३१ भाद्र २०८१, सोमबार

१२ कक्षाको पुरक परीक्षामा दुई बिषयसम्म ननग्रेड गरेकाले परीक्षा दिन पाउने भयका छन

काठमाडौं :राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।शुक्रबार सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् अर्थात ग्रेडेड भएका छन् जसमा १ लाख ८७ हजार २१  जना विद्यार्थी नन्‌ग्रेडेड (एनजी) मा परेका छन् ।

कुल परीक्षार्थीमध्ये ४७ प्रतिशत विद्यार्थी एनजीमा परेका छन् एनजीमा पर्ने मध्ये दुई विषयसम्म नन्‌ग्रेडेड हुने विद्यार्थीले मात्र पुरक परीक्षा दिन पाउने बोर्डले जनाएको छ ।”सैद्धान्तिक तर्फ अन्य विषयमा डी वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा कुनै दुई विषयमा एनजी प्राप्त गर्ने वा बढीमा दुई विषयमा अनुपस्थित रहेका परीक्षार्थीहरूले मौका (पुरक) परीक्षामा सहभागी हुन पाउने छन,’ बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पुरक परीक्षाको विस्तृत जानकारी समय तालिकासम्बन्धी सूचनामा उल्लेख गरिनेछ ।’ नतिजामा एनजी ल्याउने मध्ये एक विषय र दुई विषयमा कति विद्यार्थी छन् भन्ने तथ्यांक बोर्डले खुलाएको छैन ।

गत असारमा प्रकाशित एसईईको नतिजामा ४८ प्रतिशत विद्यार्थी एनजीमा परेका थिए । एसईईमा भने सबै विषयमा एनजी ल्याउने

बोर्डका अनुसार ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड भएका छन्, अर्थात अनुतिर्ण भएका छन् ।आज बिहान बसेको बोर्ड बैठकले नतिजा सार्बजनिक गर्ने निर्णय गरेको हो ।

गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी थिए । ३ लाख ९० हजार परीक्षार्थी थिए ।

७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५२६ केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । यसपटक पहिलो पटक काठमाडौं जिल्लामा परीक्षणका रुपमा स्वचालित प्रक्रियाबाट परीक्षा केन्द्र तोकेर परीक्षा सञ्चालन गरिएको थियो ।

देशभरबाट ५ हजार ५४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी छन् । गत असारमा प्रकाशित एसईईको जस्तै कक्षा १२ को पनि लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन भएको छ ।