२८ पुष २०८२, सोमबार

Author: तुफान न्यूज

आमा कुजाईन रेस्टुरेन्ट क्यानडाका निर्देशक ज्ञानेन्द्र बञ्जारा सम्मानित

आमा कुजाईन रेस्टुरेन्ट क्यानडाका निर्देशक ज्ञानेन्द्र बञ्जारा सम्मानित

Breaking News
काठमाडौ। विगत दुई दशक देखि कुकिङ्ग साथै हस्पिटालिटी क्षेत्रमा आबद्ध आमा कुजाईन रेस्टुरेन्ट क्यानडाका प्रवन्ध निर्देशक व्यावसायिक एक्जुकेटिभ सेफ ज्ञानेन्द्र बञ्जारा शर्मा“अन्तर्राष्ट्रिय सेफ सम्मान २०२४” बाट सम्मानित भएका छन् । बिहिवार ग्यास्टोनोमी टुरिजम एसोसियसन अफ नेपालको चौथो वार्षिकोत्सवको शुभ–अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नागरिक जनजीवनका लब्ध प्रतिष्ठित र विशिष्ट महानुभावहरूको उपस्थितिमा आयोजना गरेको “ मौलिक तथा परम्परागत खानाको भूमिका” बिषयक बिचार गोष्ठी, सगरमाथा आधार शिविर कालापत्थरमा मे २०२५ मा हुन गइरहेको विश्व सेफ शिखर सम्मेलनको घोषणा सभा कार्यक्रमा प्रमुख अतिथि माननीय प्रतिनिधि सभा उपसभामुख इन्दिरा रानाले भव्य समारोहका बीच सेफ ज्ञानेन्द्र बञ्जारा शर्मालाई सम्मान गर्नु भएको हो। क्यानडाको क्यालगरी,एबीस्थित आमा कुजाईन रेस्टुरेन्टका प्रवन्ध निर्देशक निकै सकारात्मक सोचका...
युवा पर्यटन व्यवसायी रोहित कार्की सम्मानित

युवा पर्यटन व्यवसायी रोहित कार्की सम्मानित

समाचार
काठमाडौं । होलिडे ट्रिप नेपाल ट्राभल एण्ड टुर्स प्रालिका प्रवन्ध निर्देशक ,युवा पर्यटन व्यवसायी तथा गोखार्ली रग्बी क्लबका संस्थापक अध्यक्ष समाजसेवी रोहित कार्की सम्मानित भएका छन् । बिहिवार ग्यास्टोनोमी टुरिजम एसोसियसन अफ नेपालको चौथो वार्षिकोत्सवको शुभ–अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नागरिक जनजीवनका लब्ध प्रतिष्ठित र विशिष्ट महानुभावहरूको उपस्थितिमा आयोजना गरेको “ मौलिक तथा परम्परागत खानाको भूमिका” बिषयक बिचार गोष्ठी, सगरमाथा आधार शिविर कालापत्थरमा मे २०२५ मा हुन गइरहेको विश्व सेफ शिखर सम्मेलनको घोषणा सभा कार्यक्रमा प्रमुख अतिथि माननीय प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले भव्य समारोहका बीच कार्कीलाई सम्मान गर्नु भएको हो। सामाजिक कार्यमा समेत सक्रिय सम्मानित जोशीला युवा कार्की विभिन्न सामाजिक संघसंस्थामा आवद्धता भएका निरन्तर काम गर्न सक्ने क्षमतावान, दक्ष र उदाहरणीय युवा उद्यम...
राष्ट्रिय मुक्ति क्रान्तिको ध्यानाकर्षण

राष्ट्रिय मुक्ति क्रान्तिको ध्यानाकर्षण

राजनीति
काठमाडौं । राष्ट्रिय मुक्ति क्रान्तिले तत्कालिन दुई तिहाइको कम्युनिष्ट सरकारले राज्यविहिन राष्ट्रका जनताहरूमाथिको उपनिवेश विस्तारको क्रममा नेवाः राष्ट्रको स्वशासन सत्ता गुठीलाई समाप्त गर्ने उद्देश्य सहित गुठी विधेयक २०७५ ल्याउने काम गरेको र उक्त विधेयकको विरोधमा वि.सं.२०७६ असार ४ गते नेवाः राष्ट्रका जनताहरूले फिब्व ख्यःमा भेला भइ सरकारलाई विधेयक फिर्ता गर्न बाध्ये पार्ने काम भएको ऐतिहासिक दिनको स्मरण गर्दै नेवाः राष्ट्रका जनताहरूलाई विधेयक हाल पर्यन्त खारेज नभएकोमा ध्यानाकर्षण गराएको छ । उक्त संगठनले जारि गरेको ध्यानाकर्षण पत्र जस्ताको तेस्तै तात्कालिन दुई तिहाइको कम्युनिष्ट सरकारले राज्यविहिन राष्ट्रका जनताहरूमाथिको उपनिवेश विस्तारको क्रममा नेवाः राष्ट्रको स्वशासन सत्ता गुठीलाई समाप्त गर्ने उद्देश्य सहित गुठी विधेयक २०७५ ल्याउने काम भयो । उक्त विधेयकको विरोधमा वि।सं।२०७६ असार ४ गते नेवा...
श्रमिक कम्युनिस्ट पार्टी नेपालकाे २४ बुद्धे समसामयिक प्रस्ताव

श्रमिक कम्युनिस्ट पार्टी नेपालकाे २४ बुद्धे समसामयिक प्रस्ताव

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, विचार, समाचार
महान् जनयुद्ध, एकीकृत जनक्रान्ति तथा विभिन्न जनसङ्घर्षमा सहादत प्राप्त गर्ने सहिदहरूमा हार्दिक श्रद्धाञ्जलीसहित सहिद तथा बेपत्ता परिवार, घाइते योद्धा, जेलबन्दी एवम् यातनापीडित सबैमा उच्च सम्मानसहित हार्दिक अभिवादन व्यक्त गर्दै श्रमिक कम्युनिस्ट पार्टी नेपालको विशेष भेला निम्न प्रस्ताव पारित गर्दछ :१. विशेष भेला महान् जनयुद्ध, एकीकृत जनक्रान्ति एवम् न्यायपूर्ण सबै सङ्घर्षमा सहादत प्राप्त गर्ने महान् सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै अमर सहिदले देखाउनुभएको परिवर्तन र मुक्तिको बाटोमा निरन्तर अघि बढिरहने प्रतिबद्धता जाहेर गर्दछ । २. यो भेला तत्कालीन नेकपा (क्रान्तिकारी माओवादी) र तत्कालीन नेकपा (बहुमत) बीचको एकता असफल र भङ्ग भएको घोषणा गर्दै अकर्मण्यतावादी, मिहिन तथा छद्म संशोधनवादी, सारसङ्ग्रहवादी एवम् रूढिवादी कार्यदिशाका विरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालबाट विभिन्...
कर्णाली प्रदेशमा ३१ अर्ब ४१ करोड ४१ हजारको बजेट सार्वजनिक

कर्णाली प्रदेशमा ३१ अर्ब ४१ करोड ४१ हजारको बजेट सार्वजनिक

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, समाचार
सुर्खेत : आगामी आर्थिक बर्ष ८१/८२का लागि कर्णाली प्रदेश सरकारले ३१ अर्ब ४१ करोड ४१ हजारको बजेट सार्वजनिक गरेको छ। कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले शनिबार आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा प्रस्तुत गरेका हुन। प्रस्तुत बजेटमध्ये पुँजीगततर्फ १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार र चालुतर्फ ७ अर्ब ५७ करोड ५५ लाख रहेको छ। त्यस्तै वित्तीय व्यवस्थापनतर्फ २५ करोड, स्थानीय तहका वित्तीय हस्तान्तरण ४ अर्ब ८३ करोड विनियोजन गरिएको मन्त्री केसीले जानकारी दिए। आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको बजेटको स्रोत मध्ये आन्तरिक राजस्वबाट ८३ करोड ४४ लाख, चालू आर्थिक वर्षको बचतबाट ५ अर्व १३ करोड, संघीय सरकारबाट राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम ९ अर्ब ३८ करोड र बित्तीय समानीकरण अनुदानबाट प्राप्त हुन आएको १० अर्ब ३६ करोड रुपैयाँ र ससर्त अनुदानबाट ३ अर्ब ७१ लाख परिचालन गरिने उनले...
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्याे

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्याे

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं : नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । इन्डियन आय कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार शनिबार(आज) बसेको निगम सञ्चालक समितिको बैठकले आइतबार बिहान १ बजेदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो । मूल्य घटेपछि काठमाडौँ, पोखरा र दिपायल वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६५ कायम भएको छ ।त्यस्तै डिजेल र मट्टितेलमा काठमाडौँ, पोखरा र दिपायल वरपर प्रतिलिटर १५२, सुर्खेत र दाङ वरपर १५१ र चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगन्ज वरपर १४९ रुपैयाँ कायम भएको छ ।...
श्रमिक कम्युनिस्ट पार्टी नेपाल पाल्पाको भेला सम्पन्न

श्रमिक कम्युनिस्ट पार्टी नेपाल पाल्पाको भेला सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
बुटवल : पाल्पामा श्रमिक कम्युनिस्ट पार्टी, नेपालको विशेष जिल्ला भेला सम्पन्न भएको छ । सनिवार  पाल्पाको तानसेनमा उक्त बिशेष जिल्ला भेला सम्पन्न भएको हाे। भेलामा श्रमिक कम्युनिस्ट पार्टी, नेपालको केन्द्रीय बिशेष भेलाले पास गरेको निति तथा कार्यक्रम कार्यवन्यन गरेर जाने निर्णय गर्दै सम्पन्न गरेको छ । बिशेष भेलाले हेमन्तकाे नेतृत्वमा २७ सदस्यीय जिल्ला सम्मेलन आयाेजक समिति र युवा, महिला, मजदुर, विद्यार्थी, मगर लगायतका जनवर्गीय संगठनहरु समेत गठन गरेको छ । साथै भेलाले २३ सदस्यीय जनसंघर्ष समिति समेत निर्माण गरेको छ । भेलाको अध्यक्षता हेमन्त, संचालन प्रकाश, प्रमुख अतिथि दिग्दर्शन र अतिथि केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष मानध्वज श्रेष्ठकाे उपस्थिति रहेको थियो ।...
तामाङ गीतको म्युजिक भिडियो सार्वजानिक कार्यक्रम : मोडल रायमाझी,प्रमुख अतिथि भुजेल

तामाङ गीतको म्युजिक भिडियो सार्वजानिक कार्यक्रम : मोडल रायमाझी,प्रमुख अतिथि भुजेल

मनाेरन्जन, समाचार
काठमाडौं । तामाङ चलचित्र जगतका महानायक भनेर परिचय बनाएका डम्फु सुपरस्टार मिडियाका सन्चालक अमिर कुमार लामाले सन्चालन गरेको डम्फु सुपरस्टार मिडियाको अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएको “बौद्ध नयाँबस्ति”बोलको म्युजिक भिडियो सार्वजानिक कार्यक्रममा एउटा गजबको संयोग जुरेको देखिएको थियो । पुर्ण रुपमा तामाङ भाषामा रहेको गीतको म्युजिक भिडियोमा मोडलको रुपमा पछिल्लो समय अत्यन्तै व्यस्त रहेकी मोडल तथा डान्सर एलिना रायमाझी लाई देख्न सकिन्छ भने म्युजिक भिडियो सार्वजानिक कार्यक्रमको प्रमुख अतिथिमा चर्चित झाँक्री प्रकाश भुजेल रहेका थिए । अक्सर तामाङ समुदाय बाट निर्माण गरिएको गीतहरुमा गैह्र तामाङलाई अभिनय गराउने र कार्यक्रमहरुमा गैह्र तामाङलाई प्रमुख अतिथि बनाउने गरेको बिरलै पाईन्छ । तर आजको संयोगले भने यो परम्परालाई तोडेको देखिएको थियो । पुर्ण रुपमा मनोरन्जन दिने उदेश्यले मात्र निमार्ण गरिएको यो ...
दरबारमार्गको क्यासिनो प्यालेसमा राजस्व बिभागकाे छापा

दरबारमार्गको क्यासिनो प्यालेसमा राजस्व बिभागकाे छापा

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं :दरबारमार्गको अन्नपूर्ण होटलमा रहेको क्यासिनो प्यालेसमा राजस्व अनुसन्धान विभागले छापा मारेको छ । विभागले बिहीबार छापा मारेर नेपाली र भारु गरेर डेढ करोडभन्दा बढी रुपैयाँ बरामद गरेको हो । विभागका प्रवक्ता नवराज अधिकारीका अनुसार १ करोड ६ लाख नेपाली र ४८ हजार ७०० भारतीय रुपैयाँ बरामद भएको छ । विभिन्न आकारका लकर ५ थान, १० थान मोबाइल, ल्यापटप र कम्प्युटर एकरएक थान बरामद गरिएको प्रवक्ता अधिकारीले बताए ।...
एनईओएन बागमती प्रदेशको अध्यक्षमा विश्वराम पराजुली निर्विरोध निर्वाचित

एनईओएन बागमती प्रदेशको अध्यक्षमा विश्वराम पराजुली निर्विरोध निर्वाचित

समाचार
काठमाडौं । नेपाल राष्ट्रिय इन्जिनियर संगठन बागमती प्रदेशको प्रथम सम्मेलनबाट नेपाल राष्ट्रिय इन्जिनियर संगठन (एनईओएन) बागमती प्रदेशको अध्यक्षमा विश्वराम पराजुली निर्विरोध निर्वाचित भएका छन् । सम्मेलनले उपाध्यक्षमा सुजन लामिछाने र अर्जुन श्रेष्ठ, सचिवमा सुदर्शन कुमार मल्ल, सह(सचिवमा सुमन पोखरेल र प्रशान्त थापा र कोषाध्यक्षमा राजेन्द्र श्रेष्ठ पनि निर्विरोध निर्वाचित गरेको छ । त्यस्तै, सदस्यहरूमा वीरेन्द्र विक्रम लामा, अखिलेश यादव, नीता झाङ, अनुषा बोहरा, सरला केसी, विवेक मगर, सुरज पराजुली, सविन सिलवाल, भूमिनन्द ढकाल, रत्नेशकुमार चौधरी, माधव कँडेल, अंकित श्रेष्ठ, अनिल महर्जन, मनोज घिमिरे, मिथिला विहारी साह र गीता भट्ट निर्विरोध निर्वाचित भएका छन् ।...