१९ पुष २०८२, शनिबार

Author: तुफान न्यूज

“कर्णालीवासीले दिएका साथ र माया मेरा प्रेरणाका स्रोतहरु हुन्”: नर बहादुर कार्की

“कर्णालीवासीले दिएका साथ र माया मेरा प्रेरणाका स्रोतहरु हुन्”: नर बहादुर कार्की

Breaking News, विचार, शिक्षा
सुर्खेत : जाजरकोटका नरबहादुर कार्की एउटा दुर्गम जिल्ला बिकट ठाउँकाे जिवन्त र उदयमान प्रतिभा हुन। साधारण लेखपढ गर्न नजान्ने बुवाआमा उनलाई पढाउन जरुरी ठान्छन् । गाउँदेखि सदरमुकामका विद्यालयसम्म जेनतेन गरेर एसएलसीसम्म पढाउँछन् । त्यसपछिको उच्च शिक्षा पूरा गर्न उनी आफैंले मिहिनेत गर्छन् , आफ्नो जीवनमा उनी देश-विदेशमा पुगेर सामाजिक अभियानताका रुपमा सक्रिय भएर काम गरिरहेका छन। -वीरेन्द्रनगरमा भइरहेको कर्णाली उत्सवको पाँचौ संस्करणको पहिलो दिन उनले आफ्नो कथा सुनाए ।उत्सवमा उनले कर्णालीको पैकेलो (हिरो) कारुपमा कथा सुनाएका हुन । ब्यागराउण्डमा बजिरहेकाे संगितकाे धुनले केही भावुक माेडमा उनी प्रस्तुत भयर भन्छन-‘मलाई आमाबुवाले पढाउन जरुरी ठान्नुभयो, बुवा गोठालो हुनुहुन्थ्यो, उहाँले गोठालाको छोरा पनि पढोस् न त भनेर ठान्नुभयो र मलाई पढाउनुभयो,’ उनले आफ्नो कथाको सुरुमा सुनाए, ‘बाबा र आमा दुवैलाई नाम ले...
क्रान्तिकारी युवा संगठन नेपालले गिरफ्तार नेताहरुकाे रिहाइको लागी प्रेस विज्ञप्ति जारी गरेकाे छ

क्रान्तिकारी युवा संगठन नेपालले गिरफ्तार नेताहरुकाे रिहाइको लागी प्रेस विज्ञप्ति जारी गरेकाे छ

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
पाेखरा :क्रान्तिकारी युवा संगठन नेपालका केन्द्रिय सदस्य तथा कास्की जिल्ला संयोजक सुर्य गिरफ्तार भएका छन । उनलाई पोखरा औद्योगिक क्षेत्र नजिकबाट गिरफ्तार गरेको हो । क्रान्तिकारी कम्युनिस्ट पार्टीकाे सहायक संगठन क्रान्तिकारी युवा संगठनले चरणबद्ध रुपमा देशका विभिन्न ठाउँहरुमा भ्रष्टाचार विरुद्ध कालोमोसो दल्दै आएको छ । साथै उक्त संगठनले आजै एक विज्ञप्ति जारी गर्दै विनासर्त रिहाइको माग गरेको छ । रिहाइ नगरिए सशक्त सङ्घर्षमा होमिन बाध्य हुने र यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार सम्बन्धित पक्षनै हुनुपर्ने समेत चेतावनी दिएको छ । विज्ञप्तिमा यस्ताे भनियकाे छ : “हजारौं युवाहरुको बलिदानमा जन्मिएको महान तथा गौरवशाली सङ्गठन क्रान्तिकारी युवा सङ्गठन नेपाल विगत लामो समयदेखि राष्ट्रियता, जनतन्त्र र जनजीविका पक्षमा एवम् भ्रष्टचारका विरुद्धमा सडक सङ्घर्षमा रहेको सर्वविदितै छ । सङ्गठनका केन्द्रिय सदस्य त...
अखिल नेपाल शिक्षक संगठनद्वारा देव कुमारी बुढाकाे स्मृतिमा शाेक सभा सम्पन्न

अखिल नेपाल शिक्षक संगठनद्वारा देव कुमारी बुढाकाे स्मृतिमा शाेक सभा सम्पन्न

Breaking News, शिक्षा, संस्कृति, समाचार
पाल्पा :अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिले संगठन का केन्द्रीय सदस्य तथा अनुशासन आयाेगका संयोजक बिजय बुढाकी आमाको स्मृतिमा शाेक सभा सम्पन्न गरेकाे छ । शनिबार पाल्पा जिल्ला रैनादेवी छहरा गाउँपालिका वडा न ६ निवासी पाल्पा जिल्लाका अध्यक्ष तथा सगठनका केन्द्रीय सदस्य अनुशासन आयाेगका संयाेजक विजय बुढाथोकी की ममतामयी माता देव कुमारी बुढाथोकिकाे ११ ओै दिनमा शाेकसभा सम्पन्न गरेको हाे। संगठनका केन्द्रीय सहअध्यक्ष गुनाखर भट्टराईकाे प्रमुख आतिथ्यतामा शाेकसभा कार्यक्रम सम्पन्न भएको थियोे । शाेकसभामा मन्तब्य राख्दै भट्टराईले जिवन र मुत्यु स्वभाविक प्रत्रिया भएको सम्पूर्णलाई शाेकलाई शत्तिमा बदल्दै स्वर्गीय आमाको बाँकी कार्यभार पुरा गर्नुपर्ने दायित्व पुरा गर्न हामी सबै लाग्नुपर्ने बताए ।कार्यक्रममा संगठनका केन्द्रीय उपमहासचिव (अर्थ )लक्ष्मण वलीले स्वर्गीय आमा प्रति श्रद्धाञ्जली अर्पण गदै आमाकाे...
सहिद तुफानकाे  स्मृति दिवसका दिन सिंहद्वारा-घाेषित छात्रवृत्ति प्रदान

सहिद तुफानकाे स्मृति दिवसका दिन सिंहद्वारा-घाेषित छात्रवृत्ति प्रदान

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, शिक्षा, संस्कृति, समाचार
जाजरकोट :महान् सहिद तुफान( गोपाल बहादुर सिंह) को स्मृति दिवसका दिन पूर्णबहादुर सिंह समरजङ्ग ले आफ्ना बुवा बितु सिंह र आमा बिन्दासरा सिंहको नाममा २०७८ सालमा स्थापना गरिएको "बितु सिंह- बिन्दासरा सिंह स्मृति छात्रवृत्ति" श्री जनकल्याण आधारभूत विद्यालय, गुमथले, कुशे-२ का छात्र- छात्रालाई प्रदान गरिएको छ ।आजकै दिन २०५८ मा जनमुक्ति सेना नेपालले अछामको मङ्गलसेन कार्वाहीको क्रममा कमरेड तुफानलगायत दर्जनौं योद्धाहरुले उच्च सहादत प्राप्त गरेका थिए । छात्रवृत्ति सिंहका जेठा दाजु श्री गोरख बहादुर सिंह , बिद्यालयका प्रअ तिलकबहादुर सिंह शिक्षक भक्त बहादुर सिंह , सिता कुमारी सिंह , बिब्यस  अध्यक्ष हरि बहादुर सिंह सहिद तुफान कि आमा तुलसा सिंह लगायतको उपस्थितिमा उक्त बिद्यालयमा अध्यनरत  ८ कक्षाकी उत्कृष्ट छात्रा नमुना  सिंह र जेहेन्दार छात्र कक्षा ५का प्रशान्त सिंह लाई नगद रूपैयाँ पाँच हजारका दरले एक समा...
दुग्ध विकास संस्थाका महाप्रबन्धक सञ्जीव झालाई भ्रष्टाचारकाे आराेपमा कालोमोसो

दुग्ध विकास संस्थाका महाप्रबन्धक सञ्जीव झालाई भ्रष्टाचारकाे आराेपमा कालोमोसो

Breaking News, अर्थवाणिज्य, समाचार
काठमाडौं :माेहन वैद्य किरण नेतृत्वकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी युवा संगठन नेपालका कार्यक्रताहरुले  दुग्ध विकास संस्था (डिडिसी)का महाप्रबन्धक सञ्जीव झालाई शुक्रबार बिहान कालोमोसो दलेकाे समाचार प्राप्त भएकाे छ । दुग्ध विकास संस्था (डिडिसी)का महाप्रबन्धक सञ्जीव झालाई कालो मोसो किन ?  संगठनले केही प्रमाण समेत सार्वजनिक गरेकाे छ । १:-दूध बेचेको करिब १७ करोड रुपैयाँ संस्थानमा दाखिला नगरी व्यक्तिगत प्रयोजनमा खर्च गरेकोले । २:-डिडिसीले किसानबाट दूध खरिद गरेको ८५ करोड रुपैयाँ बक्यौता तिर्न आलटाल गरेकोले । ३:-इन्धन र सवारीसाधन प्रयोगमा मितव्ययी नभएकोले ४:-कर्मचारीको सरुवा–बढुवामा समेत आर्थिक लाभ लिने गरेको ले । ५:- किसानबाट संकलन भएको दूध बिक्री नगरी पाउडर बनाएर गोदाममा थन्क्याउने र कमिसनको लागि दूध उत्पादन कम भएको भन्दै भारतबाट कच्चा दूध आयातका लागि म...
कपिलवस्तुकाे सुरहि पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु, ३० घाइते

कपिलवस्तुकाे सुरहि पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु, ३० घाइते

Breaking News, यातायात, राष्ट्रिय, समाचार
बुटवल :पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही पुल नजिकै यात्रुवहाक बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । बुधबार साँझ महेन्द्रनगरबाट काठमाडौंका लागि छुटेको सु प प्र ०२-००१ ख ००९८ नम्बरको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको र ३० जना घाइते भएका छन् । त्यसमध्ये ९ जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ । अरु घाइतेको चन्द्रौटामै उपचार भइरहेको छ । सुनौलो महाकाली यातायातको बस राति २ बजेतिर सडकबाट २०० मिटर तल खसेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन प्रदेश कार्यालय बुटवलले जनाएको छ । बसमा ४० जना यात्रु रहेकाे र मृत्यु हुनेमा ३ महिला र ७ पुरुष रहेकाे बुटवल प्रहरी कार्यलयले जनायकाे छ । घटनाको थप विवरण आउन बाँकी छ ।...
नयाँ जनवाद, समाजवाद हुँदै साम्यवादको उदात्त आदर्श प्राप्तिका लागि हामीले जनयुद्धको थालनी गरेका थियौं : माेहन वैद्य “किरण”

नयाँ जनवाद, समाजवाद हुँदै साम्यवादको उदात्त आदर्श प्राप्तिका लागि हामीले जनयुद्धको थालनी गरेका थियौं : माेहन वैद्य “किरण”

राजनीति, विचार, शिक्षा
आज देशैभर जनयुद्ध दिवस मनाउँदै हुनुहुन्छ, जनयुद्धको एकजना पहलकर्ताको हैसियतले यसको आवश्यकता, महत्व र औचित्यमाथि प्रकाश पारिदिनुस् न ?–सर्वप्रथम त यहाँहरुलाई जनयुद्धको शुभकामना छ । यही मिडियामार्फत् सबै कमरेडहरु, शुभेच्छुकहरु र आम जनतामा जनयुद्ध दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु । जनयुद्ध नेपालमा सामन्तवाद, विस्तारवाद र साम्राज्यवादद्वारा हुँदै आएको उत्पीडनका विरुद्ध देशलाई अर्धसामन्ती, अर्धऔपनिवेशिक अवस्थाबाट मुक्त गरेर नयाँ जनवाद, समाजवाद हुँदै साम्यवादको उदात्त आदर्श प्राप्तिका लागि हामीले जनयुद्धको थालनी गरेका थियौं । यसको औचित्य के छ भन्ने जहाँसम्म प्रश्न छ– वास्तवमा शोषित पीडित तथा सर्वहारा वर्ग, किसान, मजदुर, महिला, दलित, मधेसी, आदिवासी जनजाति, मुस्लिम, उत्पीडित क्षेत्रका जनता लगायत राष्ट्रिय पुँजीपतिवर्गसम्मको मुक्तिको लागि, राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित समस्याह...
अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले गर्याे जनयुद्ध दिवसमा ऐक्यबद्धता

अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले गर्याे जनयुद्ध दिवसमा ऐक्यबद्धता

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, संस्कृति, समाचार
आज फागुन १ गते । क्रान्तिकारी माओवादी पार्टीहरु , जनवर्गीय संगठनहरु र आम मुक्तिकाी जनसमुदायले देशव्यापी रुपमा २९ आौं जनयुद्ध दिवस धुमधामका साथ मनाउन गइरहेका छन् । यसमा हाम्रो विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रको ऐक्यबद्धता रहेको छ । विक्रम सम्बत २०५२ साल फागुन १ गतेदेखि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ( माओवादी ) ले सञ्चालन गरेको दस वर्षे सशस्त्र जनयुद्ध तत्कालीन नेपाली समाजको राजनीतिक , आर्थिक , सामाजिक,साँस्कृतिक लगायत वर्गीय क्षेत्रीय,लिङ्गीय समेतका विभेदहरुको आमूल परिवर्तन जनताको नयाँ जनवादी व्यवस्था हुँदै वैज्ञानिक समाजवादमा पुगेर वैज्ञानिक साम्यवादमा पुग्ने बाटो तय गर्ने महान् उद्श्येका साथ सञ्चालन गरिएको समग्र वर्गयुध्द थियो । फलस्वरूप त्यसबाट नेपाली जनता र नेपाल राष्ट्रलाई  महत्त्वपूर्ण उपलब्धिहरु प्राप्त भएक...
ऐतिहासिक महान जनयुद्ध जिन्दावाद

ऐतिहासिक महान जनयुद्ध जिन्दावाद

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, विचार, संस्कृति, समाचार
आज फागुन १ गते अर्थात जनयुद्ध दिवस सम्पूर्ण न्यायप्रेमी जनसमुदाय, श्रमिक वर्ग र क्रान्तिकारी मालेमावादी शक्तिहरू २९ औँ जनयुद्ध दिवस मनाइरहेका छन् । नेपालको जनयुद्ध नेपाली जनताले मालेमावादी दर्शनमा आधारित रहेर आफ्नो वर्गको मुक्तिका लागि लडेको महान् वर्गयुद्ध हो । जनयुद्धको उद्देश्य पूरा नहोउन्जेल अर्थात् नेपालबाट सामन्तवादका अवशेषहरू, दलाल पुँजीवादी संसद्‌वाद, साम्राज्यवाद, सबैखाले प्रतिक्रियावाद, अवसरवाद, संशोधनवाद, अकर्मण्यतावाद, गोलचक्करवादलगायत क्रान्तिविरोधी शक्तिहरूको पराजय नहुँदासम्म र नेपाली जनताले मुक्तिको सास फेर्ने वैज्ञानिक समाजवाद स्थापना नहोउन्जेलसम्म यो जारी छ, जारी रहनेछ । महान् जनयु्द्धमा बलिदान गर्ने महान् सहिदका परिवारजनहरू, बेपत्ता योद्धाका परिवार तथा घाइते योद्धाहरू, जनयुद्धमा लामबद्ध शक्ति, समर्थक, शुभचिन्तक सबैमा हामी २९ औँ महान् जनयुद्ध दिवसको हार्दिक शुभकामना प्रक...
जनयुद्ध दिवस मनाउछाै : प्रधानमन्त्री दाहाल

जनयुद्ध दिवस मनाउछाै : प्रधानमन्त्री दाहाल

Breaking News, राजनीति, राष्ट्रिय, विचार, संस्कृति, समाचार
काठमाडौं :नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध दिवस मनाउने बतायका छन ।उनले अहिले सरकारको राम्रो कामको प्रभाव परेको बताउँदै माओवादीले जनयुद्ध दिवस मनाएरै छाड्ने बताए । कांग्रेसबाट आफूहरुले धोका पाएको बताएका छन् ।कोसी प्रदेशको चुनावी परिणामलाई संकेत गर्दै उनले भने, “कांग्रेसबाट धोका भयो, गठबन्धनमा समीक्षा हुन्छ । हामी इमान्दार भयौँ । गठबन्धनबाट जहिले नै धोका भइरहेको छ ।” केन्द्रीय कमिटीको बैठकमा उनले यस्तो बताएको स्रोतले जानकारी दियो । “अदालतको सम्मान गर्छौं, भोलि जनयुद्ध दिवस पनि मनाउछौँ,” उनले भने ।...