
कुमारी फाउन्डेसनले ३ करोडको स्वास्थ्य उपकरण नगर अस्पताललाई हस्तान्तरण गरेकाे छ
जाजरकोट :काठमाडौंको कुमारी फाउन्डेसनले छेडागाड नगरपालिकाको नगर अस्पताललाई तीन करोड बढीको स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रहेका फाउन्डेसनका अध्यक्ष राजीवबिक्रम शाहले पालिकाका अध्यक्ष रत्नबहादुर खड्कालाई उपकरणहरु हस्तान्तरण गरेका हुन् ।
रोटरी क्लब अफ काठमाडौं र रोटरी क्लब अफ मुम्बई कप परेडको सहयोगमा कुमारी फाउन्डेसनले पालिकालाई उपकरणहरु उपलब्ध गराएको हो । ‘दुर्गमका स्थानीयलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्याउने एउटा सानो सपना पूरा भएको मन्त्री शाहकाे भनाइ छ, मन्त्री शाह भन्छन्, ‘स्वास्थ्य चौकीमा आौषधी र अति आवश्यक उपकरण अभावले नागरिकले अकालमा ज्यान गुमाउनु परेको र दर्दनाक अवस्था देखेरै अस्पताल संचालन गर्ने सोच बनाएको हुँ ।’
मन्त्री शाहकै लगानीमा १५ शैयाकाे अस्पताल निर्माण भएको छ । फाउन्डेसनले डेन्टल, आँखा, गाइनो, बालरोग विभाग...