काठमाडौं :नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वमन्त्री, प्रतिनिधी सभा सदस्य शक्ति बहादुर बस्नेतलाई पितृ शोक परेको छ ।
बस्नेतका पिता डण्डविर बस्नेतको आइतबार ९४ बर्षको उमेरमा ग्रान्डी अस्पताल काठमाण्डौमा उपचारको क्रममा निधन भएको हो ।
भोली (सोमबार) पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।...
जाजरकोट ।नेकपा माओवादी केन्द्रका उपमहासचिव द्वाेय शक्ति बहादुर बस्नेत र जनार्दन शर्मा ‘प्रभाकर’ भुकम्प प्रभावित क्षेत्रमा उद्दार-राहतमा जुटिरहेकाछन । पूर्वअर्थमन्त्री समेत रहेका प्रभाकर र पुर्व गृह तथा बर्तमान -उर्जा जलश्राेत तथा सिचाइ मन्त्री शक्ति बहादुर बस्नेत भुकम्प प्रभावित क्षेत्रका पीडितसँगै छन् ।
उद्दार कार्य सकिएपछि अहिले राहत तथा पुनःस्थापनाको कामलाई प्रभावकारी रुपमा अगाडि बढाउन शर्मा रुकुम र बस्नेत जाजरकोटका पिडितहरुसंगै सुखदुःखमा खटिरहेका छन ।२०७९ काे प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेस संगकाे गठबन्धनमा शर्माले रुकुम पश्चिम बाट ३९,५४९ मत ल्याई बिजयी भयका थिय भने जाजरकोटकमा बस्नेतले पनि ३४,१५१ मत प्राप्त गरि विजयी भयका थिय । शर्माका प्रतिद्वन्द्वी नेकपा एमालेका नन्दराम देवकोटाले १२,९६१ र बस्नेतका प्रतिद्वन्द्वी नेकपा एमालेका निरज आचार्यले २५,१२० मत प्राप्त गरि पराजित भ...
काठमाडौं ।ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले दसैँ तिहार, नेपाल संवत्, छठजस्ता चाडपर्वमा कुनै पनि समस्या नआउने गरी विद्युत् आपूर्ति गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् ।
सिंहदरबारस्थित मन्त्रालयमा आज प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उप कार्यकारी निर्देशक मनोज सिलवाल, भारप्रेषण केन्द्रका प्रमुख शुरेशबहादुर भट्टराईलगायत उपत्यकाभित्रका वितरण केन्द्र प्रमुखलाई उनले कुनै एउटा घरबाट पनि गुनासो नआउने गरी सहजरूपमा नागरिकले विद्युत् पाउने प्रबन्ध गर्न निर्देशन दिएका हुन् ।
‘कुनै पनि नागरिकले गुनासो गर्ने अवस्था नआओस् । वर्ष दिनभर राम्रो काम गरे पनि चाडपर्वको समयमा एकाध मिनेट समस्या आउँदा त्यसले राम्रो गर्दैन । काम नगरे सरह नै हुन्छ । त्यस कारण जिम्मेवार भएर २४ सै घण्टा सेवामा क्रियाशील हुनुस् ‘ मन्त्री बस्नेतले भने ‘पूर्णरूपमा जिम्मेवार भएर काम गर्...
जाजरकोट। उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले आईतबार जिल्ला अस्पताल जाजरकोटको भवन उद्घाटन गरेका छन् । ५० शैयाको नवनिर्मित भवन मन्त्री बस्नेतले आईतबार उद्घाटन गरेका हुन् ।
अस्पतालको नवनिर्मित भवनबाट स्त्रीरोग, बालरोग, जनरल फिजिसियन, हाडजोर्नी सम्बन्धिका स्वास्थ्य सेवाहरु संचालन गर्न आवश्यक जनशक्ति र उपकरणहरको व्यवस्थापन गरिने मन्त्री बस्नेतले भनाई राखेका थिए । सामान्य रोगको उपचार गर्न चौरजहारी, सुर्खेत, नेपालगञ्ज, काठ्मान्डौ जानुपर्ने बाध्यताको अन्त्य गरिने मन्त्री बस्नेतले प्रतिवद्धता व्यक्त गरेका थिए ।
संघीय सरकारसँग समन्वय गरेर जाजरकोट जिल्ला अस्पतालका लागि आवश्यक पर्ने जनशक्ति र उपकरणको ब्यवस्थापन गर्ने कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले भनाई राखेका थिए ।
भवन उद्घाटन कार्यक्रममा स्वास्थ्य सेवा कार्यालयका निमित्त ब्यवस्थापक डाक्...
जाजरकोट ।जिल्लाको भेरि नगरपालिका वडा - ५ काफलचाैरमा रहेकाे बहु प्राबिधिक शिक्षालयकाे प्रशासनिक भवनकाे नेपाल सरकारका उर्जा,जलश्राेत तथा सिचाइ मन्त्री शक्ति बहादुर बस्नेतले आज उद्धाटन गरेका छन ।
सनिवार मन्त्रि बस्नेत संगै पुर्व मन्त्री सत्य पहाडी, कर्णाली प्रदेशका आर्थिक मामिला तथा कानुन मन्त्रि वेदराज सिंह, प्रमुख जिल्ला अधिकारी सुरेश सुनार , नगर प्रमुख चन्द्र प्रकाश घर्ती लगायत जिल्लाका का बिशिस्ट ब्यक्ति हरुकाे उपस्थितिमा उद्धघाटन कार्यक्रम सम्पन्न भयकाे हाे ।
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको "जनजनमा माओवादी -घरघरमा माओवादी अभियान"काे क्रममा गृह जिल्ला जाजरकोट पुगेका मन्त्री बस्नेतले जिल्लाकाे नलगाड नगरपालिका ,बारेकाेट गाउपालिका मा भयका बिकाश निर्माणका कामहरुकाे अवलोकन गर्दै आज भेरि नगरपालिकामा पुगेका हुन । कार्यक्रम बाेल्दै मन्त्री बस्नेतले भने जाजरकोट जिल्लालाई बिकाश निर...
काठमाडौं ।ऊर्जा, जलश्रोत तथा सिँचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युतीकरणको माध्यमबाट देशको आर्थिक विकास र समुन्नति सम्भव रहेको बताएका छन् ।
आज नेपाल विद्युत् प्राधिकरणको ३८ औँ वार्षिकोत्सवको पूर्व सन्ध्यामा काठमाडौँमा आयोजित विद्युतीय सवारीसाधनको र्यालीमा सहभागी भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले विद्युतीकरणको माध्यमबाट देशको आर्थिक विकास, समुन्नति र स्वच्छ वातावरणको क्षेत्रमा विद्युत प्राधिकरणले महत्त्वपूर्ण योगदान गरेको उल्लेख गरे ।
उनले स्वच्छ वातावरणको लागि विद्युतीय सवारी साधनको प्रयोग बढाउनुपर्नेमा जोड दिए ।
नेपाल विद्युत् प्राधिकरणले भदौ १ गते आफ्नो ३८ औँ वार्षिकोत्सव मनाउँदै छ । सो अवसरमा प्राधिकरणले सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रमहरू गर्दै आएको छ ।...
जाजरकोट । माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत चौथो पटक मन्त्री बनेका छन् । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गर्दै बस्नेतलाई उर्जा, जलस्रोत तथा सिँञ्चाइ मन्त्रीमा नियुक्त गरेका हुन् ।
जाजरकोटबाट तीन पटक चुनाव जितेका बस्नेत चौथो पटक मन्त्री बनेका छन् । कर्णालीको दुर्गम पहाडी जिल्ला जाजरकोटबाट सबैभन्दा धेरै चुनाव जित्ने र मन्त्री बन्ने नेतामा पनि बस्नेत नै पर्दछन् ।
पूर्व गृहमन्त्री समेत भइसकेका बस्नेत पटक पटक मन्त्री बन्नुमा कुनै खास योजना र प्रसिद्धि कमाएको विगत छैन । माओवादी अध्यक्ष प्रचण्डको विश्वासपात्र भएकै कारण पटक पटक सत्तामा शक्ति पुग्ने गरेको माओवादी नेताहरु बताउँछन् ।
माओवादी केन्द्र शान्ति प्रक्रियामा आएसँगै ०६४ को पहिलो संविधानसभा चुनावमा समानुपातिक सांसद भएका बस्नेत २०६८ सालमा स्वास्थ्य मन्त्री भएका थिए । ०७० को दोस्रो सं...
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बहादुर बस्नेतले फौजदारी न्यायको सिद्धान्त अन्तर्गत रहेर संक्रमणकालीन न्याय टुंगोमा पुर्याउने कुरा कल्पना पनि गर्न नसकिने बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ माथिको छलफलमा भाग लिंदै सो कुरा बताएका हुन् ।
उनले पीडितलाई न्याय दिने, परिपूरणको व्यवस्था गर्ने र फेरि मुलुकमा द्वन्द्व आउन नदिने गरी संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउन सरकार अघि बढिरहेको पनि बताए।
उनले भने, ‘कतिपय साथीहरुले यसलाई फौजदारी न्यायको सिद्धान्त अन्तर्गत समाधानको परिकल्पना गर्नुभएको छ । समाधानकाे वकालत गरिरहनुभएको छ । विस्तृत शान्ति सम्झौताले त्यो भन्दैन ।’
उपमहासचिव बस्नेतले विस्तृत शान्ति सम्झौता, नेपालको अन्तरिम संविधान र नेपालको संविधानले सं...
८ मंसिर जाजरकोट । नेकपा माओवादी केन्द्रका उप महासचिव शक्ति बस्नेत प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। बस्नेत जाजरकोटबाट लगातार तेस्रोपटक निर्वाचित भएका हुन्।
बस्नेतले ३४ हजार १ सय ५१ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका निरज आचार्यले २५ हजार १ सय २० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।
बस्नेत ०७० र ०७४ सालको निर्वाचनमा पनि जाजरकोटबाटै निर्वाचित भएका थिए।
माओवादी संसदीय राजनीतिमा आएपछि बस्नेत २०६८ सालमा स्वास्थ्य मन्त्री, २०७२ सालमा गृहमन्त्री र २०७४ सालमा वन मन्त्री भइसकेका छन्।...
जाजरकोट ।नेकपा ( माओवादी केन्द्र) का उपमहासचिव समेत रहेका शक्ति बहादुर बस्नेत जाजरकोटको ग्रामिण वर्ग संघर्षवाट राजनीति सुरु गरेका नेता हुन् । वि सं २०२८ साल वैशाख ०१ भेरी नगरपालिका– ०१ कालेगाउँमा उनको जन्म भएको हो ।
बुवा डण्डवीर बस्नेत र आमा धर्म कुमारी बस्नेतका कान्छा सुपुत्रको रुपमा उनको जन्म भयो । उनका तीन दाजुभाई रहेका छन् । उनकी जीवन संगिनी पूर्व शान्ति तथा पुर्ननिर्माण मन्त्री सत्य पहाडी हुन भने, उनकी एक मात्र सन्तान छोरी संगम बस्नेत रहेकी छिन् । बस्नेतले राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेका छन् ।
राजनीतिक यात्रा:
ग्रामीण वर्ग संघर्षलाई उठान गरेर सशस्त्र वर्ग संघर्षको माध्यमवाट नयाँ जनवादी राज्य सत्ता स्थापना प्राप्त गर्ने मार्ग दर्शनवाट अभिप्रेरित युवा शक्ति बहादुर वस्नेत २०४६ सालको जनआन्दोलनमा सहभागी भएर तत्कालिन नेकपा एकता केन्द्र (मशाल)मा आवद्ध भएका थिए ।
बस्नेत २०४८ स...