११ श्रावण २०८१, शनिबार

Tag: निर्वाचन

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आज हुदै,घिमिरे र पुडासैनी भिड्दै

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आज हुदै,घिमिरे र पुडासैनी भिड्दै

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं :राष्ट्रियसभाको उपाध्यक्ष पदका लागि  आज निर्वाचन हुँदैछ । उपाध्यक्षका लागि मंगलबार दुई जनाको उम्मेदवारी दर्ता भएको छ । नेकपा (एमाले) की विमला घिमिरे र नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीले उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धनका तर्फबाट उमेदवारी दिएकी घिमिरेको प्रस्तावकमा राष्ट्रियसभामा एमालेका प्रमुख सचेतक भगवती न्यौपाने छिन् । समर्थकमा नेकपा (माओवादी केन्द्र)का गोपीबहादुर सार्की अछामी रहेका छन् । उनी ०७६ माघ ९ गते राष्ट्रियसभा सदस्य बनेकी हुन् । राष्ट्रियसभाको बैठक आज (बुधबार) बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान १ः१५ बजे बोलाइएको छ । संसद सचिवालयका अनुसार राष्ट्रियसभाका सचिव सुरेन्द्र अर्यालले राष्ट्रियसभाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७’ का सबन्धमा प्रतिनिधिसभावाट प्राप्त सन्...
राष्ट्रिय सभा निर्वाचनका लागि २ हजार ४७जना मतदाताकाे नाम स्विकृत

राष्ट्रिय सभा निर्वाचनका लागि २ हजार ४७जना मतदाताकाे नाम स्विकृत

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं :राष्ट्रिय सभा निर्वाचनका लागि कूल २ हजार ४७ जना मतदाताको नामावली स्वीकृत भएको हो । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदाता नामावली स्वीकृत भएको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् । यो व्यवस्था बमोजिम प्रदेश सभा सदस्य ५४९ जना छन् । यसैगरी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी १ हजार ४९८ जना मतदाता रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।...
त्रिविका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन हुँदैछ

त्रिविका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन हुँदैछ

Breaking News, निर्वाचन, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
५ चैत, काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्वका लागि मतदान सुरु भएको छ । त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरूमा बिहान ८ बजेदेखि मतदान सुरु हुने तय भए पनि केही समय ढिला मतदान सुरु भएको हो । केही कलेजहरूमा भने अझै पनि मतदान सुरु हुन सकेको छैन । मतदान अपराह्न चार बजेसम्म जारी हुनेछ । निर्वाचनलाई लक्षित गरी क्याम्पसहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ । स्ववियु अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । यसैगरी उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य भने समानुपातिक प्रणालीबाट चुनिनेछन् । त्रिविका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन हुँदैछ । कतिपय क्याम्पसमा भने निर्विरोध नेतृत्व चयन भएको छ । विद्यार्थी संख्या र अवस्था हेरेर मतपरिणाम सार्वजनिक छिटो/ढिलो हुनसक्ने त्रिविले जनाएको ...
उपराष्ट्रपति निर्वाचन मत गणना सुरु

उपराष्ट्रपति निर्वाचन मत गणना सुरु

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं।उपराष्ट्रपतिको निर्वाचनको मतगणना सुरु भएको छ । नयाँ उपराष्ट्रपतिको निर्वाचनका लागि शुक्रबार भएको मतदान सकिएको केही समय पछि नयाँ बानेश्वरस्थित संसद् भवनमा नै मतगणना सुरु भएको हो । बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म सकिएको थियो । मतगणनापछि  शुक्रबार नै उपराष्ट्रपति निर्वाचनको प्रमाणपत्र प्रदान गरिने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ । मतदानमा ३११ सङ्घीय सांसद र ५१८ प्रदेशसभा सदस्य गरी ८२९ जनाले मतदान गरे । संघीय संसदका ३३४ जनामध्ये ३११ जनाले मतदान गरेका छन् । प्रदेशसभाका ५५० जनामध्ये ५१८ जनाले मतदान गरेका छन् । उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसदका २१ जना अनुपस्थित भएका थिए । उपराष्ट्रपति पदको निर्वाचनका लागि नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य (बोहरा), सत्ता गठबन्धनको तर्फबाट जसपाका रामसहायप्रसाद यादव, जसपाकै प्रमिला कुमारी यादव र जनमत पार्टीकी ममता झा गरी च...
भारत र भुटानका  प्रमुख निर्वाचन आयुक्त नेपालमा

भारत र भुटानका प्रमुख निर्वाचन आयुक्त नेपालमा

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
भारत र भुटानका प्रमुख निर्वाचन आयुक्त नेपाल आएका छन्। आइतबार हुने संघीय संसद र प्रादेशिक तहको निर्वाचनको अन्तर्राष्ट्रिय पर्यवेक्षकका रुपमा सहभागी हुन भारतका राजीव कुमार र भुटानका सोनाम तोप्गे शुक्रबार काठमाडौं आइपुगेका हुन्। भारतीय प्रमुख निर्वाचन आयुक्तको टोलीमा चार सदस्य छन्। यसअघि माल्दिभ्सका प्रमुख निर्वाचन आयुक्त फुवद थोफिक बिहीबारै नेपाल आइसकेका छन्। निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराईका अनुसार बंगलादेशका प्रमुख निर्वाचन आयुक्त कजि हबिबुल अवल शनिबार नेपाल आउँदैछन्। त्यसैगरी जापानका विदेशराज्यमन्त्री ताकेई सुनसुके आइतबार नेपाल आइपुग्ने कार्यक्रम रहेको भट्टराईले जानकारी दिए। दक्षिण कोरियाका निर्वाचन आयुक्तको एक टोली पनि भोली नै काठमाडौ आउँदैछ। रुसको एक विज्ञ टोली चार दिनअघि नै आइसकेको छ।निर्वाचन आयोगले अन्र्तराष्ट्रिय पर्यवेक्षणका लागि आह्वान गरेअनुसार बिभिन्न देशबा...
जाजरकोट मा मुख्य निर्वाचन अधिकृतको कार्यलय स्थापना ।

जाजरकोट मा मुख्य निर्वाचन अधिकृतको कार्यलय स्थापना ।

Breaking News, राष्ट्रिय, विगन्यूज, शिक्षा, समाचार, सुचना संचार
असाेज १५ , सनिवार , कर्णाली प्रदेश अन्तरगत जाजरकोट जिल्ला अदालतमा  आगामी मंसिर ४ मा हुने संघ र प्रदेश चुनावका लागि मुख्य निर्वाचन अधिकृतकाे कार्यलय स्थापना भयकाे हाे । प्रमुख जिल्ला अधिकारी अन्जन न्याैपाने लगायत जिल्ला का कार्यलय प्रमुखहरुकाे सहभागितामा  उक्त कार्यालयकाे स्थापना भयकाे जाजरकोट बाट कर्ण शाहिले बताउनु भयाे ।...