आफ्नो बैंक खाता अर्कैलाई चलाउन दिँदा १ करोड बढी ठगीको आरोप
काठमाडौं । बाँकेको इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले आइतबार १ करोड २३ लाख रूपैयाँ ठगी गरेको आरोपमा बैजनाथ गाउँपालिका–५ की २३ वर्षीया तिर्सना बाठा मगरलाई पक्राउ गर्यो।
विभिन्न व्यक्तिलाई वर्किङ भिसामा जापान पठाइदिने प्रलोभनमा पारी प्रति व्यक्ति १४ देखि १५ लाखसम्म संकलन गरी मगरले १ करोड २३ लाख रूपैयाँ ठगी गरेको आरोप छ।
पीडितहरूले मगरविरूद्ध वैदेशिक रोजगार विभाग काठमाडौंमा किटानी जाहेरी दिएपछि पक्राउ पुर्जी जारी भएको थियो।
बाँके प्रहरीलाई विभागले पक्राउ गरी मगरलाई पठाइदिन आदेश गरेको आधारमा उनलाई आइतबार पक्राउ गरी सोमबार काठमाडौं पठाइएको इप्रका कोहलपुरका प्रमुख डिएसपी धर्मराजा भण्डारीले बताए।
डिएसपी भण्डारीका अनुसार पक्राउ परेकी तिर्सना एक सामान्य व्यक्ति हुन्। उनले कसैलाई पनि जापान पठाउने कुरा गरेकी थिइन...









