२०८३ असार १९, शुक्रवार

Author: तुफान न्यूज

ब्राउन सुगरसहित झापाबाट दुई युवक नियन्त्रणमा

ब्राउन सुगरसहित झापाबाट दुई युवक नियन्त्रणमा

समाचार
काठमाडौं। झापाबाट सशस्त्र प्रहरीले ३ सय १ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।   झापा जिल्ला भद्रपुर नगरपालिका–३ स्थित झुलुङ्गेपुलबाट सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट महेशपुरले शुक्रबार साँझ उनीहरुलाइ नियन्त्रणमा लिएको हो ।   नियन्त्रणमा लिइएकाहरुमा तनहुँ जिल्ला भानु नगरपालिका–१२ कवाजित बस्ने २४ वर्षीय र सुनसरी जिल्ला रामधुनी नगरपालिका–३ सिंघिया बस्ने २७ वर्षीय दुई युवक छन् ।   बा ९० प १६७५ नम्बरको स्कुटरमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई गस्तीमा रहेको सुरक्षा फौजले शंका लागि जाँच गर्दा स्कुटरको ब्याट्री रहने बक्स भित्र लुकाईछिपाई ४ वटा प्याकेटमा ल्याएको ब्राउन सुगर जस्तो देखिने पदार्थ (३०१ ग्राम) फेला परेको हो । नियन्त्रणमा लिइएका दुवै जनालाई बरामद ब्राउन सुगर जस्तो देखिने पदार्थ, नगद र अन्य सामानसहि...
खानेपानीमन्त्री यादव भारत प्रस्थान

खानेपानीमन्त्री यादव भारत प्रस्थान

समाचार
काठमाडौं। खानेपानीमन्त्री प्रदीप यादव आज शनिबार छिमेकी मुलुक भारतको औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् ।   भारतको राजधानी नयाँ दिल्लीस्थित जलशक्ति मन्त्रालयमा खानेपानी, सरसफाई तथा स्वच्छता (वास) क्षेत्रको विकाससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा नेपाल सरकारकातर्फबाट सहभागी हुन मन्त्री यादव आज भारत प्रस्थान गरेको खानेपानी मन्त्रालयका सहसचिव ई मिना श्रेष्ठले जानकारी दिइन् ।   उनले भनिन्, ‘यही फागुन १९ गते सोमबार हस्ताक्षर गरिने समझदारीपत्र कार्यक्रममा सहभागी हुन मन्त्री यादव आज २ बजे भारत प्रस्थान गर्नु भएको हो । उक्त समझदारीपत्रमा नेपाल सरकारकातर्फबाट मन्त्री यादव र भारत सरकारकातर्फबाट जलशक्तिमन्त्री सिआर पाटीलले हस्ताक्षर गर्नु हुनेछ ।’   भारत र नेपाल सरकारबीच खानेपानी, सरसफाई र फोहोर व्यवस्थापन क्षेत्रमा सहयोग विस्तार गर्न समझौता पत्...
रुपन्देहीमा युवकको हत्या

रुपन्देहीमा युवकको हत्या

समाचार
काठमाडौं। रुपन्देहीको मायादेवीमा एकजनाको हत्या भएको छ।   रुपन्देही प्रहरीका अनुसार मायादेवी गाउँपालिका वडा नं २ दंगचैया बस्ने २९ वर्षीय अनिल भन्ने राकेश सिंह लोधको हत्या भएको हो।   बिहान अवेर घरको बरण्डामा उनलाई स्थानीयले मृत अवस्थामा भेटेपछि प्रहरीलाई खवर गरेका थिए।   रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रन्जितसिंह राठौरले लोधको निधार र कन्चटमा चोट देखिएको बताए। ´हामीले मुचुल्का उठाउँदै छौं, गोली प्रहारबाट वा अरु कुनै हतियार प्रहार बाट हत्या भएको भन्ने खुलेको छैन, उनले भने।   ...

जुवाखालबाट ७ जना पक्राउ

समाचार
काठमाडौं। एक लाख ८४ हजार रकमसहित बर्दियाबाट सात जुवाडे पक्राउ परेका छन्।   जिल्लाको बाँसगढी नगरपालिका – ५ बाँसगढी बजारको मुनलाइट होटेलबाट उनीहरु पक्राउ परेका हुन।   उक्त होटेलमा नगद जितहार हुने गरी जुवा खेल भइरहेको भन्ने विशेष सुराकको आधारमा इलाका प्रहरी कार्यालय मोतिपुर बाँसगढीबाट खटिएको प्रहरी टोलीले फागुन १४ गते राति उनीहरुलाई पक्राउ गरेको हो।   पक्राउ पर्नेमा बाँसगढी – ५ का ३९ बर्षीय रामबहादुर बुढाथोकी, ३५ वर्षीय लक्ष्मीप्रसाद पौडेल, ४८ बर्षीय दयाराम लम्साल, ५२ वर्षीय शिवबहादुर सुनार, ३४ वर्षीय जीवन पौडेल, १९ वर्षीय दिपक सुनार र बढैयाताल गाउँपालिका – ६ रानीपुरका ४१ वर्षीय बिष्णुराज पौडेल रहेका छन्।   ...
इसराइल-हमासबीच पहिलो चरणको युद्धविरामको आज अन्तिम दिन

इसराइल-हमासबीच पहिलो चरणको युद्धविरामको आज अन्तिम दिन

समाचार
काठमाडौं। इसराइल र हमासबीच पहिलो चरणको युद्धविरामको समयावधि आज सकिँदैछ।   माघ ५ गते गजामा युद्धविराम घोषणा भएको थियो। तीन चरणमा हुने भनिएको युद्धविरामको पहिलो चरणको शनिबार अन्तिम दिन हो। पहिलो चरणमा हमासले छाड्ने सम्झौता भएको ३३ बन्धकमध्ये अन्तिम दिन तीन जना छाड्न बाँकी छ। हमासले ८ जनाको शव पनि इसराइललाई दिएको छ।   यसबीच इसराइलले झन्डै १७ सय प्यालेस्टिनी कैदी रिहा गरेको छ। सम्झौता अनुसार इसराइलले ४२ दिनको युद्धविराम अवधिमा २ हजार कैदीलाई जेलमुक्त गर्ने भनिएको छ। पहिलो चरणको युद्धविरामकै क्रममा दोस्रो चरणको युद्धविरामका लागि छलफल अगाडि बढाउने भनिएको थियो।   तर गजामा दोस्रो चरणको युद्धविराम पहलमा अहिलेसम्म ब्रेकथ्रु नभएको कतारी मिडिया अलजजिराले जनाएको छ। हमासका प्रवक्ता हजिम क्वासेमले अल अरबी टेलिभिजनसँगको कुराकानीमा दोस्रो चरणको युद्धविरामका लागि कुराकानी अगाडि न...
विज्ञान प्रविधि, आध्यात्मिकता र उद्यमशीलतासँगै व्यावसायिक एवं गुणस्तरीय शिक्षा कश्यप एकेडेमीको पहिलो उदेश्य हो :  प्रधानाध्यापक आर.बि.अधिकारी

विज्ञान प्रविधि, आध्यात्मिकता र उद्यमशीलतासँगै व्यावसायिक एवं गुणस्तरीय शिक्षा कश्यप एकेडेमीको पहिलो उदेश्य हो : प्रधानाध्यापक आर.बि.अधिकारी

समाचार
काठमाडौं । विज्ञान प्रविधि, आध्यात्मिकता र उद्यमशीलतासँगै व्यावसायिक एवं गुणस्तरीय शिक्षा प्रदान गरि आधुनिक शैलीको पठन पाठनमा विशेष जोड दिँदै आएको कश्यप एकेडेमीको पहिलो बार्षिकोत्सव भव्यताको साथ सम्पन्न भएको छ । एकेडेमीकी संस्थापक अध्यक्ष कमला खड्काको सभापतित्व एवं नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डंगोलको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रमको सहजिकरण कश्यप एकेडेमीका संस्थापक प्रधानाध्यापक आर.बि.अधिकारीले गर्नु भएको थियो भने एकेडेमीका संरक्षक गूरु कन्चन घिमिरेको बिशेष उपस्थिति रहेको थियो । कार्यक्रममा कीर्तिपुर नगरपालिकाका शिक्षा प्रमुख टंकलाल गैरे,डा.अङ्गत गौतम,शैली मिडिया नेटवर्क प्रा.लि.का अध्यक्ष रामचन्द्र पोखरेल,प्राध्यापक डा. जिवन अधिकारी,प्रोफेसर डा.मुकुन्दप्रसाद लामिछाने,डा.भोलानाथ ...
प्रकृति लम्सालको घरमै पुगेर नेकपा का वरिष्ठ उपाध्यक्ष पोखरेलले दिए श्रद्वाञ्जली

प्रकृति लम्सालको घरमै पुगेर नेकपा का वरिष्ठ उपाध्यक्ष पोखरेलले दिए श्रद्वाञ्जली

समाचार
काठमाडौं ।  नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भारतको उडिसा राज्यस्थित केआईआईटी कलेजमा मृत भेटिएकी प्रकृति लम्सालको घरमै पुगेर श्रद्वाञ्जली अर्पण गरेका छन् ।   आज रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नं. ८, कोलोनीमा रहेको घरमै पुगेर वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रकृतिप्रति श्रद्वाञ्जली एवम् परिवारजनमा समवेदना प्रकट गरेका हुन् ।   प्रकृतिको तस्वीरमा माल्यार्पण गर्दै उनले परिवारको साथमा आफूहरू रहेको बताए । नआत्तिन र बिचलित नहुन उनले परिवारलाई आग्रह गर्दै दोषीमाथि कारबाहीका लागि कुटनीतिक पहल सरकारले गरिरहेको जानकारी दिए ।   वरिष्ठ उपाध्यक्ष पोखरेलसँगै एमाले निर्वाचन आयोगका केन्द्रीय सदस्य भरत कुमार पोखरेल, एमाले रूपन्देही जिल्ला उपाध्यक्ष हितराज पन्थी, सिद्धार्थनगर नगरपालिकी उपप्रमुख उमा अधिकारी, एमालेका जिल्ला सदस्यहरु बहादुर रायम...
दक्षिणा बुझेर बिदा भए साधुसन्त

दक्षिणा बुझेर बिदा भए साधुसन्त

समाचार
काठमाडौं । महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथमा मेला भर्न आएका साधु सन्तहरुलाई बाटो खर्च स्वरुप दक्षिणा बाँडिएको छ ।   शुक्रवार वर्गीकरणका आधारमा उनीहरुलाई दुई सय रुपैंयाँदेखि नौं हजारसम्म दक्षिणा प्रदान गरिएको थियो ।
नेपाली बजारमा आज घट्यो सुन–चाँदीको मूल्य

नेपाली बजारमा आज घट्यो सुन–चाँदीको मूल्य

समाचार
काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुन–चाँदीको मूल्य घटेको छ।   अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला दुई सय रूपैयाँ घटेको सुनको मूल्य शुक्रबार प्रतितोला दुई हजार दुई सय रूपैयाँ घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६८ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ।   यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय १५ रूपैयाँमा कारोबार भइरहेको छ।बिहीबार चाँदी प्रतितोला एक हजार नौ सय ४५ रूपैयाँमा कारोबार भएको थियो।   यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २८ सय ६३ अमेरिकी डलरमा कारोबार भइरहेको छ। ...
६ महिनामा विद्युत प्राधिकरणको नाफा ११ अर्ब ३६ करोड

६ महिनामा विद्युत प्राधिकरणको नाफा ११ अर्ब ३६ करोड

समाचार
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो ६ महिनामा ११ अर्ब ३६ करोड रूपैयाँ नाफा कमाएको छ।   सूचनाको हक सम्बन्धी ऐनको व्यवस्था बमोजिम सार्वजनिक गरिएको (स्वतः प्रकाशन) विवरणअनुसार प्राधिकरणले यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्यबाट कुल ७० अर्ब ४४ करोड रूपैयाँ आम्दानी गरेको छ।   विद्युत खरिद, प्रशासनिक, विभिन्न आयोजनाहरू लगायतमा जम्मा ५९ अर्ब आठ करोड रूपैयाँ खर्च गरिएको छ।   यसरी, चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा प्राधिकरणको अप्रशोधित नाफा (करकट्टी गर्नुअघि) ११ अर्ब ३६ करोड रूपैयाँ हुने प्राधिकरणले जनाएको छ।   आर्थिक वर्ष २०७२–७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षमा निरन्तर नाफामा छ। गत आर्थिक वर्ष २०८०–८१ मा प्राधिकरणले १४ अर्ब ४६ करोड रूपैयाँ नाफा आर्जन गरे...