हाम्रा नाममा कृते हस्ताक्षर गरियो हामि गएको थिएनाैं : वडा अध्यक्ष राम चन्द्र चाैधरि
कैलाली : मुक्ति गैरे/ कृते बाणी कूलो जल उपभोक्ता संस्था थापापुर र जोशीपुर, कैलालीकाे सिफारिसका लागि जाेशिपुर गाउँपालिकाले कृते नामहरु उल्लेख गर्दागर्दै पनि जलस्रोत तथा सिंचाई विकास डिभिजन कैलालीलाई सिफारिस गरि दिएको रहस्य खुले पछि अहिले वडा अध्यक्ष देखि लिएर सदस्य सम्मले आफुहरु उक्त भेलामा नगएको र हाम्रा नाममा कृते हस्ताक्षर गरेको बताएका छन् ।
मिति २०८० माघ २१ गते जाेशिपुर गाउँपालिकाका अध्यक्ष चित्र बहादुर चाैधरिले पठाएको उक्त सिफारिसका लागि दिएको निवेदन पत्रका अधारमा उक्त समिति मै नबसेकाे र भेला मै सहभागी नभएकाहरुकाे नाम हालि कृते उपभोक्ता समिति श्री बाणी कूलो जल उपभोक्ता संस्था थापापुर र जोशीपुर, कैलालीले पठाएको निवेदनकाे सिफारिस गरेका छन् ।
उक्त सिफारिसमा आफुहरुकाे नाम र हस्ताक्षर कृतेकाे गरेको भन्दै वडा अध्यक्ष देखि सदस्यहरुले फाेन संवादमा बताएका छन् । जाेशिपुर गाउँपालिका वडा नम्...