११ श्रावण २०८१, शनिबार

Tag: बस दुर्घटना

पहिराेले दुईवटा यात्रुबाहक बस त्रिशूली लियाे, ६३ जना यात्रु बेपत्ता

पहिराेले दुईवटा यात्रुबाहक बस त्रिशूली लियाे, ६३ जना यात्रु बेपत्ता

Breaking News, पुर्वाधार, माैसम, यातायात, राष्ट्रिय, समाचार
काठमाडौं :नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाउँदा त्रिशूलीमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६३ जना रहेको अनुमान छ । घटनास्थलमा पुगेका चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् । उनका अनुसार काठमाडौँबाट गौर जान आउँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठामाडौँ जाँदै गरेको एन्जट बस त्रिशूलीमा खसेका हुन् । प्रारम्भिक जानकारीअनुसार गौर जान आउँदै गरेको बसमा ४१ जना र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए । उनले भने, “हामी घटनास्थलमा छौँ । पानी परिरहेकाले छ । उद्धारको काम थालिएको छ । पहिरो पन्छाउन सुरु गरिएको छ ।” उनले  यकिन विवरण भने आई नसकेको बताए ।...
बाग्लुङ बस दुर्घटनामा ज्यान गुमायका ९ जनाकाे नाम खुल्याे

बाग्लुङ बस दुर्घटनामा ज्यान गुमायका ९ जनाकाे नाम खुल्याे

Breaking News, यातायात, राष्ट्रिय, समाचार
काठमाडौं :बागलुङ बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या नौ पुगेको छ ।रुकुमबाट काठमाडौँतर्फ जादैं गरेको बागमती प्रदेश०१–००६ख३८७९ नम्बरको बस मङ्गलरबार बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो । दुर्घटनामा २८ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र अन्य २७ जनालाई बागलुङस्थित धवलागिरि अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो । दुर्घटनामा दाङका १८ वर्षीय लक्की पुनमगर, पश्चिमरुकुम मुसिकोट–१ का २७ वर्षीया बिनिता केसी, रुकुमपश्चिम मुसिकोट नगरपालिका–२ रातामाटाका सवारी धनी बबिददेल नेपाली, मुसिकोट नगरपालिका–४ सोलाबाङका ३५ वर्षीया टीका केसी, मुसिकोट नगरपालिका–३ साँखकी कल्पना केसी, रोल्पा घर भएका गाडी चालक सुवास गौतम भनिने मानस...
रुकुम बाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस बाग्लुङमा दुर्घटना

रुकुम बाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस बाग्लुङमा दुर्घटना

Breaking News, यातायात, राष्ट्रिय, समाचार
काठमाडौं :रुकुम पश्चिमको सानीभेरी गाउँपालिका १ चाईनाबगरबाट काठमाडौका लागि छुटेको यात्रुबाहक बस बाग्लुङ्गमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।सोमबार बिहान छुटेको बा ००६ ख ३८७९ नम्बरको कमलताल डिलक्स बस साँझ करिब ५:३० बजेतिर बागलुङको निसीखोला गाउँपालिका वडा नम्बर ६ को जाउले पानीमा दुर्घटनाग्रस्त भएको हाे। उक्त बसमा करिब ३२ जना यात्रुहरु रहेको र घाइते २५ जनाको नजिकै बुर्तिबाङ स्वास्थ्य चौकीमा प्राथमिक उपचार भई रहेको बागलुङका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी गराएका छन । रातको समय भएकोले हेलिकप्टरबाट उद्धार कार्य कठिन भएको रिजालले बताए । घाइतेहरुलाई थप उपचारका लागि पोखरा लगिदै छ । मृतकको संख्या बढन सक्ने बताइएको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।...
धादिङकाे गजुरीमा बस दुर्घटना ७ जनाकाे मृत्युु कयौं घाइते

धादिङकाे गजुरीमा बस दुर्घटना ७ जनाकाे मृत्युु कयौं घाइते

Breaking News, यातायात, राष्ट्रिय, समाचार
काठमाडौं :धादिङकाे गजुरीस्थित गलौदीमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु र ३३ जना भन्दा बढि घाइते भएका छन् । कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको लु २ख २१२१ नम्बरको बस त्रिशूलीमा खस्दा ८ जनाको मृत्यु भएको गजुरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन कुँवरले जानकारी दिए । हालसम्म बसमा ४० जना यात्रु फेला परेको र धेरैको सकुशल उद्धार गरिएको डीएसपी कुँवरले बताए । उद्धार कार्य जारी रहेको र थप विवरण आउन बाँकी रहेको उनले बताए । उद्धार गरिएकाहरूलाई कसैलाई काठमाडौं पठाएको र कतिपयलाई  नजिकैका स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको उनले बताए । दुर्घटनास्थलमा सशस्त्र प्रहरीको गोताखोर टोलीले उद्धारका गरिरहेको छ । पुरा विवरण आउन बाँकी रहेको डिएसपी कुँवरले जानकारी दिए ।बस चालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका –९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।बस पृथ्वीराजमार्गबाट करिब १०० ...
कपिलवस्तुकाे सुरहि पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु, ३० घाइते

कपिलवस्तुकाे सुरहि पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु, ३० घाइते

Breaking News, यातायात, राष्ट्रिय, समाचार
बुटवल :पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही पुल नजिकै यात्रुवहाक बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । बुधबार साँझ महेन्द्रनगरबाट काठमाडौंका लागि छुटेको सु प प्र ०२-००१ ख ००९८ नम्बरको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको र ३० जना घाइते भएका छन् । त्यसमध्ये ९ जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ । अरु घाइतेको चन्द्रौटामै उपचार भइरहेको छ । सुनौलो महाकाली यातायातको बस राति २ बजेतिर सडकबाट २०० मिटर तल खसेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन प्रदेश कार्यालय बुटवलले जनाएको छ । बसमा ४० जना यात्रु रहेकाे र मृत्यु हुनेमा ३ महिला र ७ पुरुष रहेकाे बुटवल प्रहरी कार्यलयले जनायकाे छ । घटनाको थप विवरण आउन बाँकी छ ।...
चितवनमा यात्रुबाहक बस दुर्घटना, २०जना घाइते

चितवनमा यात्रुबाहक बस दुर्घटना, २०जना घाइते

Breaking News, यातायात, समाचार
चितवन :चितवनमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख २००४ नं. बस गए राति सडक छेउमा रोकिराखेको प्र २०३–००१ ख ७३१२ नं को ट्रकसित ठोक्किएको हो ।घाइते सबै बसका यात्रु रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सुरेश सुवेदीले जानकारी दिए । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइतेको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । बसका चालक फरार रहेको र खोजीकार्य जारी रहेको प्रमुख सुवेदीले जानकारी दिए ।...
भालुबाङ बस दुर्घटनामा इच्छुक प्रतिष्ठानका अध्यक्ष डा.ताराकान्त पाण्डेको निधन

भालुबाङ बस दुर्घटनामा इच्छुक प्रतिष्ठानका अध्यक्ष डा.ताराकान्त पाण्डेको निधन

Breaking News, यातायात, राष्ट्रिय, समाचार
काठमाडौं : २०८० पौष २७ गते राति करीव १०:३० बजेतीर दाङको भालुबाङस्थित राप्ती नदीको पुलमा भएको बस दुर्घटनामापरि इच्छुक प्रतिष्ठानका अध्यक्ष प्रा.डा. ताराकान्त पाण्डेयको निधन भएको छ । प्रा.डा. ताराकान्त पाण्डेय एक जना ख्यातीप्राप्त माक्र्सवादी समालोचक, सौन्दर्यशास्त्री तथा चिन्तक हुनुहुन्थ्यो ।इच्छुक प्रतिष्ठानका अध्यक्ष प्राध्यापक डाक्टर ताराकान्त पाण्डेय क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सल्लाहकार समितिका सदस्य, अखिल नेपाल जनसाँस्कृतिक महासंघको केन्द्रीय सचिवालय सदस्य तथा नेपाल राष्ट्रिय प्रध्यापक संघको केन्द्रीय सदस्य हुनुहुन्थ्यो । केन्द्रीय पार्टी स्कुलिङ विभागका सदस्यसमेत रहनु भएका प्रा.डा. पाण्डे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले कैलालीमा आयोजना गरेको स्कुलिङ कार्यक्रममा प्रशिक्षकको रुपमा सहभागी भएर फर्किने क्रममा उहाँ सवार बस दुर्घटनामा परी दुर्घटनास्थलबाट नजिक...
दाङ राप्ती नदिको पुलमा बस दुर्घटना हुदा १२ जनाकाे मृत्युु १७ जना घाइते

दाङ राप्ती नदिको पुलमा बस दुर्घटना हुदा १२ जनाकाे मृत्युु १७ जना घाइते

Breaking News, यातायात, राष्ट्रिय, समाचार
दाङ :दाङ जिल्लाको देउखुरीको राप्ती गाउँपालिका-१ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ भने १७ जना घाइते भयका छन्। । बाँकेको नेपालगञ्जबाट काठमाडौं जादै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति १०:३० बजेतिर पुलबाट राप्ती नदीमा खसेको थियो । दुर्घटनामा एक महिला र ११ पुरुष गरी १२ जनाको मृत्यु भएको घटनास्थलमा रहेका राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिए । धेरैजसोको बसले च्यापिएर मृत्यु भएको छ । घाइतेहरुलाई उपचारका लागि बुटवल र नेपालगन्ज पठाइएको छ । इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहका अनुसार १२ वटै शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । मृत्यु हुने मध्येका  ८ जनाको सनाखत भएको छ।मृतक १२  जना मध्ये  दुई जना भारतीय नागरिक सहित ८ जनाको परिचाहन भएको  हो।मृत्यु हुनेमा नेपालगञ्जका ६० वर्षीया कुसम बस्नेत, मकवान...
जाजरकोटमा बस दुर्घटना, दुई जना घाईते

जाजरकोटमा बस दुर्घटना, दुई जना घाईते

Breaking News, यातायात, राष्ट्रिय, समाचार
जाजरकोट : जिल्लाको छेडागाड नगरपालिका-१०मा बस दुर्घटना भएको छ। बिहिवार बिहान कुशे गाउँपालिकादेखि छेडागाड थलह बजार जाँदै गरेको बस बाटुल्ले नजिकै जलजला भन्ने ठाउँको मोडमा बस दुर्घटना भएको वडाध्यक्ष जयनाथ योगीले जानकारी दिए । बस सडकबाट २५ मिटर तल खोल्सामा खसेको उनले बताय ।सडक साघुराे र कच्ची भएको कारण माेड्ने क्रममा दुर्घटना भयकाे बुझिएको छ । दुइजना सामान्य घाइते भएका छन् र मानवीय क्षति भने नभयकाे  वडा अध्यक्ष याेगिले जानकारी दिय। बिगतका बर्षहरुमा बाेलेराे जिप चल्दै आयकाे उक्त सडकमा गत असाेज देखि ठुला गाडिहरु संचालनमा आईरहेका छन ।...
बाँकेमा बस दुर्घटना ७ जनाकाे मृत्युु २५ जना घाइते

बाँकेमा बस दुर्घटना ७ जनाकाे मृत्युु २५ जना घाइते

Breaking News, यातायात, राष्ट्रिय, समाचार
नेपालगन्ज ।बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं. ९ बाट भ्रमणटोली लिएर गएको बस बाँकेमा दुर्घटनामा परेको छ । भ्रमण सकेर ठाकुरबाबातर्फ फर्किँदा बस दुर्घटना भएको हो । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत  बाँकेको सम्शेरगन्ज स्थित राष्ट्रिय निकुञ्जमा पर्ने नेपाली सेनाको चेक पोष्ट नजिकै दुर्घटना भएको थियो । दुर्घटनामा ४ जना पुरुष र ३ जना महिला गरी ७ जनाको मृत्यु भएको र २५ जना घाइते भएको प्रहरीले जनाएको छ । मृत्युको सनाखत भयकाे छ : दुर्घटनामा ज्यान गुमाउनेमा बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर–९ का ५० वर्षीय काशिराम थारू, सोही वडाकै ५५ वर्षीया कस्तुरी थापा, सोही ठाउँकै ५० वर्षीया रूपा परियार, ४० वर्षीया जयन्ती थारु, ६५ वर्षीया साधुराम थारू रहेका छन् । यसैगरी ठाकुरबाबा नगरपालिका–८ का बस चालक ४५ वर्षीय जुगबहादुर चन्द र नाम खुल्न बाँकी सहचालक ३५ वर्षीय युवकको ज्यान गएको बाँकेको इलाका प्र...