नेकपा बहुमतद्वारा लघुवित्त , कम्पनीहरुमा तालाबन्दी र कालाे ब्यानर
नेपाल कम्युनिस्ट पार्टी (बहुमत)काे केन्द्रीय कार्यक्रम अनुसार विभिन्न जिल्लाहरूमा संचालनमा रहेका लघुबित्त , कम्पनी हरुलाई , कालाे ब्यानर , तालाबन्दी गरि कार्वाही अगाडि बढायकाे हाे ।
जिल्ला सङ्गठन समिति दोलखाले चरीकोटस्थित एनआईसी एसिया लघुवित्तमा तालाबन्दी गरेको छ ।चरीकोटस्थित भीमेश्वर नगरपालिका वडा नम्बर ७ मकैबारी ५ धारामा रहेको एनआईसी एसिया लघुवित्त कार्यालयका कर्मचारीलाई बाहिर निकाली तालाबन्दी गरिएको नेकपा (बहुमत) दोलखाले जनाएको छ ।
तेसै गरि काभ्रेपलाञ्चोकले सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय भकुन्डेबेसीमा तालाबन्दी गरेको छ । पार्टी जिल्ला संयोजक कृष्ण सेवा ‘किरण’ को नेतृत्वमा लघुवित्तमा बुधबार तालाबन्दी गरिएको नेकपा (बहुमत) काभ्रेले जनाएको छ ।
विगत लामो समयदेखि उक्त वित्तीय संस्थाले गरिब जनतामाथि अन्याय, अत्याचार, शोषण र गुन्डागर्दी शैलीमा जनताको सम्पत्ति हडप्ने...