९ असार २०८३, मंगलवार

Breaking News

भुकम्पकाे असरले जमिन भाँसियाे, बस्तिहरु जाेखिममा

भुकम्पकाे असरले जमिन भाँसियाे, बस्तिहरु जाेखिममा

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, समाचार
जाजरकोट : कर्णाली प्रदेश, जाजरकोट जिल्ला अन्तर्गत कुशे गाउपालिका वडा -२ भेराकाे जमिन,भासिए पछि त्यस क्षेत्रमा पर्ने  बस्तीहरु जाेखिममा रहेका छन ।२०८०/ कार्तिक १७ गते गएकाे भुकम्पकाे असरले जमिनमा हलचल आएपछि यश बर्षकाे लगातार आयकाे बर्षाका कारण उक्त ठाउँको जमिन चिरा-चिरा परेकाे छ । करिब २०० मिटर लम्बाइ र ६०० मिटर चाैडाई क्षेत्रफलको जमीन भासिएकाे र उक्त ठाउँका रुखहरु ढलेका छन्, किसानले लगायका बालिपनि मासिएकाेले करिव ५५ घरदुरी अति जाेखिममा रहेकाे वडा अध्यक्ष मान बहादुर सिंहले बताउनु भयाे। वडा अध्यक्ष सिंहका अनुसार,साे ठाउँका बस्तिहरु - चाेचेओडार, ,डाँडागाउँ,बाह्रसाङले,तिमिल्धारा,खरिक,बिगेतरा,झारगाउँ, बडिखाेला र गासेरा सम्माका बस्तिहरुमा पनि असर पर्ने भयकाले साे क्षेत्रमा पनि सबै जनालाई सचेत हुन जानकारी दिएकाे अध्यक्ष सिंहले बताउनु भयाे ।बर्षा सुरु हुनसाथ घर बाहिर आउनु पर्ने र माथितिर हेर्नु...
भैँसि र बाघकाे भिडन्त पछि बाघकाे मृत्युु,भैंसी घाइते

भैँसि र बाघकाे भिडन्त पछि बाघकाे मृत्युु,भैंसी घाइते

Breaking News, राष्ट्रिय, समाचार
काठमाडौं :मकवानपुरमा भैंसी र बाघकाे भिडन्त पछि बाघ मरेकाे छ र भैँसी घाइते भयकाे छ। बिहीबार बिहान मनहरी गाउँपालिका ६ प्रतापपुरस्थित बलबहादुर राईको गोठमा बाघ मृत भेटिएको इलाका प्रहरी कार्यालय, मनहरीले जनाएकाे छ। बाघको आक्रमणमा परी भैंसी घाइते भएकाे छ।प्रहरीले प्रारम्भिक अनुसन्धान गर्दा भैंसीकाे आक्रमणमा परी बाघकाे मृत्यु भएकाे जनाएकाे छ। प्रहरीका अनुसार चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ सेक्टर सौराहा ब्यारेकबाट खटिएको नेपाली सेनाको टोलीले मरेकाे बाघ लिएर गएकाे छ। बाघकाे घाँटीभन्दा तल्लाे भागमा चाेट लागेकाे प्रहरीले जनाएकाे छ। इलाका प्रहरी कार्यालय, मनहरीबाट प्रहरी र पर्सा वन्यजन्तु आरक्ष सुरक्षार्थ खटिएको मध्यवर्ती क्षेत्र पदमपोखरी सेक्टर लामिटार व्यारेकबाट नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो। घटनास्थल चितवन राष्ट्रिय निकुञ्जबाट करिब ३ सय मिटर पर रहेको छ।...
पहिराेले अस्थायी टहरा पुर्‍याे, एकै घरका तीन जनाकाे मृत्युु

पहिराेले अस्थायी टहरा पुर्‍याे, एकै घरका तीन जनाकाे मृत्युु

Breaking News, माैसम, राष्ट्रिय, समाचार
जाजरकोट : नलगाड नगरपालिका वडा नम्बर-२ माझगाउँ जाजरकोटमा  पहिरोले घर अस्थायी टहरा पुरिदा तीन जनाको मृत्यु भएको छ । गएराति गएको पहिरोले घर पुरिदा तीन जनाको मृत्यु भएको हाे ।पहिरोमा परी ४२ वर्षीय लाल बहादुर परियार र उनकी श्रीमती ३४ वर्षीया मनीषा परियार र २ वर्षका छोरा शुभम परियारको मृत्यु भएको छ । वडा नम्बर २ का अध्यक्ष पूर्णबहादुर खत्रीका अनुसार भूकम्पले घर भत्किएपछि लालबहादुर परियारको परिवार अस्थायी टहरामा बस्दै आएको थियो । अविरल वर्षा पछि आयकाे पहिरोले अस्थायी टहरा भत्काइदियो, दु:खद् घटना भयो । ठाउँठाउँमा पहिरो गएकाले जाजरकोटका विभिन्न बस्तिहरुमा जाने सडक अवरुद्ध हुनुकै साथै विद्युत पनि अवरुद्ध भएको वडाध्यक्ष खत्रीले जानकारी दिए ।...
लगातार वर्षा संगै आयकाे पहिराले छिन्चु-जाजरकोट सडक अवरुद्ध

लगातार वर्षा संगै आयकाे पहिराले छिन्चु-जाजरकोट सडक अवरुद्ध

Breaking News, पुर्वाधार, माैसम, यातायात, राष्ट्रिय, समाचार
जाजरकोट :लगातार वर्षा संगै आयकाे पहिराेले छिन्चु-जाजरकोट सडक अवरुद्ध भएको छ। शुक्रबार बेलुकी देखि लगातार परेको पानीले छेडागाड नगरपालिका र भेरी नगरपालिकाअन्तर्गत ठाउँ–ठाउँमा पहिरो गएपछि सडक अवरुद्ध हाे। भेरी करिडोरअन्तर्गत पर्ने भेरी नगरपालिका–१३ कुदु, वडा नं ४ को बाेहरा गाउँ नजिकैको खहरेखोलाकाे भीर र छेडागाड नगरपालिका-१२ कालापहाड नजिक पहिरो खसेर सडक अवरुद्ध भएको छ।भेरी नगरपालिका–११ स्थित खोदाखोला नजिक पनि खसेको पहिरोले  सडक अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख पुरुषोत्तमप्रसाद पाण्डेका अनुसार छिन्चु–जाजरकोट सडकअन्तर्गत छेडागाड नगरपालिका–१२ काला पहाडबाट तल्लु बगरसम्मको सडकका ठाउँठाउँमा पहिरो खसेकाले सडक अवरुद्ध भएको हो। केही स्थानमा पहिरो हटाए पनि शनिबार बिहान फेरि कुदु र मटेलामा पहिरो खसेका कारण अहिले करिडोरभित्रको छिन्चु–जाजरकोट सडक अवरुद्ध भयकाे प्रहरी पमुख पाण्डेले जानक...
हिमताल पुटेर आयकाे पहिराेले, साेलुखुम्बुकाे खुम्बु-थामे क्षेत्रमा ठुलाे क्षति

हिमताल पुटेर आयकाे पहिराेले, साेलुखुम्बुकाे खुम्बु-थामे क्षेत्रमा ठुलाे क्षति

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, समाचार
काठमाडौं :सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका ५ मा पर्ने खुम्बु थामे क्षेत्रमा हिमताल फुटेर आएको लेदोसहितको बाढीले तीन घर बगाएको छ । यस्तै ५ वटा घर र एउटा होस्टल जोखिममा परेको सोलुखुम्बु प्रहरी प्रमुख डीएसपी द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए । घटनास्थलमा नेपाली सेनासहितको टोली पुगिसकेको उनले जानकारी दिए । तीन घर बगाएको ५ वटा घर र एउटा होस्टल जोखिममा परेको विवरण आएको छ । मानवीय क्षतिको विवरण छैन । नेपाली सेनाद्वारा उद्धारको कार्य भइरहेको छ, उनले भने ।  नेपाली सेनाका अनुसार ६ जनाको उद्धार गरिएको छ । ठुलाे क्षति भयकाे अनुमान गरिएको छ।  ...
“शाषकहरुले क्रान्तिलाई भुत बनाए क्रान्ति भुत हाेईन् आमुल परिवर्तनको बाटो हाे” समरजंग

“शाषकहरुले क्रान्तिलाई भुत बनाए क्रान्ति भुत हाेईन् आमुल परिवर्तनको बाटो हाे” समरजंग

Breaking News, राजनीति, विचार
कास्की :श्रमिक कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय संयाेजक पुर्ण बहादुर सिंह समरजंगले "शाषकहरुले क्रान्तिलाई भुत बनाए क्रान्ति भुत हाेईन् आमुल परिवर्तनको बाटो हाे" भनेका छन ।युवा नेता सिंहकाे नेतृत्वमा गठित श्रमिक कम्युनिस्ट पार्टी नेपालले “जनतामा जाओैं जनताको सेवा गराैं !!” भन्ने नाराका साथ मेचीमहाकाली – हिमाल पहाड तराईको पहिलो चरणको अभियान क्रममा कंचनपुर महेन्द्रनगर, धनगढी, कैलाली लम्कि, बर्दिया, बाँके, दाङ, बुटवल, पाल्पा,स्याङ्जा हुँदै कास्की पुगेका उनले यस्तो बताएका हुन् । उनले विभिन्न जिल्ला संगठन समितका सदस्यहरुकाे बिचमा भेटघाट, छलफल तथा निर्देशन दिदै उक्त कुरा बताएका हुन् । उनले जनता माथि राजनीति हाेईन्, जनताको लागि राजनीति गर्नुपर्ने समेत बताए।आमुल परिवर्तनमा आम जनतालाई सुख, शान्ति, समृद्धि, अमनचयन हुन्छ तर शाषकहरुले आफ्नाे शासन बचाई राख्न यस्तो बनाएको बताए त्यसैले उनिहरुले ज...
“विचारधारात्मक रूपमा पुनर्गठन गर्दै वर्ग संघर्षलाई अगाडि बढाउनेछाै”- बास्तोला

“विचारधारात्मक रूपमा पुनर्गठन गर्दै वर्ग संघर्षलाई अगाडि बढाउनेछाै”- बास्तोला

Breaking News, राजनीति, विचार
काठमाडौं :नेकपा बहुमतले बुधबार संवाद डबलीमा आयोजना गरेकाे पत्रकार सम्मेलनमा बोल्दै नेता धर्मेन्द्र बास्तोलाले विचारधारात्मक रूपमा पुनर्गठन गर्दै वर्ग संघर्षलाई अगाडि बढाउने बताए ।उनले विचार मिल्नेसँग एकता र सहकार्यलाई जारी राख्ने समेत बताए ।बास्तोलाले नेपाली कांग्रेस र नेकपा एमाले पश्चगामी शक्ति भएको बताउँदै उनीहरूले संविधान संशोधनको नाममा पछाडि फर्किन खोजेको दाबी समेत गरे । ‘वर्ग संघर्षलाई नयाँ उचाइमा उठाउन किरण कमरेडले नेतृत्व गरेको पार्टी र हाम्रो पार्टीबिच एकता भएको हो । तर, उहाँ जडसुत्रवादी सोँचभन्दा माथि उठ्न सक्नु भएन । युवाले कम्प्युटर मागेको छ, हसिया दिएर घाँस काट्न पठाउने वैद्य कमरेडको तरिकाले एकता सफल हुन सकेन’, उनले भने । कांग्रेस–एमाले भ्रष्टाचारका काण्डैकाण्ड घटाएका आएको बताउँदै बास्तोलाले भने,‘कांग्रेस र एमाले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर पैसा कमाउने प...
काठमाडौं देखि रसुवा उडेकाे हेलिकप्टर नुवाकोटकाे सिवपुरीमा दुर्घटना, ४ जना चिनिया नागरिक र १ नेपाली काे ज्यान गयाे ,

काठमाडौं देखि रसुवा उडेकाे हेलिकप्टर नुवाकोटकाे सिवपुरीमा दुर्घटना, ४ जना चिनिया नागरिक र १ नेपाली काे ज्यान गयाे ,

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार
काठमाडौं :काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको ९एन एजेडी हेलिकप्टर नुवाकोटको शिवपुरी डाँडामा दुर्घटना भएको हो ।हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । हेलिकप्टरमा अन्य चार जना चिनियाँ पर्यटक सवार थिए । चिनियाँ पर्यटकमा जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु –महिला) र जेमिङ सी (पुरुष) रहेका छन् ।...
काठमाडौंबाट रसुवा गयकाे हेलिकप्टर बेपत्ता

काठमाडौंबाट रसुवा गयकाे हेलिकप्टर बेपत्ता

Breaking News, पुर्वाधार, यातायात, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं :रसुवाको स्याफ्रुबेसी गएको एयर डाइनेस्टीको - ९एन-एजेडी हेलिकप्टर बेपत्ता भएको छ ।त्रिभुवन विमानस्थल स्रोतका अनुसार हेलिकप्टर १ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको थियो । हेलिकप्टर नुवाकोटको सूर्यचौर भन्ने स्थानपछि सम्पर्कमा नआएको बताइएको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले शिवपुरी-७ सूर्य चउर एरियामा हेलिकप्टर देखिएको जानकारी स्थानीयले गरे पछि अहिले प्रहरी सो स्थानमा जाँदै गरेको जानकारी दिए ।घटनाबारे थप विवरण आउन बाँकी छ ।...
जाजरकोट जिप दुर्घटना अपडेट, चालक वलिकाे मृत्युु १४ जना घाइते

जाजरकोट जिप दुर्घटना अपडेट, चालक वलिकाे मृत्युु १४ जना घाइते

Breaking News, यातायात, राष्ट्रिय, समाचार
जाजरकोट :जाजरकोटमा जिप दुर्घटना हुँदा जिप चालक मान बहादुर वलिकाे मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ।सबै घाइतेको स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा उपचार भइरहेको छ।  खलंगाबाट भेरी नगरपालिका– ६ नेटाबजार जाँदै गरेको ग.१ज ७७११ नम्बरको बोलेरो जिप सदरमुकामदेखि करिब १० किलोमिटर पश्चिम भेरे भन्ने स्थानमा दुर्घटना भएको हो। दुर्घटनाग्रस्त जिप सडकबाट करिब २५० मिटर तल खसेको प्रहरीले जनाएको छ। घाइते हुनेमा भेरी नगरपालिका ६ बिर बहादुर पुनको छोरी १७ बर्षिया सिता पुन र सोही ठाँउका बर्ष ८० बर्षका कलिमान खत्री गंभिर घाइते भएका छन् । दुवै जनाको होस खुल्न सकेको छैन ,२८ बर्षकी सपना बि.क. सार्की, सोही ठाँउकी बर्ष ३५ कि भुमिका शाही, बर्ष १९ कि दुर्गा पुन, बर्ष १९ कि बिन्दु शाही, बर्ष ५५ कि मोति लुहार, बर्ष २८ कि भुमिकला राना घर्ती, उनको चार महिनाको छोरा प्रज्वल घर्ती र...