११ श्रावण २०८१, शनिबार

Tag: तीन कम्युनिस्ट पार्टी

तीन कम्युनिस्ट पार्टीले फाल्गुन भित्रै पार्टी एकता गर्ने

तीन कम्युनिस्ट पार्टीले फाल्गुन भित्रै पार्टी एकता गर्ने

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
५ फाल्गुन काठमाडौं ।माेहन वैद्य (किरण) नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), धर्मेन्द्र बास्तोला (कन्चन) नेतृत्वको नेकपा (बहुमत) र सन्तबहादुर नेपाली नेतृत्वको नेकपा (मशाल)गरी तीन पार्टीबीच छिट्टै एकता हुने भएको छ । फागुन महिनाभित्र एकता गर्ने गरी तीन पार्टीबीच छलफल भइरहेको बहुमतका का एक नेताले  बताए । ‘हामीले छलफल टुङ्ग्याउनेतिर गएका छौँ । गृहकार्य गरेर सबै विषयमा छलफल भयो । माओवाद विचारधारा मान्ने कि नमान्ने, प्रदर्शक सिद्धान्त, कार्यदिशा, कार्यनीति, राष्ट्रिय र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनबारे मूल्याङ्कन भयो’ ती नेताले भने, ‘यस्तै सङ्गठनको स्वरूपका विषयमा समेत एउटा अन्डरस्ट्याडिङमा पुगिसकेका छौँ । त्यसलाई आधिकारिक रूप दिने संयोजन समितिको बैठक बस्दैछ।’ पार्टीको नाम भने तीन पार्टीको भाव समेटिने गरी चयन गरिने ती नेताले बताए । यस्तै नेकपा (क्रान्तिकारी माओवादी)का संवाद समितिका ...
तीन कम्युनिस्ट पार्टी बिच, पार्टी एकता संयाेजन समिति गठन ।

तीन कम्युनिस्ट पार्टी बिच, पार्टी एकता संयाेजन समिति गठन ।

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
२७ पुस काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव किरण, नेकपा (बहुमत) का संयोजक कञ्चन र नेकपा (मशाल) का महासचिव सन्तबहादुर नेपालीले मङ्गलबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पार्टी एकता संयोजन समिति गठन भएको सार्वजनिक गरेका छन् । संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ, ‘विगत केही समयदेखि हामी तीन पार्टीहरू– नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिस्ट पार्टी (बहुमत) र नेपाल कम्युनिस्ट पार्टी (मशाल) का बीचमा औपचारिक–अनौपचारिक रूपमा पार्टी एकताका विषयमा छलफल गर्दै आएका थियौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूबीच एकताको अपरिहार्य ऐतिहासिक आवश्यकतालाई महसुस गर्दै सिद्धान्त र राजनीतिका आधारभूत विषयमा समानता देखिए पनि कैयौँ विषयहरूमा बृहत् छलफल गरेर टुङ्ग्याउनुपर्ने भएकाले अन्तिम निष्कर्षमा पुग्नका लागि अहिले हामीले ‘पार्टी एकता संयोजन समिति’ बनाएर छलफल अघि बढाउने न...
तीन कम्युनिस्ट पार्टीले १३० ओैँ माओ दिवश भब्यरुपमा मनाउने

तीन कम्युनिस्ट पार्टीले १३० ओैँ माओ दिवश भब्यरुपमा मनाउने

Breaking News, मनाेरन्जन, राजनीति, राष्ट्रिय, समाचार
 ८ पुस काठमाडौँ : नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा मशालले यही पुस ११ गते १२ बजे काठमाडौँ जमलस्थित राष्ट्रिय नाचघरमा संयुक्त रूपमा १३० औँ माओ दिवस भव्यतापूर्वक मनाउने भएका छन् । नेकपा (बहुमत) को केन्द्रीय कार्यालयले दिएको जानकारीअनुसार तीनै पार्टीले काठमाडौँमा केन्द्रीय स्तरमा भव्य गोष्ठीसहित १३० औँ माओ दिवस मनाउन लागेका हुन् । तीनै पार्टीले काठमाडौँका साथै देशभर विभिन्न सिर्जनात्मक कार्यक्रमका साथ संयुक्त रूपमा माओ दिवस मनाउने निर्णय भएको छ । संयुक्त रूपमा १३० औँ माओ दिवस मनाउन नेकपा (बहुमत) का प्रवक्ता सुदर्शन, नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य सीपी गजुरेल र नेकपा मशालका नेता चिन्तामणि पौडेलको नेतृत्व रहेको १३० औँ माओ दिवस आयोजक समिति गठन गरिएको छ । प्राप्त समाचारअनुसार तीन पार्टीले केन्द्रीय रूपमा काठमाडौँमा र स्थानीय स्तरमा देशैभर माओका योगदान, माओ...
तीन कम्युनिस्ट पार्टीको भण्डाफोर सभा आज शान्तिबाटिकामा

तीन कम्युनिस्ट पार्टीको भण्डाफोर सभा आज शान्तिबाटिकामा

Breaking News, चुनाव, राजनीति, राष्ट्रिय, समाचार
    काठमाडौं: आसन्न संसदिय चुनाव जनता र देशका लागि औचित्यहिन हुने र मुलुकमा देखिरहेको राजनीतिक आर्थिक समस्यालाई हल गर्न नसक्ने बरु संकटग्रस्त अहिलेको राज्यसत्तालाई टेको दिन र प्राण भर्न चुनाव हुन लागेको भन्दै । नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेकपा , ऋषि कट्टेल नेतृत्वको नेकपा र  विश्वभक्त दुलाल ( आहुति ) नेतृत्वको बैज्ञानिक समाजवादी पार्टीको संंयुक्त आयाेजनामा आज काठमाडौँको शान्तिबाटिकामा भण्डाफोर सभा गरेका छन । कार्यक्रममा नेकपा प्रवक्ता प्रकाण्ड  वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष आहुती , नेकपा अध्यक्ष ऋषि कट्टेल लगाएतका नेताहरूले सम्बाेधन गरेका थिय । कार्यक्रम सुन्धारा देखि नारा जुलुस सहित शान्तिवाटिका मा सभा सम्पन्न भयकाे थियाे ।...