११ श्रावण २०८१, शनिबार

Tag: विश्वकप

विश्वकप खेलमा कस्ले के पाए

विश्वकप खेलमा कस्ले के पाए

अन्तर्राष्ट्रिय, खेल, मनाेरन्जन, समाचार
  विश्वकपको उपाधिसँगै गोल्डेन बल जितेका अर्जेन्टिनी लियोनल मेस्सीले दुई पटक गोल्डेन बल जित्ने खेलाडीको कीर्तिमान बनाएका हुन्। यसअघि २०१४ मा अर्जेन्टिना उपविजेता हुँदा पनि मेस्सीले गोल्डेन बल जितेका थिए। त्यतिबेला जर्मनीले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै उपाधि जितेको थियो। विश्वकप उपाधि जितेसँगै अर्जेन्टिनाले चार करोड २० लाख अमेरिकी डलर पाउने भएको छ । ८ वर्षपछि फेरि फाइनलमा पुगेको अर्जेन्टिनाले साविक विजेता फ्रान्सलाई पराजित गर्दै तेस्रो पटक विश्वकपको उपाधि जितेको हो। अर्जेन्टिनालाई उपाधि जिताउँदा मेस्सीले फाइनलमा २ गोल गरे। मेस्सीले अर्जेन्टिनाका लागि सर्वाधिक गोल कर्ता, सबैभन्दा धेरै विश्वकप खेल्ने खेलाडी लगायतका कीर्तिमान समेत बनाए। यो सँगै मेस्सीले खेलेका सबै खालका उपाधि जितेका छन्। फ्रान्सेली फरवर्ड केलियन एम्बाप्पेले कतार विश्वकपमा गोल्डेन बुट अवार्ड जितेका छन...
केनले पेनाल्टी गुमाएपछि  फ्रान्स सेमिफाइनलमा , इंग्ल्याण्ड बाहिरियो,

केनले पेनाल्टी गुमाएपछि फ्रान्स सेमिफाइनलमा , इंग्ल्याण्ड बाहिरियो,

अन्तर्राष्ट्रिय, खेल, समाचार
कतार विश्वकपअन्तर्गत शनिबार राति भएको अन्तिम क्वार्टरफाइनलमा दोस्रो पेनाल्टी अवसर खेल फाल्दा कीर्तिमान आफ्नो नाममा गर्ने सुन्दर मौका गुमाएका हुन्। खेलको ८४ औँ मिनेटमा इङल्याण्डले दोस्रो पेनाल्टी अवसर पाएको थियो। जसमा केन चुक्न पुगे। त्यसअघि खेलको ५४ औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै केनले वेनसँगको कीर्तिमानी बराबरी गरेका हुन्। कप्तान केनले राष्ट्रिय टोलीबाट ५३ गोल गर्दै वेन रुनीसँगको किर्तिमानी बराबरी गरेका हुन्। २९ वर्षिय टोटनह्याम हट्सपुरका स्ट्राइकर केनले २०१५ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए। डेब्यु खेलको ७९ सेकेण्डमा नै केनले गोल गरेका थिए कप्तान ह्यारी केन पेनाल्टीमा गोल गर्न असफल भएपछि इंग्लयाण्ड साविक विजेता फ्रान्ससँग २-१ ले पराजित हुँदै कतारमा जारी विश्वकपको क्वाटरफाइनलबाटै बाहिरिएको छ । मध्यराती भएको खेलमा इंग्लयाण्डले खेलको अन्त्त्यतिर पेनाल्टी पाएको थियो । तर कप्त...
कतारमा जारी फिफा विश्वकप २०२२ नेदरल्यान्ड लाई पेनाल्टी सुटआउटमा ४-३ ले अर्जेन्टिना सेमिफाइनल

कतारमा जारी फिफा विश्वकप २०२२ नेदरल्यान्ड लाई पेनाल्टी सुटआउटमा ४-३ ले अर्जेन्टिना सेमिफाइनल

Breaking News, अन्तर्राष्ट्रिय, खेल, मनाेरन्जन, समाचार
२४ मंसिर, काठमाडौं । गोलकिपर एमिलियानो मार्टिनेजले नायक बन्दै दुई पेनाल्टी रोकेपछि नेदरल्याण्ड्सलाई पेनाल्टी शूटआउटमा ४-३ ले पराजित गर्दै अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप २०२२ को सेमिफाइनलमा प्रवेश गरेको छ । लुसेल आइकोनिक स्टेडियममा भएको नाटिकय र तनावपूर्ण दोस्रो क्वाटरफाइनलमा मार्टिनज नायक बन्दा अर्जेन्टिना ८ वर्षपछि विश्वकपको सेमिफाइनलमा पुगेको हो । निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको खेल २-२ को बराबरीमा सकिएपछि खेल पेनाल्टी शूटआउटमा पुगेको थियो । जहाँ अर्जेन्टिनाका लागि कप्तान लिओनल मेसी, लिएनड्रो परेडेस, गोन्जालो मोनिटेल र लाउटारो मार्टिनेजले गोल गरे । एन्जो फर्नान्डेसको प्रहार पोष्ट बाहिर गएको थियो । नेदरल्याण्ड्सका लागि टिउन कुपमाइनर्स, वाउट वेघोस्ट लुक डे जोङले गोल गरे । अर्जेन्टिनाको जितमा नायक बनेका मार्टिनजले डच कप्तान भर्जिल भान डाइक र स्टेभेन बर्गुइसको प्रहार...
दक्षिण काेरिया बिरुद्ध ब्राजिल काे सफलता ।

दक्षिण काेरिया बिरुद्ध ब्राजिल काे सफलता ।

Breaking News, अन्तर्राष्ट्रिय, खेल, समाचार
२० मंसिर, काठमाडौं । ब्राजिलले फिफा विश्वकपको अन्तिम १६ मा दक्षिण कोरियालाई ४-१ ले पराजित गर्दा फुटबलको मास्टरक्लास प्रदर्शन गर्न सफल रह्यो । संसारभरका समर्थकले आनन्ददायी क्षणको लाभ लिए जो ब्राजिलको पुनरागमन यस्तै होस भन्ने चाहन्थे । स्टेडियम ९७४ को प्यारापिटमा साम्भा संगीत चर्कोसँग बजिरहेको थियो । ब्राजिल टिम भने घाना, उरुग्वे र पोर्चुगललाई संकटमा पारेको दक्षिण कोरियालाई तहस नहस बनाइरहेको थियो । ब्रजिलले सुन्दर तरिकाबाट बलको प्रयोग र वान–टच पास शैलीले प्रतिभाशाली दक्षिण कोरियाली टिम निरिह देखियो । उनीहरुसँग रंक्षात्मक खेलका लागि कुनै योजना नै देखिएन । वास्तवमा भन्ने हो भने दक्षिण कोरियाली गोलरक्षक किम सुङ ग्यू खुसी हुनुपर्छ । किनभने ब्राजिलले दोहोरो अंकको गोल हान्न सकेन । गोलीगाँठाको चोटबाट फर्किएका नेइमार प्रमुख प्रशिक्षक टिटेले निर्माण गरेको टिमको केन्द्रमा थिए । परम्परागत फुटब...
जारी विश्वकपमा मेक्सिले  लगातार २ गाेल :

जारी विश्वकपमा मेक्सिले लगातार २ गाेल :

Breaking News, अन्तर्राष्ट्रिय, खेल, समाचार
विश्वकप कतार :  मेक्सिकोमाथि रोमाञ्चक जित निकाल्दै अर्जेन्टिनाले कतार विश्वकपको अघिल्लो चरण पुग्ने सम्भावना बलियो बनाएको छ। लुसैल स्टेडियममा शनिबार मध्यराति भएको खेलमा मेक्सिकोलाई २–० ले पराजित गर्दै अर्जेन्टिनाले पहिलो जित निकाल्दै अघिल्लो चरण प्रवेशको सम्भवना बलियो बनाएको हो। जित्नैपर्ने दबाबमा रहेको अर्जेन्टिनाका लागि मेस्सीले खेलको ६४ औँ मिनेटमा गोल गर्दै टोलीको जित पक्का गरेका हुन्। करिब ३० यार्ड टाढाबाट गरेको प्रहार गोलरक्षकले बचाउने कुनै मौका पाएनन्। खेलको ८७ औँ मिनेटमा एञ्जो फर्नान्डेजको गोलमा अर्जेन्टिनाले अग्रता दोब्बर बनाएको हो। उनले मेस्सीको पासमा उत्कृष्ट गोल गर्दै टोलीको जित पक्का गरे। पहिलो खेलमा साउदी अरेबियासँग २–१ ले पराजित भएको अर्जेन्टिनाले दोस्रो खेलमा जित दर्ता गरेको हो। खेलको पहिलो हाफ बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा मात्र गोल सम्भव भयो। खेलमा ग...