पुथा उत्तरगङ्गाको उपनिर्वाचनमा नेकपा एसले माओवादी केन्द्रलाई समर्थन गर्ने
काठमाडौं । रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाको उपनिर्वाचनमा नेकपा एकीकृत समाजवादीले उम्मेदवारी फिर्ता लिएको छ । यही मङ्सिर १६ गते पुथा उत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्ष र २ नम्बर वडाध्यक्षको पदमा उपनिर्वाचन हुँदैछ । जसमा नेकपा एसका उपाध्यक्ष पदमा सुनिता बुढामगरले उम्मेदवारी दिएकी थिइन् । बुढामगरले माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन् ।
आज नेकपा माओवादी केन्द्र र नेकपा एसबिच सहमति गरी एसले आफ्नो उम्मेदवारी फिर्ता गरी माओवादी केन्द्रलाई समर्थन गरेको माओवादी केन्द्रका जिल्ला संयोजक कुमारी बराल गौतमले बताइन् ।
नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक कुमारी बराल गौतम र नेकपा एकीकृत समाजवादीका जिल्ला इन्चार्ज भीउमान घर्ती मगरबिच उपनिर्वाचनमा सहकार्य गर्ने र नेकपा एसले उम्मेदवार फिर्ता गर्ने सहितका ५ बुँदे सहमति भएको थियो ।
...









