संविधानको रक्षाका लागि गठबन्धनको विजयी आवश्यक : शक्ति बस्नेत
जाजरकोट । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं जाजरकोट बाट प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार शक्तिबहादुर बस्नेतल संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि गठबन्धनको विजयी आवश्यक रहेको बताएका छन् । संविधानको रक्षा र मुलुकको आर्थिक समृद्धिका लागि मंसिर ४ को निर्वाचन ऐतिहासिक भएकाले गठबन्धनको विजयी आवश्यक रहेको बताएका हुन् ।
जाजरकोट क्षेत्र नं. १ का मतदाता भेटघाट कार्यक्रमहरूलाई सम्बोधन गर्दै उपमहासचिव बस्नेतले मंसिर ४ को निर्वाचनपछि मुलुकको राजनीति कता जान्छ भन्ने निश्चित हुने बताए । साथै उनले संविधान संशोधनमार्फत जनताका हक अधिकारलाई स्थापित गर्न र अधुरा विकास योजनाहरुलाई सम्पन्न गर्न तथा रोजगारी सृजना हुने ठुला विकास योजना सञ्चालन गर्न गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउन मतदातासामु आग्रह गरे ।
‘संविधान बाँकी कामहरूलाई पूर्णता दिनका लागि पनि बाम लोकता...