११ श्रावण २०८१, शनिबार

Tag: नेकपा क्रान्तिकारी माओवादी

दुई क्रान्तिकारी कम्युनिस्ट पार्टी बिच एकताकाे तयारी पूरा

दुई क्रान्तिकारी कम्युनिस्ट पार्टी बिच एकताकाे तयारी पूरा

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं । नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) बीच वैशाख १८ गते मेई दिवसका दिन घोषणा हुने एकता कार्यक्रमका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेकपा (बहुमत) को केन्द्रीय कार्यालयले दिएको जानकारीअनुसार मजदुर दिवसका दिन  जनसहभागिताबीच खुला मञ्चमा ऐतिहासिक घोषणा सभा हुनेछ । घोषणासभामा यसअघि दुई पार्टीका रूपमा रहेका शीर्ष नेताहरूले पार्टीको नयाँ नामसहित नयाँ नेतृत्व र कार्यक्रम सार्वजनिक गर्दै एकताको घोषणा गर्नेछन् । पार्टी एकता घोषणासभामा शीर्ष नेतृत्वले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ । प्राप्त जानकारीअनुसार दुवै पार्टीका शीर्ष नेतृत्व र एकता संयोजन समितिका बैठकहरू बसेर दर्शन, विचार, राजनीति, कार्यक्रम, योजना र सङ्गठनका विषयमा भएका छलफलहरू करिब टुङ्गि सकेका छन् । १७ गतेसम्म दुवै पार्टीका एकल र संयुक्त बैठक÷अधिवेशनहरू बसेर १८ गते पार्टी एकता घोषणाका लागि प्रस्तावहरू तयार पार...
तीन कम्युनिस्ट पार्टीले मनाए १५४ओैँ लेनिन जयन्ती र ७५ ओैँ कम्युनिस्ट पार्टी दिवश

तीन कम्युनिस्ट पार्टीले मनाए १५४ओैँ लेनिन जयन्ती र ७५ ओैँ कम्युनिस्ट पार्टी दिवश

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं । नेकपा क्रान्तिकारी( माओवादी), नेकपा (बहुमत) र नेकपा (मशाल)ले संयुक्त रुपमा हिजे शनिबार नेपाल कम्युनिस्ट पार्टीको ७५ औं स्थापना दिवस तथा विश्व सर्वहारावर्गका महान नेता लेनिनको १५४ औं जन्मजयन्ती मनाएका हुन  । काठमाडौंको घट्टेकुलोस्थित इच्छुक सांस्कृतिक प्रतिष्ठानको सभाहलमा भएको कार्यक्रममा तीनवटै पार्टीका नेताहरुले क्रान्तिकारी कम्युनिस्टहरुबीच पार्टी एकता र क्रान्तिको अपरिहार्यताका बारेमा विशेष चर्चा गरे । कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल (गौरव), नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बाँस्तोला (कञ्चन) र नेकपा (मशाल)का नेता चिन्तामणि पौडेलले क्रान्तिका लागि छरिएर रहेका क्रान्तिकारीहरुका बीच सुदृढ एकताको आवश्यकतामाथि जोड दियका थिए । विश्व कम्युनिस्ट आन्दोलनमा लेनिनले गरेको योगदानको चर्चा...
नेकपा बहुमत र नेकपा क्रान्तिकारी माओवादीले पार्टी एकताका लागि गरे पत्रकार सम्मेलन

नेकपा बहुमत र नेकपा क्रान्तिकारी माओवादीले पार्टी एकताका लागि गरे पत्रकार सम्मेलन

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार, सुचना संचार
काठमाडौं । माओवादी घटकका दुई कम्युनिस्ट पार्टी नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत)ले शुक्रबार काठमाडौंकाे अनामनगरमा रहेकाे कृष्ण सेन इच्छुक प्रतिष्ठानको सभा हलमा संयुक्त रूपमा पत्रकार सम्मेलन गरि दुई पार्टीका बीचमा एकता गर्ने निर्णय गरेका छन । पत्रकार सम्मेलनमा नेकपा (मशाल) सँग पनि एकताको लागि वार्ता जारी रहेको र निकट भविष्यमा यस मशालसँग पनि एकता हुने बताइएको छ । पार्टी एकताको आधारहरू मार्क्सवाद–लेनिनवाद–माओवादको मार्ग निर्देशक सिद्धान्त, नयाँ जनवादी क्रान्तिको आम कार्यक्रम र वैज्ञानिक समाजवादको आधारभूत कार्यक्रम रहेको जनाइएको छ । त्यस्तै क्रान्तिमा बल प्रयोगको अनिवार्य भूमिका, जनवादी केन्द्रीयताको सङ्गठन सञ्चालन पद्धति, वर्तमान राज्यसत्ता तथा संसदीय व्यवस्थाको अन्त्य लगायत पार्टी एकताका आधारहरू रहेको नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले बताए । उनले, ‘आजको ...
नेकपा बहुमत र नेकपा क्रान्तिकारी माओवादी पार्टीले आगामी चैत २४ मा पार्टी एकता गर्ने

नेकपा बहुमत र नेकपा क्रान्तिकारी माओवादी पार्टीले आगामी चैत २४ मा पार्टी एकता गर्ने

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौं । धर्मेन्द्र बास्तोला कन्चन नेतृत्वको  नेकपा (बहुमत)र माेहन वैद्य किरण नेतृत्वको  नेकपा क्रान्तिकारी माओवादीले पार्टीले पार्टी  एकता गर्ने निर्णय गरेका छन् ।  महासचिव मोहन वैद्य ‘किरण’ र संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’सहितको वार्ता टोलीकाे अन्तिम बैठकले यहि चैत्र २४ गते जनआन्दोलन दिवशका दिन  सहिद इच्छुक प्रतिष्ठानकाे कार्यालयमा एक भब्य पत्रकार सम्मेलन गरि पार्टी एकता गर्ने निर्णय गरेकाे बहुमतका युवा  नेता पुर्ण बहादुर सिंह समरजंग ले जानकारी दिए । दुई पार्टीको संयुक्त बैठकले एकता प्रकृयालाई अघि बढाउन दुई पार्टीका ६/६ जना गरी १२ सदस्यीय संयोजन समिति गठन गरेको थियोे । सहमतिपछि जारी संयुक्त वक्तव्यमा किरण र कन्चनले एकता प्रक्रियामा  सामेल हुन पार्टी संगठन र नेता-कार्यकर्तालाई आह्वानसमेत गरेका थिए । लामाे छलफल पश्चात पार्टी  एकतामा पुगेकाे नेताहरुकाे भनाइ छ । समितिमा  धर्मे...
क्रान्तिका बाकी कार्यभार पूरा गर्न क्रान्तिकारी कम्युनिस्टहरुकाे एकता गर्नेछौं  : माेहन वैद्य

क्रान्तिका बाकी कार्यभार पूरा गर्न क्रान्तिकारी कम्युनिस्टहरुकाे एकता गर्नेछौं : माेहन वैद्य

राजनीति, राष्ट्रिय, विचार, समाचार
प्र.१) जनयुद्धको २८ औँ वार्षिकोत्सवका सन्दर्भमा तपाईं जनयुद्धलाई कसरी सम्झनुहुन्छ ? उत्तर:  २०५२ साल फागुन १ गते नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का तर्फबाट महान् जनयुद्धको उद्घोष गरिएको थियो । त्यो नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा ठूलो क्रमभङ् थियो । त्यसले पुरानो दलाल पुँजीवादी र नोकरशाही सामन्तवादी राज्यसत्ताका विरुद्ध नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्नको निम्ति महान् उद्घोष गरेको थियो । त्यो एउटा नेपाली सर्वहारा वर्ग, उत्पीडित जनसमुदायको ऐतिहासिक विद्रोह थियो । त्यसले नेपाली जनताको मुक्तिको सपना, साम्यवादसम्म पुग्ने आदर्श निर्माण गरेर अगाडि बढेको थियो । प्र.२) तपाइ जनयुद्ध पहलकर्तामध्येको एक मुख्य हुनुहुन्छ । जनयुद्धको तयारी गर्नुभन्दा अगाडिका चार तयारी (वैचारिक–राजनीतिक, साङ्गठनिक, प्राविधिक, सैन्यलगायत तयारी) लाई अहिले कसरी लिनुह...
चार दलीय सभा कार्तिक २३ मा काठमाडौंमा हुने

चार दलीय सभा कार्तिक २३ मा काठमाडौंमा हुने

Breaking News, चुनाव, राजनीति, राष्ट्रिय, समाचार
 २१ कार्तिक  काठमाडौँ : नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा मशाल र माओवादी कम्युनिस्ट पार्टी नेपालले यही कात्तिक २३ गते बुधबार काठमाडौँमा आयोजना गर्ने चुनाव अवज्ञा/बहिष्कार सभा विशेष हुने भएको छ । चार दलले यसअघि असोज २३ गते– चितवन, असोज २५ गते– सर्लाही, असोज ३१ गते– विराटनगर, कात्तिक २ गते– पोखरा, कात्तिक ४ गते– बुटवल, कात्तिक १७ गते– सुर्खेत र कात्तिक १९ गते– धनगढीमा भव्यतापूर्वक चुनाव अवज्ञा/बहिष्कार सभा र प्रदर्शन गरिसकेका छन् । देशव्यापी आयोजित चुनाव अवज्ञा/बहिष्कार सभाका साथै पर्चा, पम्प्लेटिङ र पोस्टरिङमा संसदीय व्यवस्थाविरोधी, वैज्ञानिक समाजवाद पक्षधर क्रान्तिकारी जनमत अभिव्यक्त भएपछि उत्साहित बनेका वैज्ञानिक समाजवाद पक्षधर चार दलले बुधबारको अवज्ञा/बहिष्कार सभा विशेष महत्वको हुने निष्कर्ष निकालेका छन् । देशव्यापी संसदीय चुनाव अवज्ञा/बहिष्कार सभा आयोजना गर्ने निर्णय...
गिरफ्तारी परेका कार्यकर्तालाई रिहा गर्न वैद्य माओवादीको माग

गिरफ्तारी परेका कार्यकर्तालाई रिहा गर्न वैद्य माओवादीको माग

Breaking News, राजनीति, राष्ट्रिय, समाचार, सुचना संचार
 काठमाडौँ-  चुनाव वहिस्कार अभियान खटिएका कार्यकर्तालाई गिरफ्तार गरेको भन्दै मोहन वैद्य निकट नेकपा (क्रान्तिकारी माओवादी)ले आपत्ति जनाएको छ। आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको वहिस्कारको माग गर्दै पर्चासहित खटिएका कार्यकर्तालाई पक्राउ गरेको भन्दै तत्काल रिहा गर्न माग गरेको छ। माओवादीले विज्ञप्तीमार्फत आउँदो निर्वाचन ‘प्रतिक्रिया शक्तिद्वारा मञ्चन गरिएको नाटक’ भएको आरोप लगाएको छ। माओवादीका ३ नंं. प्रदेश समितिका सेक्रेटरी प्रवेशको हस्ताक्षरित विज्ञप्तीमा पार्टीका केन्द्रीय सल्लाहकार गोर्की श्रेष्ठ, प्रदेश सल्लाहकार ज्ञानेन्द्र प्रजापति, जिल्ला सदस्यहरू गोपाल कार्की, बद्रीहरि नेपाल र वेदराज दियालीलाई टोखा नगरपालिकास्थित वसुन्धराबाट पक्राउ गरेको हो। पार्टीले विज्ञप्तीमा चुनाव बहिष्कार तथा सहभागी हुने अधिकार लोकतन्त्रमा रहेको भन्दै वर्तमान सरकारले कुण्ठित गर्न खोजेको आरोप लगाएको ...