२८ पुष २०८२, सोमबार

Author: तुफान न्यूज

बहुचर्चित कलाकार गायक प्रकाश कटुवालको  नयाँ गित “पहेलो केसरी” सार्वजनिक

बहुचर्चित कलाकार गायक प्रकाश कटुवालको नयाँ गित “पहेलो केसरी” सार्वजनिक

मनाेरन्जन, समाचार
काठमाडौ । राष्ट्रिय संगीतकर्मी संघको केन्द्रीय अध्यक्ष नेपाली लोक संगितको क्षेत्रमा बहुचर्चित कलाकार गायक प्रकाश कटुवालको नयाँ गित "पहेलो केसरी" सार्वजनिक भएको छ। अमृत ​​भारतीको संगीत रहेको यो गितमा लक्ष्मी बम मल्ल र गायक कटुवालकै मौलिक शब्द , स्वर रहेको छ। गीतको भिडियोमा मिलन श्रेष्ठको निर्देशन कोरियोग्राफर राजाराम सिम्खडा सिनेम्याटोग्राफर सन्तोष तिमल्सिना रोशन धितालले सम्पादन गरेका छन् । प्रकाश कटुवालकै युटुब च्यानल मार्फत बजारमा आएको गीतमा कलाकार हरि भण्डारी, राजाराम सिम्खडा, रिया खड्का र नियुक्त शेर्पाको अभिनय रहेको छ। हेर्नुस् भिडियो https://youtu.be/2v4TCmJRrTE?t=300...
प्रबिन्स् मोक्तानको “मैच्याङको बोलि क्या राम्रो”बोलको गीतको अडियो सार्वजानिक

प्रबिन्स् मोक्तानको “मैच्याङको बोलि क्या राम्रो”बोलको गीतको अडियो सार्वजानिक

मनाेरन्जन, समाचार
काठमाडौं । तामाङ चलचित्रक्षेत्रमा आफ्नो प्रभावशालि स्थान बनाउन सफल प्रबिन्स् मोक्तानले गीत संगीत क्षेत्रमा समेत चर्चा कमाउन थालेका छन् । करिब १ दर्जन गीतमा आवाज दिईसकेका मोक्तानको “मैच्याङको बोलि क्या राम्रो”बोलको गीतको अडियो सार्वजानिक भएको छ । काठमाडौं पहेंलोपुल(भत्केकोपुल) स्थित वर्गर हाउसमा एक समारोह बिच गीतको बिमोचन गरिएको हो । आदिबासी जनजाती महासंघ युएई तथा तामाङ समाज युएईका पुर्व अध्यक्ष महेश मोक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम यसै गीतका संगीतकार जि.बि.लामाले सन्चालन गरेका थिए । पुर्वेली अर्जुनको शब्द ,जि.बि.लामाको संगीत रहेको यो गीतमा गायक प्रबिन्स् मोक्तान र गायीका सुमिना लो ले स्वर दिएका छन् । शुक्र लामाको एरेन्ज रहेको यो गीत दिपेश प्रधानले मिक्सिङ गरेका हुन् भने ल्हासो म्युजिक स्टुडियोमा रेकर्ड गरिएको हो । यो गीत बिशुद्ध मनोरन्जनको लागि बनाईएकोले श्रोताहरुले यसला...
वैवाहिक वर्षगाँठको अवसरमा अपाङ्ग सरोकार केन्द्रलाई खाद्यान्न सहयोग

वैवाहिक वर्षगाँठको अवसरमा अपाङ्ग सरोकार केन्द्रलाई खाद्यान्न सहयोग

समाचार
काठमाडौं । नुवाकोट बेलकोटगढी नगरपालिका वडा नं ११ अमारे स्थाई घर भइ हाल काठमाडौ तारकेश्वरमा खुशी नामक दुध डेरी सञ्चालन गर्दै आएका तिवारी दम्पतीले बैबाहिक बर्षगाठको अबसरमा अपाङ्ग सरोकार केन्द्र बालाजुमा खाद्यान्न सहयोग गर्नु भएको छ । नेपाल डेरी एसोशियसन बागमती प्रदेशको उपाध्यक्षको जिम्मेवारी वहन गर्दै आईरहेका धुर्ब तिवारी र उहाँकी श्रीमति पबि तिवारीले आफ्नो १४ औँ वैवाहिक वर्षगाँठको अवसरमा अपाङ्ग सरोकार केन्द्रका आश्रितलाई चामल, दाल, तरकारी,चिउरा, पनिर, घ्यु, नून, तेल लगायतका खाद्यान्न सहयोग गरेका छन् । असल शासन, कोक्याप तथा काठमाडौं जेसिज जस्ता सामाजिक संघ–संस्थाहरुमा रहेर सक्रीय समाजसेवीको भूमिकामा देखा पर्दै विभिन्न संघ संस्थाहरुबाट सम्मानित हुने अवसर समेत पाउदै आएका तिवारीले वैवाहिक वर्षगाँठमा अनावश्यक खर्च गर्नुको साटो आश्रितलाई सामान्य सहयोग स्वरुप खाद्यान्न सहयोग गरिएको बताए ।...
नेपाल कम्युनिष्ट पार्टी (विद्रोही)ले सशस्त्र जनविद्रोह गर्ने

नेपाल कम्युनिष्ट पार्टी (विद्रोही)ले सशस्त्र जनविद्रोह गर्ने

Breaking News
काठमाडौं । टुटफुट र मिलनको बिभिन्न आरोह—अवरोहहरु पार गर्दै आएका नेपालका तिन कम्युनिष्ट पार्टीहरु नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी),नेपाल नेपाल कम्युनिष्ट पार्टी (माओवादी), नेपाल कम्युनिष्ट पार्टी (सिवादी) बिच एकता भएको छ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी)का महासचिव क. आदेश , नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का सर्वोच्च कमाण्डर क. अभय, नेपाल कम्युनिष्ट पार्टी (सिवादी)का प्रवक्ता क. प्रतिवादले संयुक्त प्रेस वक्तब्य जारि गर्दै पार्टी एकता बारे संचारमाध्यमलाई जानकारी दिएका हुन् । तिनवटा पार्टी मिलेर बनेको नयाँ पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (बिद्रोही)राख्ने तथा दलाल, भ्रष्ट, एकल पुजिवादी संसदिय व्यवस्थाको अन्त्य गरी जनवादी व्यवस्था स्थापना गर्न संयूक्त जनविद्रोहको कार्यदिशा सहित अगाडी बढ्न सहमति भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । २०५२ साल फागुन १ बाट शुरुभएको महान जनयुद्धका...
हाम्रा नाममा कृते हस्ताक्षर गरियो हामि गएको थिएनाैं : वडा अध्यक्ष राम चन्द्र चाैधरि

हाम्रा नाममा कृते हस्ताक्षर गरियो हामि गएको थिएनाैं : वडा अध्यक्ष राम चन्द्र चाैधरि

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, समाचार
कैलाली : मुक्ति गैरे/ कृते बाणी कूलो जल उपभोक्ता संस्था थापापुर र जोशीपुर, कैलालीकाे सिफारिसका लागि जाेशिपुर गाउँपालिकाले कृते नामहरु उल्लेख गर्दागर्दै पनि जलस्रोत तथा सिंचाई विकास डिभिजन कैलालीलाई सिफारिस गरि दिएको रहस्य खुले पछि अहिले वडा अध्यक्ष देखि लिएर सदस्य सम्मले आफुहरु उक्त भेलामा नगएको र हाम्रा नाममा कृते हस्ताक्षर गरेको बताएका छन् । मिति २०८० माघ २१ गते जाेशिपुर गाउँपालिकाका अध्यक्ष चित्र बहादुर चाैधरिले पठाएको उक्त सिफारिसका लागि दिएको निवेदन पत्रका अधारमा उक्त समिति मै नबसेकाे र भेला मै सहभागी नभएकाहरुकाे नाम हालि कृते उपभोक्ता समिति श्री बाणी कूलो जल उपभोक्ता संस्था थापापुर र जोशीपुर, कैलालीले पठाएको निवेदनकाे सिफारिस गरेका छन् । उक्त सिफारिसमा आफुहरुकाे नाम र हस्ताक्षर कृतेकाे गरेको भन्दै वडा अध्यक्ष देखि सदस्यहरुले फाेन संवादमा बताएका छन् । जाेशिपुर गाउँपालिका वडा नम्...
नेकपा (माओवादी केन्द्र) चौतारा साँगाचोकगढी—काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा शम्भु बिक्रम थापा

नेकपा (माओवादी केन्द्र) चौतारा साँगाचोकगढी—काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा शम्भु बिक्रम थापा

राजनीति, समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र) चौतारा साँगाचोकगढी—काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा शम्भु बिक्रम थापा निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा भएको भेलाले थापालाई अध्यक्षमा निर्वाचित गरेको हो । नेकपा (माओवादी केन्द्र)का सिन्धुपाल्चोक जिल्ला ईन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य केशव नेपालको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा विशेष अतिथि बागमती प्रदेशका भौतिक पुर्वाधार मन्त्री युवराज दुलाल“शरद” रहेका थिए । उक्त भेलाले ईन्चार्जबाहेक सबै चयन गरेको छ । सहइन्चार्जहरूमा चानस गिरी, किशोर विक र प्रेम ब.याण “राजन” चयन भएका छन् भने वरिष्ठ उपाध्यक्षमा मेघनाथ चौलागाई, उपाध्यक्ष कृष्ण ब. कार्की, उपाध्यक्ष नारायण गिरी र अर्का उपाध्यक्षमा सन्देश श्रेष्ठ चयन भएका छन् । त्यस्तै सचिवमा सुरेन्द्र नेपाल, सह सचिवमा आशिष गिरी, सह सचिवमा कुमार कार्की, कोषाध्यक्षमा मोहन कुमार श्रेष्ठ र सह कोषाध्यक्ष...
कृते उपभोक्ता समितिलाई गाउँपाँलिकाकाे सिफारिस, मन्त्री देखि वडा अध्यक्ष सम्म साँचि

कृते उपभोक्ता समितिलाई गाउँपाँलिकाकाे सिफारिस, मन्त्री देखि वडा अध्यक्ष सम्म साँचि

Breaking News, अर्थवाणिज्य, कृषि, पुर्वाधार, राष्ट्रिय, समाचार
कैलाली : मुक्ति गैरे/ कृते बाणी कूलो जल उपभोक्ता संस्था थापापुर र जोशीपुर, कैलालीकाे सिफारिसका लागि जाेशिपुर गाउँपालिकाले कृते नामहरु उल्लेख गर्दागर्दै पनि जलस्रोत तथा सिंचाई विकास डिभिजन कैलालीलाई सिफारिस गरि दिएको रहस्य खुलेको छ । मिति २०८० माघ २१ गते जाेशिपुर गाउँपालिकाका अध्यक्ष चित्र बहादुर चाैधरिले पठाएको उक्त सिफारिसका लागि दिएको निवेदन पत्रका अधारमा उक्त समिति मै नबसेकाे र भेला मै सहभागी नभएकाहरुकाे नाम हालि कृते उपभोक्ता समिति श्री बाणी कूलो जल उपभोक्ता संस्था थापापुर र जोशीपुर, कैलालीले पठाएको निवेदनकाे सिफारिस गरेका छन् । "उक्त पत्रमा उल्लेख भएका नामहरु हतार हतारमा लेख्न लाग्दा फरक परेको हाे पछि सच्याँएका हाैं" एक कृते कार्यमा संलग्न सदस्यले नाम नबताउने सर्तमा बताए । उनलेे भने यसको साँचि माननीय देखि मन्त्री वडा अध्यक्ष सबै साँचि बस्नु भएको छ । हामीले साेच्याैं मन्त्री जस्त...
जाजरकोटमा बाढीले बगाउँदा एक जना शिक्षकको मृत्यु , छ जना सकुशल उद्दार

जाजरकोटमा बाढीले बगाउँदा एक जना शिक्षकको मृत्यु , छ जना सकुशल उद्दार

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, समाचार
जाजरकोट : खाेलाले बगाएपछि एक जना शिक्षकको मृत्यु छ   जनाकाे सकुशल उद्दार । अविरल वर्षाका कारण कुशे गा.पा. १ तारेचौर नजिकै खोलाले बगाउँदा साेहि गाउँपालिका वडा न ९ निवासी , श्री मालटाकुरा मा.वि.कुशे ४ मा कार्यरत शिक्षक ईन्द्र राेकायकाे मृत्यु भयकाे छ भने  ६ जनाको सकुशल उद्धार भयकाे छ । सनिवारकाे दिउसो  खाेलामा माछा मार्न गयकाे बेला साेहि ठाउँमा बास बसिरहेको अवस्थामा राति ८ बजे  एक्कासि खाेला बढेर आयपछि उनिहरुलाई बगायकाे थियाे । राजेन्द्र बहादुर शाही कुशे ४ तम्ती,खिम बहादुर शाही ,कुशे ४ तम्ती,पृथ्वी  बहादुर शाही कुशे ४ तम्ती,जीवन जैसी कुशे ४ अर्छानि,गोविन्द रावत ,कुशे १ तारेचौर र दिपक चलाउने कुशे १ तारेचौर, सकुशल उद्वार, गरियकाे थियाे । जाजरकोट आसपासका ठाउमा सनिवार निकै ठुलाे पानी परेपछि खाेला र नदिहरुकाे बहाव बढेकाे छ ।...
सौन्दर्यविद् उत्कृष्ट सेवा सम्मान २०८१ बाट महरा सम्मानित

सौन्दर्यविद् उत्कृष्ट सेवा सम्मान २०८१ बाट महरा सम्मानित

Breaking News
काठमाडौं । सौन्दर्य व्यवसाय फर्म फेसियल हाउसकी प्रबन्ध निर्देशक र काठमाडौं उद्योग वाणिज्य संघकी सचिव एवम् उद्यमी व्यवसायी बरिष्ठ सौन्दर्यविद् सुष्मा महरा बर्षकै राष्ट्रिय सौन्दर्यविद् उत्कृष्ट सेवा सम्मान २०८१ बाट सम्मानित हुनुभएकाे छ । शनिबार राष्ट्रिय नाचघर जमलमा तिलक फिल्मस प्रालिको आठौं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको बिशेष समारोहमा प्रमुख अतिथि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले भव्य समारोहका बीच सौन्दर्यविद्  महरालाई सम्मान गर्नु भएको हो। बिगत २६ बर्ष देखि निरन्तर सौन्दर्य क्षेत्र हुदै सामाजिक कार्यमा समेत सक्रिय सम्मानित महरा बरिष्ठ सौन्दर्यविद एवम् उद्यमी व्यवसायी हुन् । महरा नेपालकै अग्रणी सौन्दर्य व्यवसाय फर्म फेसियल हाउसकी संचालक तथा प्रबन्ध निर्देशक र काठमाडौं उद्योग वाणिज्य संघको सचिवका रुपमा काम गर्दै आएकी छिन् । जसले व्यवसायिक रुपमा हुँदा खा...
निर्णय पुस्तिका नै खाेस्न लगाई बजेट निकासा गर्दै जलस्रोत तथा सिंचाई कार्यलय कैलाली

निर्णय पुस्तिका नै खाेस्न लगाई बजेट निकासा गर्दै जलस्रोत तथा सिंचाई कार्यलय कैलाली

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, समाचार
कैलाली : मुक्ति गैरे/ जलस्रोत तथा सिंचाई विकास डिभिजन कैलालीले उपभोक्ता समितिकाे निर्णय र आग्रहलाई वेवास्ता गर्दै नितिगत भ्रष्टाचारकाे निम्ति बजेट निकासा गर्न लागेको रहस्य खुलेको छ । श्री बाणी कूलो जल उपभोक्ता संस्था थापापुर र जोशीपुर, कैलालीका डम्बरबहादुर परियार अध्यक्ष र खड्का बहादुर चाैधरि सचिव रहेको उपभोक्ता समितिकाे २०८० चैत ३ गते बैठकमा केही मानिसहरु लगायतको समुहलाई प्रयोग गरि निर्णय पुस्तिका खाेसिएकाे छ । कार्यलय प्रमुख अमर बहादुर पालले उक्त उपभोक्ता समितिमा आएकाे ३१ लाख ८४ हजार ९ सय ५८ रुपैयाँ १३ पैसाकाे बजेट पुरानो कार्यअवधि रहेको उपभोक्ता समितिलाई वेवास्ता गर्दै कृते उपभोक्ता समिति निर्माण गरि उक्त कृते उपभोक्ता समितिमा कृते पदाधिकारी र सदस्यहरुकाे नाममा कृते हस्ताक्षर गरि काम सम्पन्न गरेको भन्दै केही राजनीतिक दलका साँसद, मन्त्री र दलहरुका कार्यकर्ताहरु संग मिलि उक्त बजेट निका...