११ श्रावण २०८१, शनिबार

Tag: रामचन्द्र पाैडेल

राष्ट्रपति रामचन्द्र पाैडेल भुकम्प प्रभावित क्षेत्रमा पुगे

राष्ट्रपति रामचन्द्र पाैडेल भुकम्प प्रभावित क्षेत्रमा पुगे

Breaking News, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
जाजरकोट ।राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित जिल्ला जाजरकोट आइपुगेका छन् । नेपाली सेनाको हेलिकप्टरमार्फत जाजरकोटकाे भेरि नगरपालिका वडा न - ३ थाप्लेचौरमा अवतरण गरेका हुन। यूरोप भ्रमण स्थगित गरेका राष्ट्रपति रामचन्द्र पाैडल आज भूकम्प प्रभावित जिल्ला जाजरकोट आएका हुन् । जाजरकोटको भूकम्प प्रभावित क्षेत्रको अवलोकनपछि उनी  रुकुम पश्चिम पनि जाने कार्यक्रम रहेको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ । यसअघि हिजो राष्ट्रपतिले भोलि (बुधबार) देखि तय भएको फ्रान्स, इटली र जर्मनीको भ्रमण स्थगित गरेका थिए । विनाशकारी भूकम्पजस्तो प्राकृतिक विपत्ति आइपरेका बेला मुलुक छाड्न उपयुक्त नहुने निष्कर्षसहित राष्ट्रपति पौडेलले भ्रमण स्थगित गरेका थिए ।...
गाैरा पर्वकाे अवसरमा राष्ट्रपति पाैडेलद्वारा शुभकामना ब्यक्त

गाैरा पर्वकाे अवसरमा राष्ट्रपति पाैडेलद्वारा शुभकामना ब्यक्त

Breaking News, पर्यटन, राष्ट्रिय, संस्कृति, समाचार
गौरा पर्वका अवसरमा आज शुभकामना दिँदै उनले हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीका दिनसम्म सुदूरपश्चिम क्षेत्रमा विशेष रुपमा मनाइने यस पर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक आस्था र आपसी सद्भावलाई प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताए । शक्ति र प्रकृतिका रुपमा शिव र पार्वतीको पूजा गरी पाँच प्रकारका अन्नबाट बनेको ‘बिरुँडा’ लाई अर्पण गरेपछि प्रसादका रुपमा ग्रहण गरेर यो पर्व मनाउने प्रचलन रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यस पर्वमा शिव र पार्वतीको आराधनासहित व्रत बस्ने तथा यसको फलस्वरूप शिव र पार्वती तथा इष्ट र कुल देवता प्रशन्न भई सुख शान्ति प्राप्त हुने जनविश्वास रहेको बताएका छन् । राष्ट्रपति पौडेलले गौरा पर्वले नेपाली मौलिक संस्कृतिको संरक्षणमा थप योगदान गर्दै सम्पूर्ण नेपालीमा आपसी समझदारी, दिगो शान्ति एवं भाइचाराको भावनाका साथै बृहत राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्...
राष्ट्रपतिकाे उपचार खर्च सरकारले ब्यहाेर्ने भयकाे छ

राष्ट्रपतिकाे उपचार खर्च सरकारले ब्यहाेर्ने भयकाे छ

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, समाचार, स्वास्थ
काठमाडौं ।राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ । १२ असारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलले भारतमा गराएको उपचारको खर्च बेहोर्ने निर्णय गरेको हो । राष्ट्रपति पौडेलले भारतमा उपचार गर्न जाँदा र आउँदा लागेको हवाई भाडा, अस्पतालको खर्च र सुरक्षाकर्मीहरुको दैनिक भ्रमणभत्ता लगायतमा ५५ लाख २ हजार २ सय ७९ रुपैयाँ बेहोर्ने निर्णय भएको छ। मन्त्रिपरिषद्ले गरेको निर्णय परराष्ट्र मन्त्रालयमा १५ गते प्राप्त भएको र त्यसअनुसार रकम निकासाका लागि अर्थ मन्त्रालयलाई अनुरोध गरिएको परराष्ट्रका लेखा शाखाका उपसचिव भेषप्रसाद भुर्तेलले लेखेको पत्रमा उल्लेख छ । यसअघि राष्ट्रपति आफैंले उपचार खर्च बेहोर्न चाहेको भनी उनको कार्यालयबाट सूचना सार्वजनिक भएको थियो । स्वदेशमै हुन सक्ने सामान्य उपचारका लागि विदेश गएको भनी आलोचित पाैडेलका तर्फबाट कार्यालयले वक...
गणतन्त्र नेपालका तेस्रो राष्टपतिमा : रामचन्द्र पाैडेल

गणतन्त्र नेपालका तेस्रो राष्टपतिमा : रामचन्द्र पाैडेल

Breaking News, चुनाव, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल गणतन्त्र नेपालीको तेस्रो  राष्ट्रपतिमा निर्वाचित भएका छन् । पौडेलले ३२ हजार ८०२ मतभार पाएर बिजयी भयका छन  । आफ्नै उम्मेदवार उठाएको नेकपा एमाले, तटस्थ बसेका राप्रपा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाहेक सबै दलले पौडेललाई मत दिएका छन् । सरकारको नेतृत्व गरेको माओवादी केन्द्रसहित ७ दलका नेताहरु पौडेलेको समर्थक ,प्रस्तावक बसेका थिए । अन्तिम समयमा प्रतिनिधिसभाको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि पौडेललाई नै मत दिएको छ । नेकपा एमालेका उपाध्यक्ष तथा राष्ट्र पतिका  उम्मेदवार सुवासचन्द्र नेम्वाङले भने आफ्नो दलको मात्र १५ हजार ५१८ मत मात्रै पाएर पराजित भयका छन ।प्रतिनिधि सभाको ४ मंसिरको चुनावपछि नयाँ सरकारको गृहकार्यमा लाग्दा एमालेले राप्रपा र रास्वपाका नेताहरुको साथ पाएको थियो। यस चुनावमा एमालेका महोत्तरी...