११ श्रावण २०८१, शनिबार

Tag: चिसाे माैसम

देशकाे सबै भुभागमा चिसाे निक्कै बढे पछि सचेत रहन माैसम बिद्हरुकाे सुझाब

देशकाे सबै भुभागमा चिसाे निक्कै बढे पछि सचेत रहन माैसम बिद्हरुकाे सुझाब

Breaking News, माैसम, राष्ट्रिय, समाचार
काठमाण्डौ : देशका सबै ठाउमा चिसाे निक्कै बढे पछि सबैलाई सचेत रहन माैसमबिद्हरुले सुझाव दियका छन्।देशका उच्च हिमालि र पहाडि भुभागमा हिउकाे कारण र तराईमा हुस्सु र कुईराेले देशकाे सबै भुभागमा यतिवेला निक्कै चिसाे बढेकाेले सबैलाई चिसाेबाट बच्न माैसमबिदहरुले सुझाव दियका हुन। उपत्यकाको न्यूनतम तापक्रम हिजोभन्दा आज केहि। बढेको छ । हिजो तीन दशमलव पाँच डिग्री सेल्सियस रहेको काठमाण्डौको न्यूनतम तापक्रम आज पाँच दशमलव एक डिग्री सेल्सियस पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहान पौने ६ बजे मापन गर्दा हिजोभन्दा आज एक दशमलव छ डिग्री सेल्सियसले न्यूनतम तापक्रम बढेको मौसमविद् सञ्जीव अधिकारी जानकारी दिनुभयो । हिजो यो वर्षको जाडो सिजनको सबैभन्दा कम तापक्रम मापन गरिएको थियो। मौसमविद्का अनुसार आज कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ । अहिले मधेस ...
चिसाेले हुम्लाका चार  केन्द्रमा मतदान  हुन सकेन ।

चिसाेले हुम्लाका चार केन्द्रमा मतदान हुन सकेन ।

Breaking News, चुनाव, निर्वाचन, पुर्वाधार, माैसम, राष्ट्रिय, समाचार
४ मंसिर, हुम्ला । अत्यधिक चिसोका कारण  हुम्लाका चार मतदान केन्द्रमा अझै मतदान प्रक्रिया सुरु हुन सकेको छैन । नाम्खा गाउँपालिका- ६ का तीन मतदान केन्द र वडा- ५ काे मुचुमा चिसाेका कारण मतदान सुरू हुन नसकेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । अत्याधिक चिसोका कारण लिमीकाे हल्जी गाउँकाे सुनखानी आधारभूत विद्यालय मतदान  केन्द, जाङ गाउँकाे भृकुटी आधारभूत विद्यालय मतदान केन्द्र ,तिल गाउँकाे हिमशिखर आधारभूत मतदान केन्द्र र मुचुकाे खासरपानी आधारभूत मतदान केन्द्रमा मतदान सुरु हुने नसकेको हुम्लाका डीएसपी कृष्णराज ओझाले जानकारी दिए । ५९ वटा मतदान केन्द मध्ये ५५ मतदान केन्द्रमा मतदान सुरू भइसकेकाे जिल्ला निर्वाचन कार्यालय हुम्लाका श्यामबहादुर रानाले बताए । मतदान भइरहेका केन्द्रहरुमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको निमित्त निर्वाचन अधिकारी रानाकाे भनाइ छ ।...