१९ जेष्ठ २०८३, मंगलवार

Tag: Rajan thapa

ललितपुर काे सातदोबाटो क्षेत्रमा ॐ समाज डेण्टल अस्पताल र Lions Club of Kathmandu Chandragiri Delight को संयुक्त आयोजनामा सम्पन्न निःशुल्क दन्त शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न

ललितपुर काे सातदोबाटो क्षेत्रमा ॐ समाज डेण्टल अस्पताल र Lions Club of Kathmandu Chandragiri Delight को संयुक्त आयोजनामा सम्पन्न निःशुल्क दन्त शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न

समाचार, स्वास्थ
राजन थापा ललितपुर / मानवता, सेवा र सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ। सातदोबाटो ट्राफिक प्रहरी परिसरको सहकार्य तथा व्यवस्थापनमा सञ्चालन गरिएको उक्त कार्यक्रममा स्थानीय बासिन्दा, सर्वसाधारण, युवायुवती तथा विभिन्न सामाजिक व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा निःशुल्क दन्त परीक्षण, डेन्टल स्केलिङ, दन्त सम्बन्धी परामर्श तथा अन्य दन्त सेवामा विशेष छुट प्रदान गरिएको थियो। साथै “रक्तदान गरौं, जीवन बचाऔं” भन्ने मूल नारासहित सञ्चालन गरिएको रक्तदान कार्यक्रममा ठूलो संख्यामा नागरिकहरूले रक्तदान गर्दै मानव सेवामा योगदान पुर्‍याएका थिए। आर्थिक अभावका कारण नियमित स्वास्थ्य परीक्षण गर्न नसकेका धेरै नागरिकहरूले निःशुल्क सेवा पाएपछि खुशी व्यक्त गरेका थिए। शिविरमा स्वयं उपस्थित भएर बिरामीहरूको स्वास्थ्य परीक्षण गरेका डा. सुवास घिमिरेले भावुक हुँदै ...
ॐ समाज डेण्टल र सेचेन करुणाको सहकार्यमा विकट गाउँमा स्वास्थ्यको उज्यालो

ॐ समाज डेण्टल र सेचेन करुणाको सहकार्यमा विकट गाउँमा स्वास्थ्यको उज्यालो

समाचार
राजन थापा धादिङ/ धादिङका दुर्गम हिमाली बस्तीहरूमा सञ्चालन गरिएको विद्यालयस्तरीय एकीकृत स्वास्थ्य तथा दन्त शिविर केवल उपचार कार्यक्रममा सीमित रहेन, यो पीडामा बाँचिरहेका बालबालिका र स्थानीय समुदायका लागि आशा, करुणा र मानवताको गहिरो सन्देश बनेर उभिएको छ। Rubi Valley Rural Municipality र Khaniyabas Rural Municipality को आयोजनामा, Sechen Karuna को आर्थिक तथा प्राविधिक सहयोग तथा Om Samaj Dental Hospital को प्राविधिक सहकार्यमा सञ्चालन गरिएको उक्त शिविरले रुबिभ्यालीका ७ विद्यालय र खनियाबास गाउँपालिकाको वडा नं. २, ३ र ५ का १४ विद्यालयमा स्वास्थ्य सेवा पुर्‍याएको थियो। शिविरमार्फत १३०० भन्दा बढी विद्यार्थी तथा शिक्षक लाभान्वित भएका छन्। दन्त परीक्षण, दाँत निकाल्ने तथा भर्ने सेवा, आँखा जाँच, ENT सेवा, पोषण परीक्षण, रक्तअल्पता परीक्षण तथा सामान्य स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराइएको थियो...
भविष्य बनाउने कारखाना बन्दै सान इन्टरनेशनल कलेज : १००% छात्रवृत्तिसहित नयाँ इतिहास रच्दै

भविष्य बनाउने कारखाना बन्दै सान इन्टरनेशनल कलेज : १००% छात्रवृत्तिसहित नयाँ इतिहास रच्दै

शिक्षा, समाचार
काठमाडौं । जब शिक्षा केवल पढाइमा सीमित रहँदैन र सपना पूरा गर्ने माध्यम बन्छ, तब जन्मिन्छ एउटा यस्तो संस्था जसले विद्यार्थीको भविष्यलाई नयाँ दिशा दिन सक्छ । अहिले राजधानीको चन्द्रागिरि–१४, नैकापमा यस्तै एउटा शैक्षिक क्रान्तिको चर्चा चुलिँदै गएको छ । त्यो नाम हो — सान इन्टरनेशनल कलेज । काठमाडौं उपत्यकाभरि नै गुणस्तरीय शिक्षाको विश्वसनीय गन्तव्यको रूपमा परिचित सान इन्टरनेशनल कलेजले अहिले आधुनिक सुविधा सम्पन्न साततले भवन निर्माण गर्दै शिक्षा क्षेत्रमा नयाँ आयाम थपिरहेको छ । कलेजले कक्षा ११ मा नयाँ भर्ना हुने सीमित संख्याका विद्यार्थीहरूका लागि १०० प्रतिशतसम्म छात्रवृत्ति घोषणा गरेपछि विद्यार्थी र अभिभावकको आकर्षण झन् बढेको छ । “सिटहरू भरिनु अघि नै आवेदन दिनुहोस्” भन्ने सन्देशसहित कलेजले भविष्यप्रति गम्भीर र मेहनती विद्यार्थीहरूलाई ठूलो अवसर प्रदान गरिरहेको जनाएको छ । आर्थिक अवस्था कमजोर भए प...
साहसको शिखरदेखि सेवाको विश्वाससम्म: सुस्मिता मास्के निरौला ॐ समाज डेण्टल अस्पतालमा

साहसको शिखरदेखि सेवाको विश्वाससम्म: सुस्मिता मास्के निरौला ॐ समाज डेण्टल अस्पतालमा

समाचार
राजन थापा काठमाडौ -  संसारका ७ वटै महादेशका अग्ला हिमालहरू सफलतापूर्वक आरोहण गरेर इतिहास रच्ने पहिलो नेपाली महिला Susmita Maskey Niraula केवल एक पर्वतारोही मात्र होइनन्—उहाँ साहस, समर्पण र अदम्य इच्छाशक्तिको जिउँदो प्रतीक हुनुहुन्छ। उहाँको यात्राले व्यक्तिगत सफलता मात्र होइन, सम्पूर्ण नेपाली महिलाहरूका लागि आत्मविश्वास र प्रेरणाको उज्यालो मार्ग देखाएको छ। हरेक शिखरमा पुगेको उहाँको पाइला केवल उचाइको मापन होइन, जीवनका कठिनाइहरूलाई जित्ने अठोटको कथा हो। उहाँको जीवनले स्पष्ट सन्देश दिन्छ— “सीमा शरीरमा होइन, सोचमा हुन्छ।” यही प्रेरणादायी व्यक्तित्व हालै आफ्ना बुवाको दन्त उपचारका लागि ॐ समाज डेण्टल अस्पताल पुग्नुभयो। विश्वका अग्ला हिमालहरू चढ्ने साहस बोकेकी उहाँ त्यहाँ एक सामान्य छोरीको भूमिकामा देखिनु, उहाँको मानवीय पक्षलाई झन् उजागर गर्ने क्षण बन्यो। उपचारपश्चात् आफ्नो अनुभव साझा ग...
हाम्रो सोच कि हाम्रो संस्कार ? — बरिष्ठ डाक्टर सुवास घिमिरे

हाम्रो सोच कि हाम्रो संस्कार ? — बरिष्ठ डाक्टर सुवास घिमिरे

विचार
नेपाल आज एउटा यस्तो दोबाटोमा उभिएको छ, जहाँ एकातिर हामी “समृद्ध नेपाल” को नारा लगाइरहेका छौँ, अर्कोतिर समृद्ध भएको देख्न हामी नै असहज महसुस गर्छौँ। यो हाम्रो समाजको एउटा गहिरो विरोधाभास हो। हामी सबैलाई धनी बन्नु छ, तर कोही धनी भयो भने उसलाई शंका, आलोचना र कहिलेकाहीँ अपमानको नजरले हेर्न थाल्छौँ। आखिर किन हाम्रो समाजले सफलतालाई उत्सवको रूपमा मनाउन सक्दैन? आज भाटभटेनीका मीनबहादुर गुरुङ हुन् वा अन्तर्राष्ट्रिय स्तरमा नाम कमाएका उपेन्द्र महतो जस्ता उद्योगी व्यवसायीहरू—उनीहरूले हजारौँलाई रोजगारी दिएका छन्, राज्यलाई करोडौँ कर बुझाएका छन्। तर समाजको एउटा तप्का र कहिलेकाहीँ राज्य संयन्त्रले पनि उनीहरूको पसिना होइन, केवल सम्पत्तिको आकार मात्र देख्छ। के व्यापार गर्नु र धन आर्जन गर्नु नेपालमा अपराध हो? वैधानिक रूपमा आफ्नै पौरखले समृद्ध हुनु गलत हो? के हामी सधैँ गरिबीको कथामा मात्र रमाउनुपर...
सान इन्टरनेशनल कलेजमा कक्षा १२ मा अध्ययनरत विज्ञान तथा व्यवस्थापन संकायका  विद्यार्थीहरूलाई औपचारिक रूपमा विदाई

सान इन्टरनेशनल कलेजमा कक्षा १२ मा अध्ययनरत विज्ञान तथा व्यवस्थापन संकायका विद्यार्थीहरूलाई औपचारिक रूपमा विदाई

शिक्षा, समाचार
काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. १४ नयाँ नैकापस्थित सान इन्टरनेशनल कलेजमा शुक्रबार एक भावुक र उल्लासमय वातावरणका बीच कक्षा १२ मा अध्ययनरत विज्ञान तथा व्यवस्थापन संकायका विद्यार्थीहरूलाई औपचारिक रूपमा विदाई गरिएको छ। विदाई कार्यक्रम सामान्य औपचारिकतामा सीमित नरही प्रेरणा, सम्झना र भविष्यप्रतिको दृढ संकल्पले भरिएको विशेष समारोहका रूपमा सम्पन्न भएको थियो। कार्यक्रममा विद्यार्थीहरूको अनुशासन, मेहनत र उपलब्धिको प्रशंसा गर्दै उनीहरूलाई उज्ज्वल भविष्यका लागि शुभकामना प्रदान गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भएका ओम समाज डेन्टल अस्पताल का अध्यक्ष तथा ख्यातिप्राप्त ओरल म्याक्सिलोफेसियल विशेषज्ञ डा. सुवास घिमिरेले आफ्नो प्रेरणादायी मन्तव्यमा विद्यार्थीहरूलाई जीवनको प्रतिस्पर्धात्मक यात्रामा इमान्दारिता, लगनशीलता र सकारात्मक सोचलाई अंगाल्न आग्रह गरे। उनले भने, “आजको व...
“Hard work turns to gold—SANN College’s pride, a student’s golden success”

“Hard work turns to gold—SANN College’s pride, a student’s golden success”

शिक्षा, समाचार
Rajan Thapa Kathmandu / It is easy to dream, but it takes constant struggle, discipline and hard work to turn it into reality. Making this inspiring journey a living example, Shubhechha Maharjan has achieved excellent results in B.Sc. Biotechnology, secured the highest CGPA in the university, and won the University Gold Medal and Ram Lal Golchha Gold Medal. This achievement is not just the success of one student, but has become a source of pride, inspiration and enthusiasm for the entire SANN International College family. Shubhechha’s success is no coincidence. It is the result of her years of hard work, patience and unwavering commitment to her goals. Deep passion for studies, time management and constant practice have taken her to this height. Students like her are the true iden...
“सडकदेखि सदनसम्मका नागरिकको उपचार” अभियान: ॐ समाज डेण्टल अस्पतालको निःशुल्क स्वास्थ्य शिविरबाट सयौं लाभान्वित

“सडकदेखि सदनसम्मका नागरिकको उपचार” अभियान: ॐ समाज डेण्टल अस्पतालको निःशुल्क स्वास्थ्य शिविरबाट सयौं लाभान्वित

स्वास्थ
राजन थापा   काठमाडौं / समाजका सबै वर्गका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउने उद्देश्यका साथ ॐ समाज डेण्टल अस्पतालले सञ्चालन गर्दै आएको निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम निरन्तर रूपमा सञ्चालन भइरहेको छ। “सडकदेखि सदनसम्मका मानिसको उपचार” भन्ने मूल नारालाई आत्मसात गर्दै अस्पतालले प्रत्येक महिनाको विभिन्न स्थानमा स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ। यसै अभियानअन्तर्गत आज बनस्थली चोकमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा बृद्धबृद्धा, बालबालिका तथा अपाङ्गता भएका व्यक्तिहरूले समेत उपचार सेवा लिएका छन्। शिविरमा सहभागी भएका ४० वर्षीय कुर्सिद आलमले आफूजस्ता अपाङ्गता भएका व्यक्तिका लागि यस्तो सेवा निकै उपयोगी भएको बताए। उनले भने, “हामीजस्ता अपाङ्गता भएका व्यक्तिका लागि स्वास्थ्य सेवा लिन कहिलेकाहीँ धेरै कठिन हुन्छ। तर ॐ समाज डेण्टल अस्पतालले आयोजना गरेको शिविरमा सहज रूपमा सेवा ...
नेपाल बनेपा बहुप्राविधिक शिक्षालय विवाद : ६०१ विद्यार्थीको भविष्य अन्योलमा

नेपाल बनेपा बहुप्राविधिक शिक्षालय विवाद : ६०१ विद्यार्थीको भविष्य अन्योलमा

समाचार
राजन थापा बनेपा, काभ्रेपलाञ्चोक – बनेपा नगरपालिकाले नेपाल बनेपा बहुप्राविधिक शिक्षालय रहेको भवन तथा शिक्षालयले प्रयोग गर्दै आएको जग्गा नगरपालिका मातहत ल्याई सो स्थानमा नगर कार्यपालिका कार्यालय सञ्चालन गर्ने निर्णय गरेपछि स्थानीय स्तरमा तीव्र विरोध सुरु भएको छ। नगरसभाको मिति २०८२ पुस ३० गते बसेको १७औँ अधिवेशनले वडा नं. ५ अन्तर्गत सञ्चालनमा रहेको शिक्षालयको भवन र सम्पूर्ण जग्गा नगरपालिका मातहत ल्याउने विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो। निर्णयअनुसार आगामी शैक्षिक सत्रदेखि शिक्षालयका पठनपाठन कार्यक्रम अन्यत्र वैकल्पिक स्थानमा सारिने र हाल प्रयोग भइरहेको स्थान खाली गरिदिन प्रशासनलाई पत्राचारसमेत गरिएको छ। उक्त पत्र नगर प्रमुख शान्ति रत्न शाक्यद्वारा हस्ताक्षरित छ। ६०१ विद्यार्थीको भविष्य के होला ? हाल शिक्षालयमा अध्ययनरत ६०१ विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै अभिभावक,...
अध्यक्ष डा. सुवास घिमिरेले कर्मचारीसँगै मनाए जन्मदिन

अध्यक्ष डा. सुवास घिमिरेले कर्मचारीसँगै मनाए जन्मदिन

समाचार
राजन थापा काठमाडौं  / ओम समाज डेन्टल अस्पतालका अध्यक्ष तथा ओरल एण्ड म्याक्सिलोफेसियल सर्जन डा. सुवास घिमिरेले आज अस्पतालका सम्पूर्ण कर्मचारीहरूसँग आफ्नो जन्मदिन मनाएका छन्। अस्पताल परिसरमा आयोजित कार्यक्रममा चिकित्सक, नर्स, प्राविधिक, प्रशासनिक तथा अन्य कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा कर्मचारीहरूले डा. घिमिरेलाई जन्मदिनको शुभकामना व्यक्त गर्दै उहाँको नेतृत्व क्षमता, स्वास्थ्य सेवाप्रतिको समर्पण र संस्थागत विकासमा पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए। अस्पताल व्यवस्थापनका अनुसार डा. घिमिरेको नेतृत्वमा अस्पतालले मुख, दाँत तथा जबडासम्बन्धी उपचार सेवा विस्तार गर्दै गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ। डा. घिमिरेले कार्यक्रममा सम्बोधन गर्दै अस्पतालको प्रगति सम्पूर्ण टिमको मेहनत र सहकार्यको परिणाम भएको बताए। उनले आगामी दिनमा अझ व्यवस्थित सेवा प्रणाली विकास गर्दै...