जसपा नेपाल बाँकेको विरोध रेली प्रदर्शन यातायात कार्यालय नसार्न माग
नेपालगन्ज । बाँकेको नेपालगन्जमा रहेको यातायात व्यवस्था कार्यालय कोहलपुर स्थानान्तरण गर्न लागिएको भन्दै विरोध भएको छ । जसाप नेपाल बाँकेले यातायात व्यवस्था कार्यालय कोहलपुर स्थानान्तरण गर्ने कार्य अघि नबढाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय बाँके मार्फत लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेलाई ज्ञापनपत्र बुझाएको छ ।
जसपाबाँके अध्यक्ष कौशल कुमार धोबीले भने नेपालगन्जमा रहेका अधिकांश सरकारी कार्यालय प्रदेश संरचनापछि सुर्खेत र बुटवल स्थानान्तरण भएको र बाँकी रहेका कार्यालय पनि अन्यत्र स्थानान्तरण गर्ने कार्य तत्काल रोक्न माग गर्दै प्रदेश मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाइएको जानकारी दिए ।
धोबीले भने,“नेपालगन्ज रित्ताउने र रित्तिने सिलसिला रोक्न चिन्ता जाहेर गर्दै जसापबाँकेले ज्ञापनपत्र बुझाएको छ, आवश्यक परे चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने ...









