११ श्रावण २०८१, शनिबार

Tag: दुर्घटना

सुर्खेतमा मिनिबस दुर्घटना, दुइजनाकाे घटनास्थलमै ज्यान गयाे, २१ जन घाइते

सुर्खेतमा मिनिबस दुर्घटना, दुइजनाकाे घटनास्थलमै ज्यान गयाे, २१ जन घाइते

Breaking News, पुर्वाधार, यातायात, राष्ट्रिय, समाचार
सुर्खेत : कर्णाली प्रदेशकाे राजधानी वीरेन्द्रनगरदेखि उत्तरी क्षेत्र पर्ने  कटकुवा क्षेत्रमा भएको मिनी बस दुर्घटनामा परी २१ जना घाइते भएका छन् भने दुई जनाकाे घटनास्थलमै मृत्यु भयकाे छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार घाइते सबै जनाको उद्धार गरी अस्पतालमा पुर्‍याइएको छ । उक्त दुर्घटनामा परी मृत्युु हुनेमा दैलेख डुङगेश्वर गाउँपालिका–६ का २२ वर्षीय भीमसेन राना र बर्दिया ठाकुरबाबा नगरपालिका–३, का ७० वर्षीय शेरबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको हाे। हाल मृतक दुवै जनाकाे सव प्रदेश अस्पताल कालागाउमा राखियकाे छ,भने घाईतेहरुकाे विभिन्न अस्पताल हरुमा उपचार भइरहेकाे बताएको छ । दिउँसो १ बजेतिर दैलेखको गमौडीबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०८५२ नम्बरको उक्त मिनिबस एक्कासि ब्रेक फेल भई सडकबाट चार मिटर तल खसेको थियो । घाईते हुनेहरुमा -:जगत थापा (दैलेख, दुल्लु–१३) ...
काठमाडौं बाट नेपालगन्ज जाँदै गरेकाे रात्री बस दुर्घटना सात जना घाइते

काठमाडौं बाट नेपालगन्ज जाँदै गरेकाे रात्री बस दुर्घटना सात जना घाइते

Breaking News, पुर्वाधार, यातायात, राष्ट्रिय, समाचार
काठमाडौं ।काठमाडौंबाट नेपालगन्ज जादै गरेको बस पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको बर्दघाटमा दुर्घटना भएको छ । ९०११ नम्बरको रात्रि बस अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी भोजराज पाण्डेका अनुसार घाइतेहरुको चिसापानी अस्पताल बर्दघाटमा उपचार भइरहेको छ । सातजना घाइते भएको जनाइएको छ । दुघर्टनापछि सवारी चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । पूर्व–पश्चिम राजमार्ग विस्तारको क्रममा रहेको र सडकमा खाल्डा–खुल्डी बढी भएकाले यो क्षेत्रमा दुर्घटनाको जोखिम बढेको छ ।...
संखुवासभा हेलिकप्टर दुर्घटना ,१ जनाको मृत्यु, चार जना घाइते

संखुवासभा हेलिकप्टर दुर्घटना ,१ जनाको मृत्यु, चार जना घाइते

Breaking News, पर्यटन, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं ।संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका भविन गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रवक्ता भुवनबाबु खड्काले जानकारी दिए । मृतक गुरुङले हेलिकप्टरमा सहयोगीका रुपमा काम गर्दै आएका थिए । माथिल्लो अरुण हाइड्रो पावरका सामान गोला भन्ने स्थानबाट सिप्रुङ भन्ने स्थानमा लैजाँदै गर्दा भोटखोला गाउँपालिका वडा नम्बर ४ सिप्रुङमा हेलिकोप्टर दुर्घटनामा परेको थियो । दुर्घटनामा क्याप्टेन सुरेन्द्र पौडेल, को–पाइलट छिरिङ भोटे, अर्का सहयोगी मनोज थापा र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शंकर घाइते भएका प्रहरीले जनाएको छ । घाइते चारै जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ । क्याप्टेन सुरेन्द्र पौडेल, कोपाइलट छिरिङ भोटे, सहयोगी मनोज थापालाई घटनास्थलबाटै उद्धार गरेर काठमाडौं ल्याइएको हो ।...
अखिल क्रान्तिकारीकी अध्यक्ष पंन्चा सिंह सवार दुर्घटना परि घाइते

अखिल क्रान्तिकारीकी अध्यक्ष पंन्चा सिंह सवार दुर्घटना परि घाइते

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार
काठमाडौँ । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह सवार दुर्घटनामा परि घाइते भयकि छिन  । शुक्रबार सिंह सवार स्कुटर दुर्घटनामा परेको थियो । विहान १०ः३० बजे कोटेश्वरमा दुर्घटनामा भएको श्रीमान केशव शाहीले जानकारी दिएका छन् । शाहीका अनुसार उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । अहिले स्वास्थ्यमा सुधार भइरहेको छ ।...
काभ्रे मा बस दुर्घटना : १८  जनाकाे ज्यान गयाे २१ घाईते ।

काभ्रे मा बस दुर्घटना : १८ जनाकाे ज्यान गयाे २१ घाईते ।

Breaking News, पुर्वाधार, विगन्यूज, समाचार
२७ मंसिर, काठमाडौं । काभ्रेको बेथानचोक गाउँपालिका–४, चलाल गणेशस्थानमा  बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८  पुगेको छ र २१ जना घाइते भयका छन ।१३ जनाकाे घटनास्थलमै र ५ जनाकाे उपचार लिदै गर्दा बाटाेमै ज्यान  गयकाे वेथानचाेक गाउपालिकाका अध्यक्ष भगवान अधिकारीले बताय  । काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार घटनास्थल, शीर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा गरी जम्मा १८  जनाको मृत्यु भएको हो । बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५, च्याल्टी पुगेर फर्किँदै गरेको बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस मंगलबार साँझ दुर्घटनामा परेको हो । बसमा सवार कति थिए भन्ने यकिन नभएको पाण्डेको भनाइ छ । दुर्घटनाको कारण पनि खुलेको छैन । घटनास्थलबाट नेपाल प्रहरी र नेपाली सेनाको टोलीले डोजर समेत प्रयोग गरी उद्धार कार्य जारी राखेको प्रजिअ पाण्डेले बताइन् । यसैबीच, गृहमन्त्री बालकृ...
नवलपुरमा बस र ट्रक ठोक्किँदा १७ जना घाइते,

नवलपुरमा बस र ट्रक ठोक्किँदा १७ जना घाइते,

Breaking News, समाचार
२२ मंसिर, नवलपुर । पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासी (नवलपुर) जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोला नजिक आज बिहान बस र ट्रक ठोक्किँदा १७ जना घाइते भएका छन् । दुई जनाको अवस्था गम्भीर छ । बागलुङबाट भैरहवा जाँदै गरेको लु १ ख ४६७० नम्बरको बस र लु २ ख ८९३ नम्बरको ट्रक आज बिहान ५ बजे ठोक्किएका थिए । जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकका अनुसार घाइतेहरुको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको छ । बसमा ३० जना यात्रु थिए । अन्य यात्रुहरु सकुशल रहेको पाठकले बताए । ...