६ दलले समानुपातिक तर्फकाे उम्मेदवारहरुकाे नाम आज आयाेगमा बुझाउदै
काठमाडौं :गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा थ्रेसहोल्ड (तीन प्रतिशत मत) पार गरेका ६ राजनीतिक दलले आज कार्यालय समयभित्र समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम बुझाउँदै छन् ।निर्वाचनमा थ्रेसहोल्ड पार गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई आज ५ः०० बजेसम्म क्लष्टर (समूह) मिल्नेगरी निर्वाचित उम्मेदवारको नाम पेस गर्न गत फागुन २८ गते पत्रात्रार गरिएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए ।
फागुन २१ गतेको निर्वाचनमा समानुपातिकतर्फ एक करोड १२ लाख ८० हजार ६१७ मतदान भएकामा एक करोड आठ लाख ३५ हजार २५ मत सदर भएको थियो । सदर मतमध्ये सबैभन्दा बढी प्राप्त गर्ने रास्वपाले क्लष्टर अनुसार ५७ सांसद निर्वाच...






