११ श्रावण २०८१, शनिबार

Tag: पम्फा भुसाल

माओवादी केन्द्र कि उपाध्यक्ष पम्फा भुसालकाे टिम ६ दिने भारत भ्रमण सकेर स्वदेश फिर्ता

माओवादी केन्द्र कि उपाध्यक्ष पम्फा भुसालकाे टिम ६ दिने भारत भ्रमण सकेर स्वदेश फिर्ता

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।नेकपा (माओवादी केन्द्र)की उपाध्यक्ष पम्फा भुसाल छ दिने भारत भ्रमणपछि स्वदेश फर्किएकी छिन् । भुसालसँगै उनको नेतृत्वको पाँच सदस्य टोली शुक्रबार राति स्वदेश फर्किएको हो । भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा यही साउन ७ गते भुसाल नेतृत्वमा माओवादी केन्द्रका सचिव चक्रपाणि खनाल, स्थायी समिति सदस्य सत्य पहाडी, केन्द्रीय सदस्य रामेश्वर यादव र सुरेशकुमार राईको टोली भारत गएको थियो । उपाध्यक्ष भुसालले भाजपा अध्यक्ष जगतप्रकाश नड्डासँग पार्टी मुख्यालयमा भेटवार्ता गरेकि थिइन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड"ले यसअघिको भारत भ्रमणमा भएका सहमति कार्यान्वयनका लागि पहल गर्न भाजपा अध्यक्ष नड्डासँग आग्रह गरेकी छिन्। अध्यक्ष नड्डासँगको भेटवार्ता फलदायी र ऐतिहासिक भएको उपाध्यक्ष भुसालले जानकारी दिइन् ।...
प्रत्यक्ष चुनाव लड्ने यो नै अन्तिम पटक हो : पम्फा भुसाल

प्रत्यक्ष चुनाव लड्ने यो नै अन्तिम पटक हो : पम्फा भुसाल

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, विगन्यूज, शिक्षा, समाचार, सुचना संचार
१२ कात्तिक, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं नेकपा माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसालले आफूले प्रत्यक्षतर्फ चुनाव लड्ने यो अन्तिम पटक भएको बताएकी छन् । ललितपुर क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यको उम्मेदवार भुसालले अर्को निर्वाचनमा भने आफू प्रत्यक्षतर्फको उम्मेदवार नबन्ने घोषणा गरेकी हुन् । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले आउँदो निर्वाचनमा आफू ६५ वर्ष पुग्ने भन्दै उमेरकै कारणले निर्वाचन लड्ने अवस्था नहुने बताएकी हुन् । १६ वर्ष हुँदा म ललितपुर आएको हुँ । ४४ वर्ष भयो यहाँ बसेको । म गत साउन ४ गतेबाट ६० वर्ष पुगेँ । अब अर्को संसद आउने बेलासम्म म ६५ वर्ष पुग्छु । अरु कुनै कारणले होइन, म चाहिँ अब उमेरको अवस्थाले प्रत्यक्ष निर्वाचन लड्न घरघर जान अनि टोलटोल पुग, गल्लीगल्ली पुग, सबै ठाउँ पुग, अब मसँग त्यो इच्छा छैन’ उनले भनिन् । भुसालले अब युवाले अवसर पा...