सार्वजनिक गरेका छन् । यस्ताे  छ अपिलकाे पूर्णपाठ : हार्दिक अपिल ! आदरणीय जाजरकोटबासी जनसमुदाय ! मैले प्रतिनिधिसभा समानुपातिक तर्फको उम्मेद्वारको रूपमा आफ्ना विचारहरू, धारणाहरू र प्रतिवद्धताहरू संक्षेपमा व्यक्त गर्न यो अपिल जारी गरेको छु । १. हाम्रो अवलोकन योग्य ब्रह्माण्ड बनेको १३.८ अर्ब वर्ष र हाम्रो पृथ्वी बनेको ४.५ अर्ब वर्षको इतिहासमा एउटा साधारण धुलोको कण बौद्धिक प्राणीको रूपमा विकसित भयो । हाम्रो प्रजाति होमो सेपियन्स निर्जीव वस्तुबाट एक कोषीय जीव, बहुकोषीय जीव, सरिसृप, स्तनधारी जनावर र अन्तमा पशुजगतबाट अलग भएर मान्छे बन्यो । यो मान्छे निरन्तर परिवर्तन र विकासको प्रक्रियामा छ । २. ...
चार दलीय सभा कैलालीको धनगढीमा

चार दलीय सभा कैलालीको धनगढीमा

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
काठमाडाैँःनेपाल कम्युनिस्ट पार्टी(बहुमत) नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) सहित ४ दलको संयुक्त आयोजनामा कैलालीको धनगढिमा भव्य सभा सम्पन्न भएको छ । सभा हुनुपूर्व धनगढिको चौराहदेखी पार्कमोडसम्म संसदीय निर्वाचन बहिस्कार गरौँ भन्दै विशाल ¥याली निस्केर सभामा परिणत भएको थियो । आगामी मंसिर ४ गते हुन लागेको संसदिय निर्वाचन नेपाली जनतालाई केवल धोका मात्र भएको र यसले देशलाई आर्थिक तथा राजनैतिक संकटतर्फ लैजाने भन्दै ४ दलले संसदीय निर्वाचन अवज्ञा तथा बहिष्कार कार्यक्रम गरेका हुन् । उक्त बिरोध सभामा ४ पार्टीका नेताहरु क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य सिपी गजुरेल, नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’, नेकपा (मशाल)का केन्द्रीय सदस्य लाल बहादुर जाग्री, माओवादी कम्युनिष्ट पार्टी नेपालका महासचिव रामनारायण पालले सम्बोधन गरेका थिए । कार्यक्रममा बोल्दै नेकपा(क्रान्तिकारी म...
रुसकाे एक बारमा  आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु

रुसकाे एक बारमा आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु

Breaking News, अन्तर्राष्ट्रिय, अर्थवाणिज्य, समाचार
            २० कार्तिक काठमाडौं । रुसको कोस्ट्रोमा सहरको एक बारमा आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार क्लबमा कति जना उपस्थित थिए भन्ने आधिकारिक जानकारी आउन सकेको छैन तर अहिलेसम्म २५० जनालाई सकुशल बाहिर निकालिएको छ । रुसी सञ्चारमाध्यमले अधिकारीहरूलाई उद्धृत गर्दै एक जना रक्सीले मातिएका ग्राहकले डान्स फ्लोरमा फ्लेयर गन चलाउँदा आगो सुरु भएको बताएको छ। आगो छतको बत्तिको केही भागहरूमा फैलिएपछि कोठा तुरुन्तै धुँवाले भरिएको र यसलाई निभाउन केही घण्टा लागेको बताइएको छ । प्रहरीले यस घटनामा संलग्न एक जनालाई पक्राउ गरेको छ । क्लबको व्यवस्थापन गर्ने कम्पनीका निर्देशक पनि पक्राउ परेका छन् । कम्पनीका निर्देशक स्थानीय राजनीतिज्ञ हुन् । यसअघि सन् २००९ मा रुसको पेर्न सहरको एक नाइट क्लबमा कम्तिमा १५९ जनाको मृत्यु भएको थियो ।...
भाषण गर्दैमा  लिम्पियाधुरा ल्याउन सकिँदैन : प्रधानमन्त्री देउवा

भाषण गर्दैमा लिम्पियाधुरा ल्याउन सकिँदैन : प्रधानमन्त्री देउवा

चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
१९ कार्तिक, डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावपछि पनि गठबन्धन सरकार बन्ने बताएका छन् ।  प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै षडयन्त्रपूर्ण ढंगले राष्ट्रपतिलाई मध्यराति २ बजे उठाएर संसद विघटन गरिएको र त्यसका विरुद्धमा गठबन्धन बनेको बताए । शनिबार  डडेल्धुराको अजयमेरु गाउँपालिकाको चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने– ‘षड्यन्त्रपूर्ण तरिकाले राष्ट्रपतिलाई मध्यराति २ बजे उठाए संसद विघटन गर्नुभयो । त्यसका विरुद्धमा गठबन्धन बनेको  हो । त्यसैले चुनावपछि पनि गठबन्धन सरकार बन्छ ।’ कांगेस सभापति समेत रहेका देउवाले ओलीले दार्चुला गएर भाषण गरेर  लिम्पियाधुरा नआउने बताए । उनले भने– ‘दार्चुला गएर भाषण गरेर  लिम्पियाधुरा आउँछ ? कि लड्नुपर्यो । बन्दुक ल्याउनुहोला । होइन भने कुटनैतिक माध्यमबाट आफ्नो भूमि फिर्ता ल्याउने हो । भाषण त काठमाड...
जाजरकोटमा चुनाव : पहिले पार्टीको डर अहिले स्वतन्त्र  काे

जाजरकोटमा चुनाव : पहिले पार्टीको डर अहिले स्वतन्त्र काे

Breaking News, राजनीति, समाचार
१९ कात्तिक, जाजरकोट । २०६४ सालको चुनावमा जारजकोटको दुवै निर्वाचन क्षेत्र जितेको तत्कालीन नेकपा माओवादी २०७० सालको दोस्रो संविधानसभा चुनावमा एउटा क्षेत्रमा मात्र विजयी भयो । एउटा मात्र क्षेत्र कायम भएपछि २०७४ को चुनावमा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेतले चुनाव त जिते तर नेकपा एमालेसँगको गठबन्धनबाट । अहिले पनि माओवादी केन्द्रबाट शक्ति नै मैदानमा छन्, तर २०७४ को सारथीसँग प्रतिस्पर्धा छ । ०७४ मा प्रतिनिधिसभा निर्वाचनको शक्ति ३२ हजार २८१ मतका साथ निर्वाचित हुँदा कांग्रेसका राजीवविक्रम शाहले २३ हजार २८९ मत पाएका थिए । अहिले शक्तिसँग एमालेका निरज आचार्य, राप्रपाका दीपक खनाल, कांग्रेस वीपीका झलकनाथ वाग्ले, राष्ट्रिय स्वतन्त्र पार्टीका राजबहादुर शाही र स्वतन्त्र उम्मेदवार नरबहादुर कार्की चुनावी मैदानमा छन् । प्रतिनिधिसभा सदस्यका लागि बस्नेतसँग प्रतिस्पर्धा गरिरहेका निरज र नरबहाद...
हुम्लामा  हेलिकप्टरबाट  पुग्यो मतपत्र ।

हुम्लामा हेलिकप्टरबाट पुग्यो मतपत्र ।

निर्वाचन, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
१९ कात्तिक, हुम्ला । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि हेलिकोप्टर मतपत्रबाट हुम्ला ल्याइएको छ । शुक्रबार नेपाली सेनाको हेलिकोप्टरबाट मतपत्र हुम्ला ल्याइएको हो । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि १ सय ५० कार्टुन १ लाख ५० मतपत्र हुम्ला पुगिसकेको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निर्वाचन अधिकारी श्यामबहादुर रानाले जानकारी दिए । मतदान केन्द्रमा आवश्यक पर्न ५८ किसिमका सामग्री हुम्ला पुगिसकेको निर्वाचन अधिकारी रानाले बताए । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट खरिद गरिसकेको निर्वाचन अधिकारी रानाले बताए । २६ गतेबाट निर्वाचन सामग्री हस्तान्तरण गरिने उनले बताए ।...
जिएमआरबारे सर्वोच्चको आदेश राष्ट्रहितमा छ: अधिवक्ता भण्डारी

जिएमआरबारे सर्वोच्चको आदेश राष्ट्रहितमा छ: अधिवक्ता भण्डारी

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, विगन्यूज, समाचार
काठमाडौं: वरिष्ठ अधिवक्ता तथा जनअधिकार अभियान नेपालका अध्यक्ष एकराज भण्डारीले भारतीय जलजलविद्युत कम्पनी गान्धी मालिकार्जुन राव(जिएमआर)लाई अपरकर्णाली जलविद्युत योजनाका लागि लगानी जुटाउन समय थप गर्ने निर्णय कार्यान्वयन नगर्नका लागि सर्वोच्चले गरेको निर्णय राष्ट्रहितमा भएको टिप्पणी गरेका छ्न् । शुक्रबार सञ्चारकर्मिसङ्गको कुराकानीमा भण्डारीले यस्तो टिप्पणी गरेका हुन् । बिहीबार सर्वोच्च अदालतका न्यायाधीश इश्वर प्रसाद खतिवडाको एकल इजलासले रतन भण्डारी समेतको रिट माथी सुनुवाइ गर्दै जिएमआर कम्पनीलाई लगानी जुटाउन थप गरिएको समय सिमा नेपालको प्रचलित कानुन र जि एम आरसङ्गको द्विपक्षीय सम्झौताको प्रावधान विपरीत रहेकोले यसको कार्यान्वयन नगर्ने आदेश जारी भएपछि प्रस्तुत रिटको पक्षमा बहस गर्दै आएका अधिवक्ता भण्डारीले सर्वोच्चको निर्णय सकारात्मक रहेको उल्लेख गरेका हुन् । संसारकै सस्तो लागातमा बन्न सक्न...
प्रगतिशील तथा जनवादी गीत ‘चुनाव’ सार्वजनिक

प्रगतिशील तथा जनवादी गीत ‘चुनाव’ सार्वजनिक

Breaking News, मनाेरन्जन, राष्ट्रिय, संस्कृति
काठमाडौँ: प्रगतिशील तथा जनवादी गीतकार प्रेम सी र वरिष्ठ जनवादी तथा प्रगतिशील संगीतकार चिरन सीको संयुक्त प्रस्तुति ‘चुनाव’ सार्वजनिक सार्वजनिक  भएको छ । यही कार्तिक २० गते आइतबार भृकुटीमण्डपस्थित पर्यटन बोर्डको हलमा दिउसो १:३० देखि ४ बजेसम्म  उक्त समारोह नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भयकाे हाे । प्रगतिशील तथा जनवादी श्रष्टाहरुको उपस्थितिमा सार्वजनिक गर्न लागिएको उक्त “चुनाव” गीत सार्वजनिक समारोहमा जनवादी तथा प्रगतिशील श्रस्टालाई सम्मान गरियकाे थियाे ।...
दाजुका हत्यारालाई कार्बाही गर्न माग गर्दै अनशन वसेका  कुमार पौडेलका भाइ गिरफ्तार

दाजुका हत्यारालाई कार्बाही गर्न माग गर्दै अनशन वसेका कुमार पौडेलका भाइ गिरफ्तार

Breaking News, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौँ : तत्कालिन नेकपा सर्लाहीका इन्चार्ज कुमार पौडेलको हत्यामा संलग्न भएको व्यक्तिलाई निर्वाचनमा उम्मेद्धार बनाईएकोले उक्त व्यक्तिको उम्मेद्धारी खारेजीको माग गर्दै अनसन वसेका हरिकृष्ण पौडेललाई आज प्रहरीले गिरफ्तार गरेको छ । आउदो मंसिर ४ गते हुन लागेको संसदिय निर्वाचनमा सर्लाहीको क्षेत्र नम्बर ३ बाट पाँच दलिय बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट डिल्ली प्रसाद उप्रेति उम्मेद्वार बनेका छन् । उनै उप्रेतिको उम्मेद्वारी खारेजीको माग गर्दै सहिद कुमार पौडेलका भाई हरिकृष्ण पौडेल सर्लाही ३ नम्बर निर्वाचन क्षेत्रको कार्यालय अगाडि कार्तिक १ गतेदेखी अनसन बसेका थिए । उनलाई आज प्रहरीले बल प्रयोग गरेर गिरफ्तार गरेको जानकारी प्राप्त भएको छ । कुमार पौडेलको परिवारले कुमारको हत्यामा संगल्न भएको अभियोग लागेका व्यक्तिहरु खुलेआम घुमिरहेको भन्दै कानुनी कार्वाहीको माग गर्दै आईरहेको सन्दर्भमा तिनै व्यक्तिहरु निर्...