३ आश्विन २०८१, बिहीबार

जनता समाजवादी पार्टी बाँके द्वारा आफ्नो कार्यकर्ता सईद खाँ माथि लगाएको आरोपको घोर आपत्ति

काठमाडौं । जनता समाजवादी पार्टी बाँकेले आफ्नो कार्यकर्ता सईद खाँ लगायत केहि अन्य कार्यकर्ताहरु माथि लगाएको आरोपको घोर आपत्ति जनाएको छ ।
यो बिषयलाई लिएर सो पार्टीले प्रेस बक्तव्य समेत जारि गरेको छ । जनता समाजवादी पार्टी बाँकेका संगठन बिभाग प्रमुख अत्तर हुसैन फारुकी तथा समाजवादी युवा संघ बाँकेका रविन्द्र चौधरीले हस्ताक्षर गरेर प्रेस बक्तव्य जारि गरिएको छ ।
प्रेस बक्तव्य
हिजो मिति २०८१ साउन २० गते राधे यादव भन्ने राजेश यादव षड्यन्त्रकारीले हाम्रो संगठनका सईद खाँ लगायत केही साथीहरु माथी लगाएको आरोपको घोर निन्दा एवम भत्र्सना गर्न चाहन्छौ । हाम्रो संगठनका साथीहरु उक्त समयमा आ–आफ्नो कार्य ब्यस्ततामा थिए जुन सीसी टिबि बाट प्रमाणित गर्न सकिन्छ । अनाहक कुनै कसैको निउमा, गलत नियतबाट फर्जी झुठो आरोप लगाइ फसाउने षड्यन्त्रको हामी भन्डाफोर गर्न चहान्छौ । र सामाजिक सञ्जालको दुरुपयोग गर्ने राधे यादव भन्ने राजेश यादव माथि छानबिनको समेत माग गर्दछौँ ।
यस्ता कपोकल्पित, मनगढ्त कहानी बनाइ राजनितिक प्रतिशोध साध्न कोइ कसैले हाम्रो संगठनका बिशुद्ध राजनितिक गर्ने युवाहरुलाई फसाउने कार्यको घोर निन्दा एवम भत्र्सना गर्दछौ । कोइ कसैले हामी र हाम्रो संगठनसङ पैठे जोरी नखेल्न यसै बिज्ञप्ती मार्फत चेतावनी पनि दिन चाहन्छौ ।
प्रहरी प्रशासनले यस षड्यन्त्रको गम्भीर छानबीन गरोस भनी माग पनि गर्दछौ ।
मितिः– २०८१ साउन २१ गते