११ श्रावण २०८१, शनिबार

Tag: नेपाल उद्योग वाणिज्य महासंघ

नेपाल उद्योग महासंघको अध्यक्षमा ढकाल र उपाध्यक्षमा श्रेष्ठ र वैद्य निर्वाचित

नेपाल उद्योग महासंघको अध्यक्षमा ढकाल र उपाध्यक्षमा श्रेष्ठ र वैद्य निर्वाचित

Breaking News, अर्थवाणिज्य, चुनाव, निर्वाचन, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नयाँ नेतृत्व पाएको छ । अध्यक्षमा चन्द्रप्रसाद ढकाल र वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित भएका छन् । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्ने प्रावधानका कारण ढकाल अध्यक्ष भएका हुन् । नयाँ नेतृत्वले सपथग्रहण गरिसकेको छ । पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मतभार नकटाएपछि अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच पुनः चुनाव हुने तयारी हुँदै थियो । तर, दुई उम्मेदवारलाई राखेर अध्यक्ष, पूर्व अध्यक्षहरूले छलफल गरी सर्वसम्मत नेतृत्व चयन गरेका हुन् । उमेशलालकै समर्थनमा अञ्जन श्रेष्ठ वरिष्ठ उपाध्यक्षमा निर्वाचत भएका हुन् । अञ्जन तीन वर्षपछि महासंघको अध्यक्ष बन्ने छन् । महासंघको विधानअनुसार ५० प्रतिशत मतभार कटाउन नसकेपछि रामचन्द्र संघई मैदानबाट बाहिरिएका थिए । सबै मतभारलाई १०० प्रतिशत मानेर ५० प्रतिशत बढी मत प्राप्त गर्ने वरिष्ठ उपाध्यक्षमा ...
महासंघको वस्तुगत उपाध्यक्षमा ढकाल र जिल्ला नगरमा वैद्य विजयी

महासंघको वस्तुगत उपाध्यक्षमा ढकाल र जिल्ला नगरमा वैद्य विजयी

Breaking News, अर्थवाणिज्य, चुनाव, निर्वाचन, पुर्वाधार, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।नेपाल उद्योग वाणिज्य महासंघको बस्तुगत उपाध्यक्षमा हेमराज ढकाल र जिल्ला नगरमा सुरकृष्ण वैद्य  विजयी भएका छन् । वैद्य रामचन्द्र संघाइ पक्षका र ढकाल उमेशलाल श्रेष्ठ समूहका हुन् । वस्तुगत उपाध्यक्षमा विजयी ढकाल ६१ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी मनिषलाल प्रधानले ५२ र शकुन्तलाल हिराचनले सात मत पाएका छन । त्यसैगरी वैद्य  ४३ मत पाउँदै विजयी भए । अन्य प्रत्यासी अरुणराज सुमार्गीले ३७ र दिनेश श्रेष्ठले ३४ मत पाएकाे नि । वरिष्ठ उपाध्यक्ष पदको मतगणना जारी छ । वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, रामचन्द्र संघाइ र अञ्जन श्रेष्ठ प्यानलसहित प्रतिस्पर्धामा छन् । महासंघको ५७ औं वाषिर्क साधारण सभाको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत मंगलबार उदघाटन गरेका थिए । नयाँ नेतृत्व चयनका लागि बुधबार मतदान भएको थियो ।...