११ श्रावण २०८१, शनिबार

Tag: अशाेक सुवेदी

बिदा– मेरो प्यारो गुरु, रुँदै भन्छु– बिदा–बिदा !! “कविता” -अशाेक सुवेदी

बिदा– मेरो प्यारो गुरु, रुँदै भन्छु– बिदा–बिदा !! “कविता” -अशाेक सुवेदी

कविता, राजनीति, विचार, शिक्षा
                  कविता खुसी छैन आज यो मन, हाँस्दैन यो रङ्गीन फूल मनै चङ्गा नभए’छि जीवन बन्ने रै’छ शूल प्रियजनको बिछोडले धर्की–धर्की रुन्छ यो मन निर्जन लाग्छन् कोठा–चोटा, बैरागिँदा लाग्छन् यी बन ! उच्च थिए सपना हाम्रा, लक्ष्य थियो शिखरसम्म जस्तासुकै कठिनाइ पार गर्ने क्षितिजसम्म कहाँ लाग्यो, कहाँ दुख्यो, कति गर्यौ ऐयाऽआत्था ? निष्ठुरी त्यो क्रूर मृत्यु किन आयो जस्तो लाग्छ ! ‘भेटौँला नि छिट्टै हामी, कोरौँला नि नयाँ बाटो’ भन्दै मुस्काराउँदै हामी छुटेका थ्यौँ, घरैबाट पत्याउन मुस्किल पर्ने, सहन झन् गाह्रो पर्ने कस्तो बाटो हिँड्यौ तिमी ? प्रियजन नि शोकमै मर्ने ! दख्खल थियो दर्शन र भौतिकवादी सिद्धान्तमा मार्क्सवादी सौन्दर्य र समीक्षा–समालोचना सिर्जना र बौद्धिकता परिचय थियो तिम्रो सरलता, इमानदारी, गम्भीरता छनक तिम्रो ! आफू कता बिलाई गयौ देखाई हाम्लाई एउटा बाटो नपुरिने छ...
विद्रोह र सङ्घर्षमा फूलजस्तै फुल्छ जीवन: अशाेक सुवेदी

विद्रोह र सङ्घर्षमा फूलजस्तै फुल्छ जीवन: अशाेक सुवेदी

कविता, राजनीति, विचार, शिक्षा
"कविता" विद्रोह र सङ्घर्षमा फूलजस्तै फुल्छ जीवन निरन्तर सम्याउनु छ काँडा पाल्ने डाँडाहरू डोजर–आगो लगाएर पन्छाउनु छ काँडाहरू चट्टानहरू फुटाएर बनाउनु छ बाटाहरू जारी नै छ शिखरयात्रा, निरन्तर–निरन्तर ! सहज छैन लक्ष्य चुम्न धेरै चुक्छन् बीचबाटै तर यात्रा अनिवार्य शिखरसम्म सुरुबाटै आउन सक्छन् बाघ–भालु, बीच बाटोमै छेक्नलाई बाढी–पहिरो आउन सक्छ बीचमै यात्रा रोक्नलाई ! कहिलेकहीँ निराशा र थकाइ पनि लाग्न सक्छ जितिछोड्ने अठोट र अभिलाशा भाग्न सक्छ नरहन सक्छ उस्तै दृढ आस्था, लक्ष्य, विश्वास अलमल्याउने, भाँड्ने तत्व हुन सक्छन् क्रियाशील ! कतिलाई लाग्न सक्छ कति लड्ने जीवनभरि ? कोही थाक्न, गल्न सक्छन् लड्दा–लड्दा हार बेहोरी लड्नु जीवन बचाउनु हो, नलड्नेको स्वत्व जान्छ हार्नु, काँप्नु, भाग्नु हुन्न क्रान्ति–लक्ष्य धूमिल हुन्छ ! फार्छ हिमाल, खुल्छ आकाश, हट्दै जान्छ यो तुवाँलो ढिस...
फेरौँ अब मक्किएको आफ्नै घरको खाँबो ! “कविता” अशाेक सुवेदी

फेरौँ अब मक्किएको आफ्नै घरको खाँबो ! “कविता” अशाेक सुवेदी

कविता, राजनीति, विचार, शिक्षा
फेरौँ अब मक्किएको आफ्नै घरको खाँबो ! राती भुक्ने कुकुरले घरको चियो गर्छ दिउँसै भुक्ने भुस्याहाले मनकै दियो मार्छ कोही कुकुर इमानदार, कोही बेइमान भुस्या कुकुर हुँ...हुँ गरी सुत्नै देनन् आज ! सिंहासनमा मोदी–दास, क्वै अम्रिकी दास अनुहार–टोपी नेपालका, साम्राज्यवादी खास लेन्डुपे र चन्द्रशेखर बसी मित लाउँछन् मुखले नेपाल भने पनि दलाल भजन गाउँछन् ! माथि दास, बीचमा दास, तल परम दास सत्तामा छन् साम्राज्यवादी– दासको छैन आस दासमुक्त गर्न स्पार्टाकस चाहिएको छ रक्तरञ्जित रातो झन्डा बोक्ने चाहिएको छ ! जन्मेलान् कि माक्र्स, एङ्गेल्स, लेनिन, स्टालिन माओ, किम, चे, फिडेल, चारु, हो ची, चियाङचिङ यो चैँ होला माओ भन्यो, हुन्छन्–केशर–मोहन स्टालिन नै हुन् कि भन्यो सी हुँ भन्दै दोहन ! बिउ छर्छु लेनिनको ख्रुस्चेब टुसाउँछ स्टालिन–माओ रोप्छु, तेङ पो सुसाउँछ हाम्लाई अब काउत्स्की होइन, माक्र्...
यसकारण अवज्ञाको भागीदार छ राष्ट्र र राष्ट्रियता नै होमिने ‘महायज्ञ’ समय समीक्षा

यसकारण अवज्ञाको भागीदार छ राष्ट्र र राष्ट्रियता नै होमिने ‘महायज्ञ’ समय समीक्षा

कविता, मनाेरन्जन, राष्ट्रिय, शिक्षा, संस्कृति, समाचार
समय बाङ्गोटिङ्गो र अस्वाभाविक रूपमा बहिरहेको छ । आफू माओवादी हौँ भन्दै कम्युनिस्टको झन्डा बोकेर हिँडिरहेका हिजोसम्मका ‘कमरेड’ हरू आज काङ्ग्रेसको चारतारे झन्डा बोकेर ‘जय नेपाल’ भन्दै हिँडिरहेका छन् । त्यस्तै केही समयअघिसम्म दुस्मन सत्ताविरुद्ध लड्दा जङ्गलको एउटै ध्वान्द्रोमा रात बिताएका कमरेडहरू ज्यानी दुस्मन बनेर अर्को कमरेडमाथि साङ्घातिक आक्रमणमा उत्रिएका छन् । एकातिर दलाल पुँजीवादी सत्ता चुनाव अवज्ञा पोस्टर टाँस्ने क्रान्तिकारीहरूमाथि आक्रमण गरिरहेको छ र अर्कातिर हिजोसम्मका वर्गमित्रहरू नै क्रान्तिकारीमाथि धावा बोलिरहेका छन् र भनिरहेका छन्– कपिलवस्तु आक्रमण त कास्टिङ मात्रै हो, अझै ठोकिन्छ, हानिन्छ । धर्मेन्द्र–सुदर्शनहरूले संसदीय सुधारवादी करार गरेर आफूहरूलाई निष्कासन गर्नु र क्रान्ति अघि बढाउनु विप्लव समूहका लागि असह्य बनेको छ । त्यसैले संसदीय चुनावमा जान नपाएको झोक नेकपा (बहुमत) का...