२०८३ असार १७, बुधवार

Author: तुफान न्यूज

सिङ्गापुरको तापक्रम ३६ डिग्री नाघ्यो

Breaking News
काठमाडौँ :  नोभेम्बर सन् २०२४ सिङ्गापुरको मौसमको लागि कीर्तिमान तोड्ने महिना साबित भएको छ । यहाँ नोभेम्बरमा औसत ४१९ दशमलव ० मिलिमिटर वर्षा भएको राष्ट्रिय वातावरण एजेन्सी (एनइए) ले घोषणा गरेको छ । यो कुल वर्षाले नोभेम्बर सन् १९९२ मा सेट गरिएको ३९० दशमलव १ मिमीको अघिल्लो रेकर्ड तोडेको छ । गत शनिबार सिङ्गापुरमा डिसेम्बरको सबैभन्दा तातो दिन भएको वातावरण एजेन्सीले जनाएको छ । पूर्वी सिङ्गापुरको तापक्रम ३६ दशमलव २ डिग्री सेल्सियस पुगेको छ, जुन अघिल्लो सन् २०१६ डिसेम्बर ६ मा तोकिएको ३५ दशमलव ९ डिग्रीभन्दा बढी थियो । ...
तराईमा बाक्लो हुस्सु लागेका कारण नागरिक उड्डयन क्षेत्र प्रभावित

तराईमा बाक्लो हुस्सु लागेका कारण नागरिक उड्डयन क्षेत्र प्रभावित

समाचार
काठमाडौँ : तराई भेगका अधिकांश विमानस्थलमा बाक्लो हुस्सु लागेका कारण नागरिक उड्डयन क्षेत्र प्रभावित भएको छ । विराटनगर विमानस्थल अहिलेसम्म बन्द छ भने जनकपुर विमानस्थल भर्खरै खुलेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार तराई क्षेत्रका अधिकांश विमानस्थलको उडान प्रभावित भएको छ । केही विमानस्थलको उडान नै स्थगित गर्नुपरेको छ भने कतिपय विमानस्थल ढिलो खुलेकाले उडान तालिका प्रभावित भएको छ । भद्रपुर, भरतपुर, पोखरा भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थल अपराह्न मात्र खुलेका हुन् । प्रतिकूल मौसमका कारण विराटनगर विमानस्थलमा सोमबार पनि कुनै उडान हुन सकेनन् । “बाक्लो हुस्सुले भिजिबिलिटी कमजोर हुँदा तराई क्षेत्रका विमानस्थलहरूमा उडान प्रभावित भएको छ”, प्रवक्ता शेर्पाले भने । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ...
दुबई भन्दै कुवेत पुर्‍याएर मानव बेचबिखन गरेको आरोपमा २ जना पक्राउ

दुबई भन्दै कुवेत पुर्‍याएर मानव बेचबिखन गरेको आरोपमा २ जना पक्राउ

समाचार
काठमाडौं । घरेलु काममा लगाइदिने प्रलोभनमा पारी कुवेत पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका–६ का २६ वर्षीय धर्म तामाङ र सो ठाउँका माइला लामा पाख्रिन भनिने ३९ वर्षीय टीकाराम तामाङ छन् । पीडितको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले धर्मलाई लम्जुङ मर्स्याङदी गाउँपालिका-३ बाट बिहीबार र टिकारामलाई कास्की पोखरा महानगरपालिका-१६ लामाचौरबाट शुक्रबार पक्राउ गरेको हो । उनीहरूलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।उनीहरूले फ्री भिसा फ्री टिकटमा राम्रो आम्दानी हुने भन्दै दुबई भनेर कुवेत पुर्‍याएर एक महिलालाई बेचबिखन गरेको आरोप छ । ती महिलाला...
बीआरआई फ्रेमवर्क दस्तावेजको पूर्णपाठ सार्वजनिक

बीआरआई फ्रेमवर्क दस्तावेजको पूर्णपाठ सार्वजनिक

समाचार
काठमाडौं । नेपाल–चीनबीच गत साता बेइजिङमा सम्पन्न बीआरआई सहकार्य फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालयले मंगलबार अपराह्न आफ्नो वेबसाइटमा यसको पूर्णपाठ राखेको हो । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले स्वदेश फर्कनुअघि बीआरआई सहकार्य फ्रेमवर्कको दस्तावेज आफूले पढ्न नपाएको, त्यो पारदर्शी हुने अपेक्षा राखेको टिप्पणी गरेकै भोलिपल्ट दस्तावेज सरकारले सार्वजनिक गरेको हो । बीआरआई मार्फत् नेपाल चीन सहकार्यको उद्देश्य, सहकार्यका क्षेत्र, प्राथमिकता, आर्थिक सहकार्यका विषयहरु, पारवहन कनेक्टिभिटी लगायत बुँदामा फ्रेमवर्क समेटिएको छ । ...
पाँचबर्ष पछि काठमाडौं फोटोग्राफर संघले “केपीए वेडिङ फोटो अवार्ड – २०२४”गर्दै

पाँचबर्ष पछि काठमाडौं फोटोग्राफर संघले “केपीए वेडिङ फोटो अवार्ड – २०२४”गर्दै

मनाेरन्जन, समाचार
काठमाडौं / काठमाडौं फोटोग्राफर संघले ‘केपीए वेडिङ फोटो अवार्ड’ २०२४ को आयोजना गर्ने भन्दै सोमवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी अवार्ड कार्यक्रमको बारेमा जानकारी गराएको छ । कार्यक्रम संयोजक तथा संघका उपाध्यक्ष आनन्द प्रभाकर घिमिरेले आगामी पुस १२ गते काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा अवार्ड कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिए । सन् २०१२ देखि शुरुगरिएको अवार्ड कार्यक्रम कोभिड—१९ को कारण सन् २०१९ बाट रोकिएको कार्यक्रममा जानकारी गराईएको थियो भने यो भन्दा अगाडीका अवार्ड कार्यक्रमहरु बिवादित भएका बिषयहरु समेत पत्रकार सम्मेलनमा उठेको थियो । पत्रकार सम्मेलनमा उठेका प्रश्नहरुको जवाफ दिदै संघका अध्यक्ष हरि प्रसाद घिमिरेले बिगत पाँच बर्ष देखि रोकिएको यो अवार्ड पुन अगाडी बढाउने अहिलेको कार्यसमितिले निर्णय गरेकोले यसलाई सकेसम्म व्यवस्थित र पारदर्शि बनाउने कुरामा यो कार्य समिति नचुक...
रवि लामिछानेलाई वीरगञ्ज लगिएको छ

रवि लामिछानेलाई वीरगञ्ज लगिएको छ

Breaking News
काठमाडौँ । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई वीरगञ्ज लगिएको छ । लामिछानेलाई पोखराबाट काठमाडौं र काठमाडौंबाट बुद्ध एयरको जहाजबाट सोमबार सिमरा पुर्‍याइएको हो । सिमराबाट उनलाई गाडीमार्फत वीरगञ्ज पुर्‍याइएको हो । यसै प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी र रामबहादुर खनाललाई पोखराबाट वीरगञ्ज लगिसकिएको छ । रविसहित १४ जनाविरुद्ध सानोपाइला सहकारीको रकम अपचलनको बारेमा १९ मंसिरमा पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । यो सहकारीका पूर्वसञ्चालक तथा संरक्षक जीबी राई हुन् । तत्कालिन वीरगञ्ज उपमहानगरपालिकाको ८, १३, १४, १८ र १९ नम्बर वडा कार्यक्षेत्र रहेको सानो पाइला सहकारीले करिब ८ सय बचतकर्ताको १ अर्ब ३५ करोड...
पेस्तोल सहित पक्राउ

पेस्तोल सहित पक्राउ

समाचार
काठमाडौँ । सर्लाही जिल्ला बलरा नगरपालिका-६ मिर्जापुर बस्ने १९ वर्षीय गोलु भन्ने धर्मजित कुमार सहनीलाई १ थान कटुवा पेस्तोल सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । बलरा नगरपालिका-६ स्थित गढीमाई मेलामा झै-झगडा भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गडहिया र इलाका प्रहरी कार्यालय बलराबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ...
बजारको ब्याजदर घट्दा बैंक तथा वित्तीय संस्थाको ऋणपत्रको मूल्य आकासिँदै

बजारको ब्याजदर घट्दा बैंक तथा वित्तीय संस्थाको ऋणपत्रको मूल्य आकासिँदै

समाचार
काठमाडौँ । बजारको ब्याजदर घट्दा बैंक तथा वित्तीय संस्थाको ऋणपत्र (डिबेञ्चर) को मूल्य आकासिँदै गएको छ । बजारको ब्याजदर सस्तो हुँदै जाँदा तुलनात्मक रूपमा धेरै प्रतिफल भएका यी ऋणपत्रको मूल्य बढ्दै गएको हो । अहिले बैंकिङ क्षेत्रको औसत ब्याजदर ५ प्रतिशत हाराहारीमा मात्रै छ । असोज मसान्तको विवरण अनुसार यस्तो दर ५.२५ प्रतिशत रहेको थियो । कात्तिक र मंसिर महिनामा घटेको ब्याजदरले यसलाई ५ प्रतिशत भन्दा तल झारिसकेको बैंकहरुको भनाइ छ । तर, बैंकहरुले तरलता समस्या समाधान हुनुअघि नै जारी गरेको ऋणपत्रको ब्याजदर भने उच्च छ । अङ्कित मूल्य १००० रुपैयाँ रहेका यस्ता ऋणपत्रको ब्याजदर परिपक्व अवधिसम्म तोकिएको बराबर नै हुन्छ भने प्रत्येक ६/६ महिनामा ब्याज भुक्तानी हुने व्यवस्था छ । अहिले बजारमा विभिन्न बैंक वित्तीय संस्थाहरुको ७३ वटा ऋणपत्र दोस्रो बजारमा सूचीकृत छन् । ती ऋणपत्रको ब्याजद...
रवि माथिको प्रतिशोधपूर्ण व्यवहार तत्काल रोक्न सरकारलाई प्रचण्डको चेतावनी

रवि माथिको प्रतिशोधपूर्ण व्यवहार तत्काल रोक्न सरकारलाई प्रचण्डको चेतावनी

समाचार
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले निरङ्कुश र अमानवीय व्यवहार देखाएको आरोप लगाएका छन् । पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका रविमाथि सरकारले गरेको अलोकतान्त्रिक, निरङ्कुश तथा प्रतिशोधपूर्ण व्यवहार तत्काल रोक्न उनले आग्रह गरेका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा प्रचण्डले लेखेका छन्– ‘अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति मा।रवि लामिछानेमाथि सरकारले जुन निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरिरहेका छ त्यसको निन्दा गर्दछु र त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह गर्दछु।’ सहकारी ठगी गरेको आरोपमा लामिछानेलाई कातिक २ गते पक्राउ गरी कास्की प्रहरी हिरासतमा राखिएको छ । अस्वस्थ हुँदाह...
क्रान्तिकारी कम्युनिस्ट पार्टीको महासचिवमा माेहन वैद्य “किरण”

क्रान्तिकारी कम्युनिस्ट पार्टीको महासचिवमा माेहन वैद्य “किरण”

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं :क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा  माेहन वैद्य किरणलाई नै चुनिएको छ। काठमाडौंमा १० दिन सम्म चलेकाे महाधिवेशनले वैद्यलाई महासचिवमा चुनेकाे हाे।पार्टीका नेता सन्तबहादुर नेपालीको प्रस्ताव र हेमन्तप्रकाश ओली सुदर्शनको समर्थनमा मोहन वैद्य किरणलाई महासचिवमा निर्वाचित गरिएको हो। महाधिवेशनले मोहन वैद्य किरणको नीति र नेतृत्वलाई सर्वसम्मत रुपमा पारित गरेको छ । महाधिवेशनको बन्द सत्रले ११७ सदस्यीय पूर्ण र ८० सदस्यीय वैकल्पिक रहेको केन्द्रीय समिति निर्वाचित गरेको छ। नव निर्वाचित महासचिवको तर्फबाट किरणले आफूले सकेसम्म क्रान्तिको तयारीमा पूर्ण रुपले लागिपर्ने प्रतिबद्धता गरेका छन। मंसिर १३ गते काठमाडौं न्यूरोडको भूगोल पार्कमा  उद्घाटन कार्यक्रम सम्पन्न गरी कीर्तिपुरको स्मृति हलमा बन्द सत्र सुरु गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले मोहन वैद्य किरणले प्रस्तुत गरेको मूल र...