११ श्रावण २०८१, शनिबार

Tag: रवि लामिछाने

रवि लामिछानेका चालक शम्भु थापाकाे निधन

रवि लामिछानेका चालक शम्भु थापाकाे निधन

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार
ललितपुर ।तीन तलाको छतबाट खसेर गम्भीर घाइते भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक दिल बहादुर थापा शम्भुकाे  निधन भएको छ ।   सिन्धुपाल्चोक बाह्रबिसे घर भयका ३९ बर्षिय थापा ग्यालेक्सी टेलिभिजनका पुर्व सहकर्मी पनि थिय । उपनिर्वाचनको संघारमा गत बैशाख ४ गते चितवन भरतपुरस्थित सभापति लामिछानेको घरको छतबाट घसेर थापा गम्भीर घाइते भएका थिए । उनलाई कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा उपचार गराइए पनि थप उपचारका लागि बैशाख ५ गते सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो ।ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत उनको मंगलबार दिउसो  निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।...
चितवन २मा रवि लामिछाने प्रतिद्वन्दी भन्दा पाँच गुणा बढि मतान्तरले विजयी

चितवन २मा रवि लामिछाने प्रतिद्वन्दी भन्दा पाँच गुणा बढि मतान्तरले विजयी

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
चितवन ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन २ बाट प्रतिनिधिसभामा पुन: निर्वाचित भएका छन् । २०७९ मंसिर ४ मा चितवन २ बाट प्रतिनिधिसभामा निर्वाचित लामिछानेको नागरिकता प्रकरणमा सर्वोच्च अदालतको फैसलापछि सांसद पद गुमेसँगै यहाँ उपनिर्वाचन भएको हो। लामिछाने ‍‍‍५४ हजार २७६ मत ल्याएर विजयी हुँदा उनका निकटतम् प्रतिस्पर्धी कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले ११ हजार २५१ मत पाए । यस्तै एमालेका रामप्रसाद न्यौपाने तेस्रो स्थानमा रहे । उनले १० हजार ९३५ मत मात्रै पाए। गत मंसिर ४ को निर्वाचनमा प्रतिद्वन्द्वीभन्दा तेब्बर बढी मतले जितेका लामिछानेले यसपटक त्यो मतान्तरलाई पाँच गुणा बनाउन सफल भए। मंसिरमा उनले ४९ हजार ३ सय र निकटतम प्रतिस्पर्धीले १४ हजार ९८८ मत ल्याएका थिए। रविको जितपछि उनका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौ...
अब संसदमा काेहि पनि भ्रष्टाचार छिर्न नपाउने : रबि लामिछाने

अब संसदमा काेहि पनि भ्रष्टाचार छिर्न नपाउने : रबि लामिछाने

Breaking News, चुनाव, निर्वाचन, राजनीति, समाचार
८ मंसिर, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले ठूला दल सच्चिन र जनताका पक्षमा काम गर्न अन्तिम मौका आएको बताएका छन् । चितवन–२ बाट प्रतिनिधिसभामा निर्वाचित भएपछि भरतपुरको गेष्ट हाउस चौरमा आयोजित धन्यवाद सभामा सम्बोधन गरेका लामिछानेले जनताले अहिले पनि पुराना दलहरुलाई अन्तिम मौका दिएको बताए । ‘ठूला पार्टीलाई नेपाली जनताले अर्को एउटा मौका दिएका छन्, मौकाको दुरुपयोग नगर्नु होला, जनताको पक्षमा काम गर्नुहोला’, लामिछानेले भने, ‘अन्यथा अहिले मधुरो रुपमा बजेको घण्टी अर्को पाँच बर्षपछि देशभर चर्को रुपमा बज्ने छ, यो रोकिनेवाला छैन ।’ लामिछानेले जनताले दिएको शक्तिलाई जनताको हितमा काम गर्ने वाचा सबैले गर्नुपर्ने बताए । उनले जनताले दिएको शक्ति लिएर आफ्ना कार्यकर्ता र आपेपासे आफन्त पोस्ने काम मात्रै नगर्न आग्रह गरे । अब संसदमा कोही पनि भष्ट्राचारी छिर्न नपाउने भन्दै लामिछानेल...