११ श्रावण २०८१, शनिबार

Tag: निधन

अभिनेत्री दिपाशा बि सिकाे निधन

अभिनेत्री दिपाशा बि सिकाे निधन

Breaking News, राष्ट्रिय, संस्कृति, समाचार, स्वास्थ
काठमाडौं। अभिनेत्री दिपाशा बीसीको निधन भएको छ । स्वास्थ्यमा असहज भएपछि २८ वर्षीया बीसीलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उनलाई बिहीबार दिउँसो अस्पतालले मृत घोषणा गरेको हाे। ‘जलपरी’ नामले समेत मोडलिङ र फिल्ममा चर्चित उनले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा अभिनय गरेकी छिन् । उनको डेब्यु फिल्म ‘दुलही रानी’ २०६८ मा रिलिज भएको थियो ।...
एमाले उपाध्यक्ष तथा पुर्व सभामुख नेम्वाङ काे निधन

एमाले उपाध्यक्ष तथा पुर्व सभामुख नेम्वाङ काे निधन

Breaking News, राष्ट्रिय, विगन्यूज, समाचार
काठमाडौं ।नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्‍याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेको अस्पताल स्रोतले जनायकाे छ । सुवास नेम्वाङ बालुवाटारस्थित निवासमा थिए । परिवारका सदस्यहरुका अनुसार राति १ बजेतिर नेम्वाङ शौचालयमा बेहोस् अवस्थामा भेटिएका थिए । उनलाई बालुवाटारस्थित निवासबाट त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुर्याउँदा राति १ः५० बजेको थियो । त्रिवि शिक्षण अस्पतालको कागजपत्रमा नेम्वाङलाई १ः५० बजे अस्पताल ल्याइपुर्याएको उल्लेख छ ।अस्पताल पुर्याएलगत्तै चिकित्सकहरुले नाडी, मुटुको धडकन र श्वासप्रश्वासको अवस्था चेक गरेका थिए । तर ती कुनै पनि नचलेको पाइएपछि मृत घोषणा गरेका थिए । पूर्वसभामुख समेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चु...
काठमाडौं महानगर १६ का वडा अध्यक्ष रिजालकाे डेंङ्गुका कारण निधन

काठमाडौं महानगर १६ का वडा अध्यक्ष रिजालकाे डेंङ्गुका कारण निधन

Breaking News, राष्ट्रिय, समाचार, स्वास्थ
काठमाडौं ।काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । डेंगु संक्रमित भएर ग्राण्डी अस्पतालमा उपचार गराइरहेका रिजालको आज बिहान निधन भएको महानगर स्रोतले जनाएको छ । गत स्थानीय तहको निर्वाचनमा रिजाल नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएका थिए उनी नेपाली कांग्रेस क्षेत्रनम्बर ७ का सभापतिसमेत हुन् । महानगरपालिकाले राष्ट्रिय सभागृहमा बिहान ११ बजे रिजालप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखेको छ ।...
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” पत्नी सीता दाहालको निधन

प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” पत्नी सीता दाहालको निधन

Breaking News, राष्ट्रिय, समाचार, स्वास्थ
काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । प्रधानमन्त्री प्रचण्डका निजी चिकित्सक प्रा. डा. युवराज शर्माले आज बिहान ८ः३३ बजे सीता दाहालको निधन भएको जानकारी दिए । पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित सीता दाहाल लामो समयदेखि ओछ्यान परेकी थिइन् । अहिले भने उनलाई हृदयघात भएको थियो । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान ८ बजे अस्पताल लगिएको थियो । आकस्मिक कक्षमा सीपीआर लगायतका विधिबाट उपचार गरिएको थियो । तर सुधार नभएपछि ८ बजेर ३३ मिनेटमा मृत घोषणा गरिएको अस्पतालले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । पत्नीसँगै प्रधानमन्त्री प्रचण्ड पनि नर्भिक अस्पताल पुगेका थिए । अन्य विशिष्ट व्यक्तित्वहरु र पार्टी कार्यकर्ताहरु पनि अस्पताल ...
रवि लामिछानेका चालक शम्भु थापाकाे निधन

रवि लामिछानेका चालक शम्भु थापाकाे निधन

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार
ललितपुर ।तीन तलाको छतबाट खसेर गम्भीर घाइते भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक दिल बहादुर थापा शम्भुकाे  निधन भएको छ ।   सिन्धुपाल्चोक बाह्रबिसे घर भयका ३९ बर्षिय थापा ग्यालेक्सी टेलिभिजनका पुर्व सहकर्मी पनि थिय । उपनिर्वाचनको संघारमा गत बैशाख ४ गते चितवन भरतपुरस्थित सभापति लामिछानेको घरको छतबाट घसेर थापा गम्भीर घाइते भएका थिए । उनलाई कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा उपचार गराइए पनि थप उपचारका लागि बैशाख ५ गते सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो ।ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत उनको मंगलबार दिउसो  निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।...
शताब्दी पुरुष सत्यमोहन जाेशीकाे पत्निकाे मृत्युु

शताब्दी पुरुष सत्यमोहन जाेशीकाे पत्निकाे मृत्युु

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, समाचार
काठमाडौं ।शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको १०० वर्षको उमेरमा निधन भएको छ । पारिवारिक स्रोतका अनुसार किस्ट अस्पतालमा उपचारका क्रममा आज बिहान ५:१५ बजे राधादेवीको निधन भएको हो । केही दिनअघि राधादेवीलाई अस्पताल भर्ना गरिएको थियो । उनको श्वासप्रश्वासमा समस्या रहेकाे थियो । सत्यमोहन जोशीको गत असोज ३० गते १०३ वर्षको उमेरमा निधन भयकाे थियाे ।...
सांसद डा. चन्द्र भण्डारीकाे आमाकाे निधन : कसरी भयाे घटना

सांसद डा. चन्द्र भण्डारीकाे आमाकाे निधन : कसरी भयाे घटना

Breaking News, पुर्वाधार, समाचार, स्वास्थ
४ फाल्गुन काठमाडौं । काठमाडौं काे बुद्धनगर स्थित आफ्नै निवासमा  ग्यास सिलिन्डर विस्फोटबाट घाईते  भएकी नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । कीर्तिपुर अस्पतालमा उपचारको क्रममा आमा हरिकलाको १० बजेर ५७ मिनेट जाँदा निधन भएको पारिवारिक स्रोतले बतायो। सुरुमा सिभिल अस्पताल लगिएकी उनलाई भने चन्द्रभन्दा करिव एक घण्टापछि कीर्तिपुर अस्पताल पुर्‍याइएको थियो । सुरूमा आगलागी र ग्याँस सिलिण्डर विस्फोटका कारण चन्द्र र उनकी आमा हरिकला जलेको प्रहरीले बताएको थियो । तर बिहीबार विहान उनको घरमा पुग्दा ग्याँस सिलिण्डर विस्फोट नभएको पाइएको छ । चन्द्र र उनकी आमा हरिकला बुद्धनगरस्थित भाइको घरमा बस्थे । माथिल्लो तलामा भाइ हरिहरको परिवार बस्थ्यो भने तल्लो तलामा चन्द्र र उनकी आमा हरिकला । चन्द्र भण्डारी बुधबार राति नेपाली कांग्रेसका नेता सबुज बानियाको छोराको ...
वलिउड अभिनेता बिक्रम गाेखलेकाे निधन ।

वलिउड अभिनेता बिक्रम गाेखलेकाे निधन ।

अन्तर्राष्ट्रिय, संस्कृति, समाचार
बलिउडका पुराना अभिनेता विक्रम गोखलेको निधन भएको छ। ७७ वर्षीय गोखलेको पुनेस्थित दीनानाथ मंगेशकर अस्पतालमा निधन भएको हो। चलचित्र र थिएटर दुवैतिर नाम कमाएका उनको ‘मल्टिपल अर्गान फेलिएर’ का कारण ज्यान गएको अस्पतालले जनाएको छ। उनी नोभेम्बर ५ देखि अस्पताल भर्ना भएका थिए। मराठी थिएटरबाट कलायात्रा सुरु गरेका उनले अमिताभ बच्चन अभिनित परवाना नामक फिल्मबाट डेब्यु गरेका थिए। अग्निपथ, हम दिल दे चुके सनम, भुलभुलैया, ब्याङ ब्याङजस्ता फिल्ममा अभिनय गरेका थिए। उनले अनेकौँ मराठी फिल्ममा पनि अभिनय गरेका थिए।...