११ आश्विन २०८१, शुक्रबार

Breaking News

शिक्षा विधेयक जलाउने बिद्यार्थी नेताहरु प्रहरीद्वारा गिरफ्तार

शिक्षा विधेयक जलाउने बिद्यार्थी नेताहरु प्रहरीद्वारा गिरफ्तार

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौं।  प्रस्तावित बिद्यालय शिक्षा विधेयक जन बिपरित भयकाे भन्दै साे बिधेयक पत्र जलाउने क्रममा सिंहदबारको गेटबाट अखिल ( क्रान्तिकारी) का नेताहरुलाई प्रहरीले गिरफ्तार गरेकाे छ । मंगलबार दिउसाे सिंहदरबार दक्षिण गेट मा उक्त बिधेयक पत्र जलाउन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल क्रान्तिकारीका बिद्यार्थी नेता उषाकिरण "आजाद" , हरि विष्ट , राजन साउद र राहुल विकलाई प्रहरीले  गिरफ्तार गरेको हाे। नेपाल सरकार ,शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयद्वारा प्रस्तावित विद्यालय शिक्षा विधेयक जनबिपरित भयकाे भन्दै शिक्षक महासंघ लगायन विभिन्न पार्टीका संगठन हरुले बिज्ञप्ति समेत जारि गरि बिराेध जनायका छन ।...
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, जाजरकोटद्वारा संगठन सुदृढीकरण र भ्रष्टाचार निर्मुल अभियान तिब्र

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, जाजरकोटद्वारा संगठन सुदृढीकरण र भ्रष्टाचार निर्मुल अभियान तिब्र

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
जाजरकोट । क्रान्तिकारी कम्युनिस्ट पार्टि नेपाल जिल्ला संगठन समिति जाजरकोटले संगठन सुदृढीकरण र भ्रष्टाचार निर्मुल सम्बन्धिकाे अभियान तिब्र पारेकाे छ । जिल्लामा रहेका सात वटा स्थानीय तह हरुमा भईरहेका बिकास निर्माण का कामहरुमा अनुगमन र निरिक्षण गर्दै , आउने गरेका जनगुनासाे उपर छलफल गर्दै, सबै कामहरुमा पारदर्शिता हुनु पर्ने, ईस्टामेट अनुसार काम हुनु पर्ने र काम गर्दा मजदुर हरुले पनि समयमै पारिश्रमिक पाउनु पर्ने र बिकास निर्माणमा बाधा पुर्‍याउने खालका कदम काेहि कसैले गर्न नहुने पार्टी जिल्ला संयोजक हिमालले बताय । जिल्लाको पूूर्वि इलाका नलगाड नगर पालिका देखि थालिएको अभियान बारेकाेट हुँदै कुशे गाउपालिका सम्म पुगेकाे र क्रमश छेडागाड नगरपालिका ,जुनिचाँदे गाउपालिका हुदै शिवालय गाउपालिका र अन्तिममा भेरि नगर पालिकामा अभियान  संचालन गरिने पार्टी संयाेजक हिमालले बताय । दुई महिने अभियान का ल...
यमुना सिंह लाई बचाउन सहयाेगकाे अपिल गरियकाे छ

यमुना सिंह लाई बचाउन सहयाेगकाे अपिल गरियकाे छ

Breaking News, राष्ट्रिय, विचार, समाचार, स्वास्थ
जाजरकोट। जिल्लाको कुशे गाउपालिका वडा न. २ ढार टाेलमा बस्ने गणेशमान सिंह कि १४ बर्षकी छाेरी यमुना सिंहलाई बाल टिभिकाे काे संकेत देखिय पछि उपचारका लागि  सहयाेगकाे अपिल गरियकाे छ । यमुना सिंह गाउँकै जनकल्याण आधारभुत विध्यालयमा कक्षा ५ कि छात्रा हुन।उनी अरू बालबालिका भन्दा शारीरिक रूपमा हेर्दा ८/९ बर्षकी जस्ती देखिन्छिन । समाजका सबैले भन्छन् कि उमेर अनुसार बालिकाकाे नत ताैल मिल्छ नत उचाइ अन्य बालबालिका भन्दा शारीरिक हिसाबले उनी कम्जोर देखिन्छिन। तर घरयासी काम काज सबै गर्न सक्छीन । यमुना काे घरपरिवारमा जम्मा ७ जना छन् जसमा भाईबहिनी ५ जजा मध्य ३ बहिनी २ भाई मध्य उनी जेठि छाेरी हुन । उनका बुवा गणेशमान सिहं र आमा निर्मला शाही (सिहं) हुन । आमाको माइतीघर जुनिचाँदे गाउँ पालिका वडा न. ११ काेर्ताङ हाे । बालिकाका बाबुआमा गाउँ घरमा दैनिक मजदुरि गरि घर परिवार चलाउन धाैँधाैँ हुने र  समाजमा १२ महिना गाउँ...
आज हरि तालिका (तिज) पर्व पूजा आराधना गरि मनाईदै

आज हरि तालिका (तिज) पर्व पूजा आराधना गरि मनाईदै

Breaking News, मनाेरन्जन, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं ।भदौ शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादि देव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भदौ शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सत्य युगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ । वरदानविपरीत पार्वतीका पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरिन् । यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयको दिन भएकाले त्यही समयदेखि हरितालि...
प्रधानमन्त्री “दाहाल” अमेरिका प्रस्थान

प्रधानमन्त्री “दाहाल” अमेरिका प्रस्थान

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज अमेरिका प्रस्थान गरेका छन्। साँझ ६ बजे कतार एयरलाइन्सको फ्लाइटबाट उनी अमेरिकाको न्युयोर्क गएका हुन्। उनलाई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायत मन्त्रीहरू तथा नेताहरूले बिदाइ गरेका थिए। १८ देखि २६ सेप्टेम्बरसम्म न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ गएका हुन्। भ्रमण टोलीमा प्रधानमन्त्रीको सचिवालयबाट पाँच जना र परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरूको सहभागिता छन्। प्रधानमन्त्रीको सचिवालयबाट स्वकीय सचिव गंगा दाहाल, फोटोग्राफर प्रदीपराज वन्त र दुईजना सुरक्षा गार्ड छन्। महासभाको ७८ औं सभालाई प्रधानमन्त्री प्रचण्डले असोज ४ गते सम्बोधन गर्नेछन्। न्युयोर्कमा रहँदा प्रधानमन्त्री प्रचण्ड दीगो विकास...
जाजरकोटमा चट्याङ् लागेर भैंसी र गाेरु मरे, किसान चिन्तित

जाजरकोटमा चट्याङ् लागेर भैंसी र गाेरु मरे, किसान चिन्तित

Breaking News, अर्थवाणिज्य, कृषि, माैसम, राष्ट्रिय, समाचार
जाजरकोट । जाजरकोट जिल्लामा चट्याङ लागेर दुईवटा भैंसी र दुईवटा गाेरु मरेका छन । शनिबार साँझ परेकाे अविरल वर्षा र चट्याङ ले  जिल्लाको  नलगाड नगरपालिका वडा नं ३ परिकरूवाका खम्ब प्रसाद थापाको गाेठमा  परेको पानी र चट्टयाङका कारण दुईवटा भैंसी मरेका हुन । उता कुशे गाउपालिका वडा न २ माने टाेलमा बस्ने कर्ण बहादुर शाहिका दुईवटा गाेरु पनि चट्याङ लागेर मरेका छन  । दुहुनो भैंसी र सिजनकाे बेला खेति गर्नका लागि पालियका गाेरु मरे पछि किसान चिन्तित छन । जाजरकोटमा पटक-पटक चट्याङले क्षति पुर्‍याउदै आयकाे छ ।, केही बर्षि पहिले  एक जना र केही महिना अगाडि बारेकाेटमा २ जना महिलाको चट्याङ लागेर मृत्यु भयकाे थियाे । केही बर्ष पहिले कुशे पाटनमा चट्याङ लागेर सयाैंकाे संख्यामा भेडा बाख्राहरु पनि मरेका थिय । पटक-पटक प्राकृतिक प्रकाेपका कारण साँस्ती पाईरहेका जाजरकोट बासिका लागि याे अति नै दुखदायी क्षण हाे ...
अखिल (क्रान्तिकारी) काठमाडौं जिल्ला समितिद्वारा हाजिरी जवाफ प्रतियाेगिता कार्यक्रम सम्पन्न

अखिल (क्रान्तिकारी) काठमाडौं जिल्ला समितिद्वारा हाजिरी जवाफ प्रतियाेगिता कार्यक्रम सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौं ।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) काठमाडौं जिल्ला समितीद्धारा आयोजित महानगर स्तरिय हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । शनिबार काठमाडौंको जनकल्याण माध्यमिक विद्यालयमा आयोजित हाजिरी जवाफ प्रतियोगितामा ज्ञानोदय माध्यामिक विद्यालय प्रथम, जनकल्याण माध्यामिक विद्यालय दोस्रो, विश्वनिकेतन माध्यामिक विद्यालय तेस्रो र जुद्धोद्धय माध्यमिक विद्यालयले सान्त्वना स्थान हासिल गरेका छन् । कार्यक्रमका प्रमुख अथिती तथा अखिल (क्रान्तिकारी) का संयोजक मिलन राईले यो देशका हरेक विद्यार्थीहरु भित्र केहिन केही प्रतिभा हुँने गरेको बताउदैं उनले बर्तमान शिक्षा प्रणाली र मुल्यांकन प्रणालीले विद्यार्थीको बास्तविक क्षमताको मुल्यांकन गर्न नसकेको बताए । साथै उनले यस्ता खाले कार्यक्रमको माध्यमबाट विद्यार्थीहरुको आधारभुत रुपमै भएपनी थप क्षमता अभिबृद्धिको लागी मदत ...
मिल चलाउने क्रममा घाईते एक महिला लाई हेलिकप्टरबाट काठमाडौं उद्धार

मिल चलाउने क्रममा घाईते एक महिला लाई हेलिकप्टरबाट काठमाडौं उद्धार

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार, स्वास्थ
जाजरकोट ।जिल्लाको नलगाड नगरपालिका वडा नं ८ कि पशुपति चन्द आफ्नो जिविकाे पार्जनकाे लागि मिल चलाउने क्रममा उक्त मिलमा परेर सिकिस्त घाइते भयपछि हेलिकप्टर मार्फत काठमाडौं उद्धार गरियकाे छ । नलगाड नगरपालिकाकाे आर्थिक सहयोग र जाजरकोटजिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, कर्णाली BBC संवाददाता प्रकाश पन्तको समन्वयमा कैलाश यर लाइन्सद्वारा घाइते पशुपति चन्द लाई काठमाडौ वीर हस्पिटलमा उद्धार गरियकाे हाे । घाईते चन्दकाे टाउकाेमा गम्भीर चाेट लागेकाे बताईयकाे छ।...
राजकीय सम्मान सहित पुर्व सभामुख नेम्वाङकाे अन्त्यष्टि गरियकाे छ

राजकीय सम्मान सहित पुर्व सभामुख नेम्वाङकाे अन्त्यष्टि गरियकाे छ

Breaking News, राष्ट्रिय, विचार, संस्कृति, समाचार
काठमाडौं ।संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनलाई पशुपति आर्यघाटमा छोराहरु मिङसो र सुहाङ नेम्वाङले दागबत्ती दिएका छन् । लगत्तै नेपाली सेनाको टोलीले शोक धुन बजाएको थियो । त्यसअघि नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा ओढाएर र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएर अन्तिम बिदाइ गरेका थिए । नेपाली राजनीतिमा शालीन नेताको छवि बनाएका नेम्वाङको अन्तिम बिदाइमा मानिसहरुको उल्लेख्य उपस्थिति छ । पशुपतिको बागमती किनार क्षेत्र भिडले खचाखच छ । नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्नेहरुको भीडलाई व्यवस्थित गर्न सुरक्षाकर्मीलाई पनि हम्मेहम्मे परेको छ । नेम्वाङको गत मंगलबार निधन भएको थियो । काठमाडौंको बालुवाटारस्थित निवासमै बेहोस भएका उनलाई उपचारका लागि त्रिवि शिक्...
जाजरकोटमा उच्च रक्त श्राप पछि सुत्केरीको मृत्युु

जाजरकोटमा उच्च रक्त श्राप पछि सुत्केरीको मृत्युु

Breaking News, राष्ट्रिय, समाचार, स्वास्थ
जाजरकोट ।जाजरकोट जिल्लाको कुशे गाउँपालिका वडा न.७ समाईलामा एक सुत्केरीको मृत्यु भएको छ । मृत्यु हुनेमा कुशे गाउँपालिका वडा न. ७ समाईला की अन्दाजी ३५ वर्षीया जानुका नेपाली रहेको जिल्ला समन्वय समिति जाजरकोटकी सदस्य विनिता नेपालीले जानकारी दिईन् । घरमै सुत्केरी भएकी नेपालीको साल अट्किएपछि अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको बुझिएको छ । विहीबार विहान ५ बजे घरमै छोरीको जन्म दिएकी नेपालीको साल अट्किएर उच्च रक्तस्रावपछि मृत्यु भएको हो ।...