२ कार्तिक २०८१, शुक्रबार

केनले पेनाल्टी गुमाएपछि फ्रान्स सेमिफाइनलमा , इंग्ल्याण्ड बाहिरियो,

कतार विश्वकपअन्तर्गत शनिबार राति भएको अन्तिम क्वार्टरफाइनलमा दोस्रो पेनाल्टी अवसर खेल फाल्दा कीर्तिमान आफ्नो नाममा गर्ने सुन्दर मौका गुमाएका हुन्।

खेलको ८४ औँ मिनेटमा इङल्याण्डले दोस्रो पेनाल्टी अवसर पाएको थियो। जसमा केन चुक्न पुगे।

त्यसअघि खेलको ५४ औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै केनले वेनसँगको कीर्तिमानी बराबरी गरेका हुन्। कप्तान केनले राष्ट्रिय टोलीबाट ५३ गोल गर्दै वेन रुनीसँगको किर्तिमानी बराबरी गरेका हुन्।

२९ वर्षिय टोटनह्याम हट्सपुरका स्ट्राइकर केनले २०१५ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए। डेब्यु खेलको ७९ सेकेण्डमा नै केनले गोल गरेका थिए
कप्तान ह्यारी केन पेनाल्टीमा गोल गर्न असफल भएपछि इंग्लयाण्ड साविक विजेता फ्रान्ससँग २-१ ले पराजित हुँदै कतारमा जारी विश्वकपको क्वाटरफाइनलबाटै बाहिरिएको छ ।
मध्यराती भएको खेलमा इंग्लयाण्डले खेलको अन्त्त्यतिर पेनाल्टी पाएको थियो । तर कप्तान केनले प्रहार गरेको पेनाल्टी पोष्ट बाहिर गयो । अब बायत रंगशालमा त्यसअघि भने इंग्लयाण्डले पेनाल्टी पाउँदा केनले नै गोल गरेका थिए ।
खेलको १७औं मिनेटमा औरेलियन चुवामेनीले एन्६नी ग्रीजमनको पासमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । फ्रान्सले पहिलो हाफमा अग्रता कायम राख्यो । तर ५४औं मिनेटमा केनले पेनाल्टीमा गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । ७८औं मिनेटमा ओलिभर जिरुडले गोल गर्दै फ्रान्सलाई २-१ को अग्रता दिलाउँदै जित नजिक पुगे दोस्रो पटक पेनाल्टी पाउँदा खेलमा फर्कने अवसर पाएको थियो । केनको प्रहारले पोष्टको दिशा लिन सकेन । जसले गर्दा फ्रान्स भाग्यमानी बन्यो र लगातार विश्वकपको सेमिफाइनलमा पुग्यो । विश्वकपको उपाधि रक्षा गर्ने इतिहासकै तेस्रो टिम बन्ने अभियानमा रहेको फ्रान्सले अब मोरक्कोसँग सेमिफाइनल खेल्नेछ ।