३० जेष्ठ २०८३, शनिबार

Tag: नेपाल उद्योग वाणिज्य महासंघ

काठमाडौं उद्योग वाणिज्य संघकी सचिव सुष्मा महरा अब महासंघको नेतृत्वका लागि मैदानमा

काठमाडौं उद्योग वाणिज्य संघकी सचिव सुष्मा महरा अब महासंघको नेतृत्वका लागि मैदानमा

Breaking News
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आसन्न निर्वाचनका लागि जिल्लातर्फबाट वरिष्ठ सौन्दर्यविद् सुष्मा महराले कार्यकारिणी सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छिन् । लामो समयदेखि सौन्दर्य तथा सेवा क्षेत्रमा सक्रिय महराले ‘फेसियल हाउस’ ब्रान्डमार्फत देशभर युनिसेक्स ब्युटी सलुन विस्तार गर्दै करिब ३०० भन्दा बढी महिलालाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएकी छिन् । उनको नेतृत्वमा विकसित उक्त नेटवर्कले महिला उद्यमशीलता प्रवर्द्धनमा उल्लेखनीय योगदान दिएको मानिन्छ । सौन्दर्य व्यवसायसँगै उनले विभिन्न उद्योग–व्यवसायमा समेत लगानी विस्तार गर्दै बहुआयामिक उद्यमीको रूपमा आफूलाई स्थापित गरिसकेकी छिन् । नेपाल उद्योग वाणिज्य संघ, काठमाडौं (एनसीआईसीके) को कोषाध्यक्षको जिम्मेवारी सफलतापूर्वक पूरा गरेकी महरा हाल सचिवको महत्वपूर्ण भूमिकामा क्रियाशील छिन् । यससँगै विभिन्न पेसागत तथा सामाजिक ...
नेपाल उद्योग महासंघको अध्यक्षमा ढकाल र उपाध्यक्षमा श्रेष्ठ र वैद्य निर्वाचित

नेपाल उद्योग महासंघको अध्यक्षमा ढकाल र उपाध्यक्षमा श्रेष्ठ र वैद्य निर्वाचित

Breaking News, अर्थवाणिज्य, चुनाव, निर्वाचन, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नयाँ नेतृत्व पाएको छ । अध्यक्षमा चन्द्रप्रसाद ढकाल र वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित भएका छन् । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्ने प्रावधानका कारण ढकाल अध्यक्ष भएका हुन् । नयाँ नेतृत्वले सपथग्रहण गरिसकेको छ । पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मतभार नकटाएपछि अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच पुनः चुनाव हुने तयारी हुँदै थियो । तर, दुई उम्मेदवारलाई राखेर अध्यक्ष, पूर्व अध्यक्षहरूले छलफल गरी सर्वसम्मत नेतृत्व चयन गरेका हुन् । उमेशलालकै समर्थनमा अञ्जन श्रेष्ठ वरिष्ठ उपाध्यक्षमा निर्वाचत भएका हुन् । अञ्जन तीन वर्षपछि महासंघको अध्यक्ष बन्ने छन् । महासंघको विधानअनुसार ५० प्रतिशत मतभार कटाउन नसकेपछि रामचन्द्र संघई मैदानबाट बाहिरिएका थिए । सबै मतभारलाई १०० प्रतिशत मानेर ५० प्रतिशत बढी मत प्राप्त गर्ने वरिष्ठ उपाध्यक्षमा ...
महासंघको वस्तुगत उपाध्यक्षमा ढकाल र जिल्ला नगरमा वैद्य विजयी

महासंघको वस्तुगत उपाध्यक्षमा ढकाल र जिल्ला नगरमा वैद्य विजयी

Breaking News, अर्थवाणिज्य, चुनाव, निर्वाचन, पुर्वाधार, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।नेपाल उद्योग वाणिज्य महासंघको बस्तुगत उपाध्यक्षमा हेमराज ढकाल र जिल्ला नगरमा सुरकृष्ण वैद्य  विजयी भएका छन् । वैद्य रामचन्द्र संघाइ पक्षका र ढकाल उमेशलाल श्रेष्ठ समूहका हुन् । वस्तुगत उपाध्यक्षमा विजयी ढकाल ६१ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी मनिषलाल प्रधानले ५२ र शकुन्तलाल हिराचनले सात मत पाएका छन । त्यसैगरी वैद्य  ४३ मत पाउँदै विजयी भए । अन्य प्रत्यासी अरुणराज सुमार्गीले ३७ र दिनेश श्रेष्ठले ३४ मत पाएकाे नि । वरिष्ठ उपाध्यक्ष पदको मतगणना जारी छ । वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, रामचन्द्र संघाइ र अञ्जन श्रेष्ठ प्यानलसहित प्रतिस्पर्धामा छन् । महासंघको ५७ औं वाषिर्क साधारण सभाको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत मंगलबार उदघाटन गरेका थिए । नयाँ नेतृत्व चयनका लागि बुधबार मतदान भएको थियो ।...