२ असार २०८३, मंगलवार

Tag: दैलेख

दैलेखका वडा सचिवलाई धम्की दिने ब्यक्ति माथी कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

दैलेखका वडा सचिवलाई धम्की दिने ब्यक्ति माथी कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

Breaking News, मनाेरन्जन, राष्ट्रिय, समाचार, सुचना संचार
काठमाडौं :प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दैलेखको दुल्लु नगरपालिका १३ का वडा सचिव कमल भण्डारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरुपयोग गर्दै फोनमार्फत अश्लील भाषा प्रयोग गरी धम्की दिनेलाई कारबाही गर्न निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिवरप्रवक्ता हेमराज अर्यालले विज्ञप्ति जारी गर्दै वडा सचिवलाई धम्काउने प्रकाश खड्कालाई कारबाही गर्न सुरक्षा एवम् अनुसन्धान निकाय निर्देशन दिएका हुन्। खड्काले सचिव भण्डारीलाई धम्की दिएको अडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले त्यस घटनाबारे चासो राखेको हो। कर्मचारीको मनोबल उच्च राख्नु तथा सुरक्षित कार्य वातावरण सुनिश्चित गर्नु सरकारको दायित्व भएको उल्लेख गर्दै सुशासन, विधिको शासन र प्रशासनिक अनुशासन कायम गर्न यस्ता गतिविधिमाथि कडा निगरानी आवश्यक रहे...
दैलेखकाे जलजलेमा प्राकृतिक ग्यास रहेको पुष्टि, करिब ५० बर्ष सम्म पुग्ने अनुमान

दैलेखकाे जलजलेमा प्राकृतिक ग्यास रहेको पुष्टि, करिब ५० बर्ष सम्म पुग्ने अनुमान

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार, सुचना संचार
दैलेख :चिनिया टोलीले दैलेखको जलजलेमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको प्रारम्भिक रिपोर्ट दिएको छ ।चिनियाँ विज्ञ टोलीले नेपाललाई ५० वर्ष पुग्ने प्राकृतिक ग्यास रहेको भनेर प्रारम्भिक रिपोर्ट दिए पछि थप उत्साह पैदा भयकाे छ । लामो समयको अध्ययनले ग्याँस रहेको पुष्टि गरेको हाे । दैलेखमा ठुला आयोजना सञ्चालनमा छैनन् । प्रदेशको राजधानीसँग जोडिएको जिल्ला भए पनि अवसरबाट भने वञ्चित हुँदै आएको छ । अब भने दैलेखको विकासले फट्को मार्ने व्यावसायीहरु बताउछन। लामो समयसम्म चर्चामा रहेको विषय अध्ययनले पुष्टि गरेसँगै थप आशा पलाएको छ । दैलेखमा ग्यास पुष्टि भएको विषयले सामाजिक सञ्जाल रङ्गिएको छ । दैलेखमा विकासको मूल फुट्ने र आर्थिक अवस्थामा समेत सुधार आउने देखिन्छ। उद्योगमन्त्री दामोदर भण्डारीले ग्यास पुष्टि भएको र विस्तृत रिपोर्टपछि उत्पादन सुरु हुने बतायका छन् । दैलेखमा ग्यासको उत्खनन २०८० वैशाखबा...
दैलेखमा चट्याङ लागेर एक युवकको मृत्यु

दैलेखमा चट्याङ लागेर एक युवकको मृत्यु

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं :दैलेखमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको नौमूले गाउँपालिका –८ चौराठाका ३१ वर्षीय दशरथ शाहीको  चट्याङ लागेर मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । शनिबार दिउँसो करिब ३ः५० बजे तिर घरमै परेको चट्टयाङले घाइते भएका दशरथलाई उपचारका लागि दैलेख अस्पताल ल्याउँदै गर्दा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिनुभयो । त्यस्तै, सोही ठाउँमा चट्याङमा परेर मृतक दशरथका ३ जना सन्तान श्रीमती २७ वर्षीया विपना शाही, ११ वर्षकी छोरी र ३ बर्षका छोरा घाइते भएका छन् । उहाँहरुलाई दैलेख अस्पतालमा उपचारपछि घर फर्किसकेको सूचना अधिकारी प्रहरी निरीक्षक सुनारले जानकारी दिनुभयो ।...
भुकम्प अपडेट: हाल सम्म जम्मा १३७ जनाकाे मृत्युु भयकाे पुष्टि

भुकम्प अपडेट: हाल सम्म जम्मा १३७ जनाकाे मृत्युु भयकाे पुष्टि

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
जाजरकोट ।भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेको सङ्ख्या १ सय ३७ पुगेको छ । दिउँसो २:१५ को अपडेट अनुसार जाजरकोटमा मात्र ६९ महिला र ३० पुरुष गरी ९९ जनाको मृत्यु भएको छ । त्यसैगरी रुकुम पश्चिममा १९ महिला र १९ पुरुष गरी ३८ जनाको मृत्यु भएको हो । दुवै जिल्लाको मृतकको सङ्ख्या जोड्दा १३८ पुगेको हो । त्यस्तै जाजरकोटमा ८१ जना घाइते भएका छन् भने रुकुम पश्चिममा ७५ जना घाइते भएका छन् । भूकम्पबाट दैलेखमा २, सल्यानमा १ र जुम्लामा ५ जना घाइते भएका छन् ।  गएराति जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।...