काठमाडौं । गत शुक्रबार र शनिबार भएको वर्षापछि काठमाडौंमा तापक्रम वृद्धि भएको छ भने मौसम पनि खुलेको छ ।
प्रदुषण कम भएको कारण काठमाडौं उपत्यका र आसपासमा देखिने हिमालहरु पनि सुन्दर देखिएका छन् ।
काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत टिक्दैनन् भन्ने आरोपमाथि केन्द्रित रहेर मेयर बालेन शाहले जबाफ दिएका छन्।
मेयर शाहले सोमबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै महानगरमा प्रमुख प्रशासकीय अधिकृत टिक्दैनन् भनेर भ्रम फैलाउन खोजिएको उल्लेख गरेका हुन्।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले केही दिनअघि फेसबुकमा स्टाटस लेख्दै पछिल्लो समय काठमाडौं महानगरमा कार्यकारी अधिकृत जान मानिरहेका छैनन् भन्नेमा मेयर शाहको ध्यान पुग्न नसकेको उल्लेख गरेका थिए।
‘काठमाडौं महानगरको मेयर बालेनले सरकारले कार्यकारी अधिकृत नपठाएको आरोप लगाउदै तिखो आक्रोस र असन्तुष्टि पोखेको देखिन्छ तर किन पछिल्लो समय कार्यकारी अधिकृत त्यहाँ जान मानिरहेका छैनन् भन्ने कुरामा उनको ध्यान पुगेको देखिँदैन,’ एमाले महासचिव पोखरेलले भनेका थिए।
एमाले महासचिव पोखरेलका आरो...
काठमाडौं : समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव (समरजंग) सहिद सप्ताहकाे अवसरमा सहिदका परिवारलाई अभिनन्दन ,सम्मान तथा संगठन निर्माणमा तिब्रता दिईरहेका छन । समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव पुर्ण बहादुर सिंह "समरजंग" सहिद सप्ताहकाे अवसरमा लुम्बिनी र गण्डकीका विभिन्न जिल्लाहरुमा पुगेर जनयुद्ध,जनआन्दोलन, एकीकृत जनक्रान्ति र विभिन्न आन्दोलनमा विरगति प्राप्त गर्ने सहिदहरुका आफन्तलाई भेटेर अभिनन्दन तथा सम्मान ब्यक्त गरेका छन । साथमा स्थायी कमिटी सदस्य विनाेद थापा "अवशेष " "पाेलिटब्युराे सदस्य मुक्ति राम गैरे "दिग्दर्शन",केन्द्रीय सदस्य अर्जुन वलि "टाइगर" लगायतको टाेलि सहिद सप्ताहको अवसरमा लुम्बिनी र गण्डकीका बिभिन्न जिल्लाहरुमा संगठन निर्माण र सहिद परिवार भेटघाट तथा अभिनन्दन कार्यक्रममा तिब्र रुपमा लागिपरेका छन्।
गत माघ १६-१९ गते सम्म लुम्बिनी प्रदेशको रुपन्देहीमा सम्पन्न पार्ट...
काठमाडौं :नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वमन्त्री, प्रतिनिधी सभा सदस्य शक्ति बहादुर बस्नेतलाई पितृ शोक परेको छ ।
बस्नेतका पिता डण्डविर बस्नेतको आइतबार ९४ बर्षको उमेरमा ग्रान्डी अस्पताल काठमाण्डौमा उपचारको क्रममा निधन भएको हो ।
भोली (सोमबार) पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।...
काठमाडौं । दाङको घोराही उपमहानगरपालिका-१३ प्रगति टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम २ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने रोल्पा माडी गाउँपालिका-३ तालावाङ घर भएका १९ वर्षीय दुर्लभ घर्ती मगरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
...
काठमाडौं। प्रहरीले मिटरब्याजी कल्पना गैरेलाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पाल्पा घर भई कैलालीको धनगढी उपमहानगरपालिका बस्दै आएकी ३९ वर्षीया गैरेलाई काठमडाौंको नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।
मिटर ब्याजमा ठगी गरेको आरोपमा केही समयअघि उनीमाथि धनगढीको चौराहामा कुटपिटसमेत भएको थियो । प्रहरीले गैरेविरूद्व शुक्रबार काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो ।
उद्योग वाणिज्य संघको केन्द्रीय सदस्य रहिसकेकी गैरे कैलालीको अत्तरिया र धनगढीमा ‘धर्मरुद्र’ नामक अस्पताल सञ्चालन गर्दै आएकी थिइन्। हाल उक्त अस्पताल बन्द रहेको बताइएको छ ।
उनी विभिन्न बहानामा ठगी गर्ने गिरोहकी मुख्य सदस्यका रूपमा चिनिन्छिन्। कैलालीमा ठूलो मात्रामा रकम ठगी गरेपछि पछिल्लो समय उनी पोखरामा लुकेर बसेको प्रहरीले जनाएको छ । गैरेमाथि जबरजस...
काठमाडौं । फिफा विश्वकप विजेता इटालीका गोलकिपर जियानलुजी बफोन नेपाल आइपुगेका छन् । उनी आज नेपाल आइपुगेका हुन् । उनलाई त्रिभुवन विमानस्थलमा युवासंघ अध्यक्ष क्षितिज थेवेले स्वागत गरे ।
इटालीका पूर्वकप्तान तथा विश्वकै उत्कृष्ट गोलकिपरमध्ये एक मानिने बफोन केपी ओली कप फुटबल प्रतियोगिताको अवलोकनका लागि नेपाल आएका हुन् ।
बुफनले सन् २००६ मा इटालीलाई फिफा विश्वकप जिताएका थिए । इटालीबाट उनले ८० खेलमा कप्तानीसमेत गरेका थिए । बुफनले १ सय ७६ खेलको कीर्तिमानी खेलेका थिए । उनले ५ पटक विश्वकप खेलिसकेका छन् ।
...
काठमाडौं । सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको कार्यालयमा आगलागी भएको छ।
गाउँपालिकाले भाडामा लिएर कार्यालयको काम गर्दै आएको घरमा आइतबार दिउँसो १ बजे आगलागी भएको हो।
उक्त घर स्थानीय रूद्रबहादुर खत्रीको भएको गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले जानकारी दिइन्।
उनकाअनुसार घरको माथिल्लो तल्लामा पालिकाले भाडामा लिएर रोजगार शाखा, नापी कार्यालयलगायतका सेवा दिँदै आइरहेको थियो।
एक्कासि आगो लागेको थियो। अहिले आगो निभाउने प्रयत्न भइरहेको पनि उनले बताइन्।
'विद्युतीय लाइन सर्ट भएर आगो लागेको अनुमान गरिएको छ, अहिलेसम्म आगो निभाउँदैछौं,' उनले भनिन्, 'पालिकासँग दमकल नहुँदा माटो र पानी हालेर निभाउने प्रयास भइरहेको छ।'
...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मोहनजंग थापा अमेरिकी अध्यागमनको नियन्त्रणमा परेका छन्।
नेपालबाट अमेरिका जाने क्रममा थापालाई अमेरिकाको इमिग्रेसन एण्ड कस्टम्स इनफोर्समेन्ट(आइसिइ) ले फिलाडेल्फियामा नियन्त्रणमा लिएको हो। उनलाई के कारणले नियन्त्रणमा लिइएको हो भनेर विस्तृत रूपमा खुलाइएको छैन। तर अमेरिकाको अध्यागमन (आइसिई) को वेभसाइटमा उनी नियन्त्रणमा परेको सूचना राखिएको छ।
थापा रास्वपा सभापति रवि लामिछानेसँग निकट मानिन्छन्। २०७९ मा रास्वपाका तत्कालीन सांसद ढाकाकुमार श्रेष्ठलाई आर्थिक लेनदेनमा कारबाही गरेको बेला थापा पनि निलम्बनमा परेका थिए। तर उनको पछि कारबाही फुकुवा गरिएको थियो।
रास्वपाका सहप्रवक्ता मनिष झाले उनी अध्यागमनको नियन्त्रणमा परेको जानकारी आएको बताए।
...
काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा फोहर फाल्ने जोकोहीलाई पाँच हजारदेखि १५ हजार रुपैयाँसम्म जरिवाना गराउने भएको छ ।
कामपा वातावरण विभागका अनुसार कामपा क्षेत्रका घर कम्पाउन्ड तथा परिसरको फोहरमैला सडक, फुटपाथ तथा अन्य सार्वजनिक स्थानमा फाल्ने, राख्ने वा थुपार्नेजस्ता कार्य गरे पाँच हजारदेखि १५ हजार रुपैयाँसम्म कारबाही गर्ने भएको हो ।
कामपा वातावरण विभागका प्रमुख सरिता राईका अनुसार जथाभावी फोहर फाल्दा दुर्गन्धित हुनुका साथै नागरिकको जनस्वास्थ्यमा समेत गम्भीर असर गर्ने भएकाले पूर्ण रुपमा यस कार्यलाई प्रतिबन्ध गरिएको हो । यदि कामपाको आग्रहलाई बेवास्ता गरी सार्वजनिक स्थानमा फोहर फालेको कामपाको अनुगमन टोलीले भेटे कामपाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा (च) बमोजिम कारबाही हुने पनि कामपाले स्पष्ट पारेको छ ।
यसैबीच, कामपाले ...