१० असार २०८३, बुधबार

Tag: बस दुर्घटना

काभ्रेमा बस दुर्घटना ८ जनाको मृत्यु

काभ्रेमा बस दुर्घटना ८ जनाको मृत्यु

Breaking News, पुर्वाधार, यातायात, राष्ट्रिय, समाचार
काठमाडौं: बुचाकोटमा भएको बस दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ८ पुगेको छ । बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोकतर्फ जाँदै गरेको बा.३ ख ८३९८ नम्बरको बस दुर्घटनामा ८ जनाको मृत्यु भएको हो ।दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ८ पुगेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टका अनुसार दुर्घटनामा परेर घाइते भएका १६ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। नमोबुद्ध नगरपालिका–२ मा दुर्घटनामा परेको उक्त बस बिपी राजमार्गबाट करिब २ सय मिटर तल खसेको छ। अरनिको यातायातको उक्त बसमा २५र३० जना सवार रहेको अनुमान गरिएको छ ।...
धादिङमा बस दुर्घटना १७ जनाकाे ज्यान गयाे, २४ जना घाइते

धादिङमा बस दुर्घटना १७ जनाकाे ज्यान गयाे, २४ जना घाइते

Breaking News, पुर्वाधार, यातायात, राष्ट्रिय, समाचार
धादिङ :पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौंदी नजिकै बस दुर्घटना हुँदा १७ जनाको ज्यान गएको छ भने २४ जना घाइते भयका छन । पोखराबाट काठमाण्डौका लागि छुटेको ग २ ख १४२१ नम्बरको बस गएराति साढे १ बजेतिर त्रिशूली नदी किनारमा खसेको हो । दुर्घटनामा ११ जना पुरुष र ६ जना महिलाको घटनास्थमै ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ज्यान गुमाउनेमध्ये १ महिला र १ पुरुष विदेशी नागरिक रहेका छन् । ज्यान गुमाउनेहरुको सनाखत हुन बाँकी छ ।  घाइतेको उद्धार गरी अस्पताल पठाइएको छ । दुर्घटनास्थलबाट सबै घाइतेहरुको उद्धार गरेको प्रहरीको भनाइ छ । केही घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने धेरैजसोलाई काठमाण्डौ पठाइएको छ ।...
रामेछाप बस दुर्घटनामा १२ जनाकाे मृत्यु ८ जना घाइते

रामेछाप बस दुर्घटनामा १२ जनाकाे मृत्यु ८ जना घाइते

Breaking News
काठमाडौं : रामेछाप बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भयका छन । साे घटनामा १० जना मृतकको सनाखत भयकाे छ भने दुईजनाको सनाखत हुन बाकी छ । मृतकहरू: रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ का ३८ वर्षीय भीमबहादुर तामाङ, सोही वडाकी ३५ वर्षीया सानुमाया तामाङ, २६ वर्षीया रमिता तामाङ र ३१ वर्षीया तारा तामाङ, लिखु तामाकोशी–४ की २२ वर्षीया बबी तामाङ र २६ वर्षीय दीपेन्द्र बस्नेत, लिखु तामाकोशी–६ का दीपेश बस्नेत र  लिखु–६ की ४५ वर्षीया मानकुमारी बरुवाल, सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ का ३४ वर्षीय शिव श्रेष्ठ र दोलखाको भीमेश्वर नगरपालिका–८ का ६० वर्षीय मानबहादुर तामाङ रहेका मन्थली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा केशवसिंह धामीले जानकारी दिए। मृतक दुई जनको सनाखत हुन बाँकी रहेकाे डाक्टर धामीले बताउनु भयाे । काठमाडौंबाट ओखलढुङ्गा जाँदै गरेको अरनिको यातायातको प्रदेश ०३–०१–००५ ...
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशी नदीमा खस्यो ५ जनाकाे मृत्युु

काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशी नदीमा खस्यो ५ जनाकाे मृत्युु

Breaking News, पुर्वाधार, यातायात, राष्ट्रिय, समाचार
काठमाडौं :काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली जाँदै गरेको बस तामाकोशी नदीमा खसेको छ ।रामेछापका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाका अनुसार रामेछापको मचानेटार भन्ने ठाउँबाट तामाकोशी नदीमा यात्रबाहक बस खसेको हो । दुर्घटनामा परेर ५ जनाको घटनास्थलमा मृत्यु भएको उद्धारमा संलग्न स्थानीयले बताएका छन् । प्रहरीले ६ जनालाई उद्धार गरेर अस्पताल पठाएको छ । प्रदेश ३-०१-००५ख९९७५ नम्बरको बस दुर्घटनामा परेको खुलेको रामेछापका डीएसपी भोला भट्टले जानकारी दिए ।बसमा सवार ६ यात्रु भने घाइते अवस्थामा फेला परेकाले उद्धार गरेर उपचारका लागि पठाइएको छ । थप विवरण आउन बाँकी रहेको र बसमा कतिजना यात्रुहरु थिय भन्ने एकिन नभयकाे प्रहरीले जनाएको छ ।...
सुदुरपश्चिमकाे बैतडीमा जन्ती बोकेको बस दुर्घटना,८ जनाकाे मृत्यु

सुदुरपश्चिमकाे बैतडीमा जन्ती बोकेको बस दुर्घटना,८ जनाकाे मृत्यु

Breaking News, यातायात, राष्ट्रिय, समाचार
काठमाडौं : सुदुरपश्चिमकाे बैतडीमा जन्ती बोकेको बस दुर्घटना ८ जनाकाे मृत्यु ।पुर्चाैडी नगरपालिका –७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा बस दुर्घटनामा परेको हो । सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी दिपक कुमार रायले जानकारी दिए । ६ जनाको घटनास्थलमै र अन्य दुई जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको डीएसपी रायले बताए । मृतक ८ मध्ये चार जनाको पहिचान खुलेको उनले बताए। बझाङको बित्तडचिर गाउँपालिका – ७ का ४० वर्षीय केशवराज जोशी, सोही ठाउँका १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय वसन्त जोशी र केदारस्यूँ गाउँपालिकका ६० वर्षीय मोहनदेव भट्टको सनाखत भएको डिएसपी रायले बताए। ‘मृतक अरू दुई जना पुरूषको भने सनाखत भइसकेको छैन,’ उनले भने। ४५ जना घाइतेको उद्धार गरी उपचारका लागि पुर्चौडी पाटेल स्वा...
काठमाडौंबाट रुकुम राडि गईरहेकाे यात्रुबाहक बस दुर्घटना, ८ जना घाइते

काठमाडौंबाट रुकुम राडि गईरहेकाे यात्रुबाहक बस दुर्घटना, ८ जना घाइते

Breaking News, यातायात, राष्ट्रिय, समाचार
जाजरकोट :रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर ११ रिठा नजिकै बस दुर्घटना भएको छ ।   काठमाडौंबाट रुकुमको राडी गइरहेकाे प्रदेश ३-०१-००५ ख ९९६६ नम्बरकाे बस शनिबार दिउसो  रिठा नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परी ८ जना घाइते भएको आठविसकोट नगर प्रमुख रवि केसीले जानकारी दिनुभयो । बस सडकबाट करिब १०० मिटर तल बिजुलीकाे पाेलमा अड्किएकाे उहाँले बताउनुभयाे । उहाँका अनुसार बिजुलीकाे पाेलले बसलाई भेरी नदीमा खस्नबाट जाेगाएकाे छ । उहाँका अनुसार घाइतेलाई उद्धार गरी उपचारको लागि नगर अस्पताल राडी लगिएको छ । बसमा ८ जना यात्रु मात्र रहेकाे बुझिएकाे छ । एक जना पाेखराबाट आएका यात्रु र अरू बाँकी सबै मुसिकाेट लगायतका ठाउँबाट गएका लाेकल यात्रु रहेकाे बुझिएकाे नगर प्रमुख केसीकाे भनाई छ । थप विवरण आउन बाँकी रहेको छ ।...
पहिराेले दुईवटा यात्रुबाहक बस त्रिशूली लियाे, ६३ जना यात्रु बेपत्ता

पहिराेले दुईवटा यात्रुबाहक बस त्रिशूली लियाे, ६३ जना यात्रु बेपत्ता

Breaking News, पुर्वाधार, माैसम, यातायात, राष्ट्रिय, समाचार
काठमाडौं :नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाउँदा त्रिशूलीमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६३ जना रहेको अनुमान छ । घटनास्थलमा पुगेका चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् । उनका अनुसार काठमाडौँबाट गौर जान आउँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठामाडौँ जाँदै गरेको एन्जट बस त्रिशूलीमा खसेका हुन् । प्रारम्भिक जानकारीअनुसार गौर जान आउँदै गरेको बसमा ४१ जना र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए । उनले भने, “हामी घटनास्थलमा छौँ । पानी परिरहेकाले छ । उद्धारको काम थालिएको छ । पहिरो पन्छाउन सुरु गरिएको छ ।” उनले  यकिन विवरण भने आई नसकेको बताए ।...
बाग्लुङ बस दुर्घटनामा ज्यान गुमायका ९ जनाकाे नाम खुल्याे

बाग्लुङ बस दुर्घटनामा ज्यान गुमायका ९ जनाकाे नाम खुल्याे

Breaking News, यातायात, राष्ट्रिय, समाचार
काठमाडौं :बागलुङ बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या नौ पुगेको छ ।रुकुमबाट काठमाडौँतर्फ जादैं गरेको बागमती प्रदेश०१–००६ख३८७९ नम्बरको बस मङ्गलरबार बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो । दुर्घटनामा २८ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र अन्य २७ जनालाई बागलुङस्थित धवलागिरि अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो । दुर्घटनामा दाङका १८ वर्षीय लक्की पुनमगर, पश्चिमरुकुम मुसिकोट–१ का २७ वर्षीया बिनिता केसी, रुकुमपश्चिम मुसिकोट नगरपालिका–२ रातामाटाका सवारी धनी बबिददेल नेपाली, मुसिकोट नगरपालिका–४ सोलाबाङका ३५ वर्षीया टीका केसी, मुसिकोट नगरपालिका–३ साँखकी कल्पना केसी, रोल्पा घर भएका गाडी चालक सुवास गौतम भनिने मानस...
रुकुम बाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस बाग्लुङमा दुर्घटना

रुकुम बाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस बाग्लुङमा दुर्घटना

Breaking News, यातायात, राष्ट्रिय, समाचार
काठमाडौं :रुकुम पश्चिमको सानीभेरी गाउँपालिका १ चाईनाबगरबाट काठमाडौका लागि छुटेको यात्रुबाहक बस बाग्लुङ्गमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।सोमबार बिहान छुटेको बा ००६ ख ३८७९ नम्बरको कमलताल डिलक्स बस साँझ करिब ५:३० बजेतिर बागलुङको निसीखोला गाउँपालिका वडा नम्बर ६ को जाउले पानीमा दुर्घटनाग्रस्त भएको हाे। उक्त बसमा करिब ३२ जना यात्रुहरु रहेको र घाइते २५ जनाको नजिकै बुर्तिबाङ स्वास्थ्य चौकीमा प्राथमिक उपचार भई रहेको बागलुङका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी गराएका छन । रातको समय भएकोले हेलिकप्टरबाट उद्धार कार्य कठिन भएको रिजालले बताए । घाइतेहरुलाई थप उपचारका लागि पोखरा लगिदै छ । मृतकको संख्या बढन सक्ने बताइएको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।...
धादिङकाे गजुरीमा बस दुर्घटना ७ जनाकाे मृत्युु कयौं घाइते

धादिङकाे गजुरीमा बस दुर्घटना ७ जनाकाे मृत्युु कयौं घाइते

Breaking News, यातायात, राष्ट्रिय, समाचार
काठमाडौं :धादिङकाे गजुरीस्थित गलौदीमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु र ३३ जना भन्दा बढि घाइते भएका छन् । कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको लु २ख २१२१ नम्बरको बस त्रिशूलीमा खस्दा ८ जनाको मृत्यु भएको गजुरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन कुँवरले जानकारी दिए । हालसम्म बसमा ४० जना यात्रु फेला परेको र धेरैको सकुशल उद्धार गरिएको डीएसपी कुँवरले बताए । उद्धार कार्य जारी रहेको र थप विवरण आउन बाँकी रहेको उनले बताए । उद्धार गरिएकाहरूलाई कसैलाई काठमाडौं पठाएको र कतिपयलाई  नजिकैका स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको उनले बताए । दुर्घटनास्थलमा सशस्त्र प्रहरीको गोताखोर टोलीले उद्धारका गरिरहेको छ । पुरा विवरण आउन बाँकी रहेको डिएसपी कुँवरले जानकारी दिए ।बस चालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका –९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।बस पृथ्वीराजमार्गबाट करिब १०० ...