१० पुष २०८२, बिहीबार

Breaking News

“रिम्ना मेला तथा साँस्कृतिक महाेत्सव” आज देखि संचालन हुदै

“रिम्ना मेला तथा साँस्कृतिक महाेत्सव” आज देखि संचालन हुदै

Breaking News, कृषि, पर्यटन, मनाेरन्जन, राष्ट्रिय, संस्कृति, समाचार
जाजरकोट : कर्णाली प्रदेश अन्तर्गत जाजरकोट जिल्लाको सुन्दर र रमाइलो ठाउँ रिम्नामा आज देखि "रिम्ना मेला तथा साँस्कृतिक महाेत्सव" संचालन हुदैछ ।आज,जेष्ठ ७ देखि २० गते सम्म संचालन हुने मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुकाे प्रस्तुति रहने बताइयकाे छ । “जाजरकोट समृद्धिको आधार, कला संस्कृति पर्यटन उद्योग र व्यापार” भन्ने मुल नाराका साथ प्रथम रिम्ना व्यापार तथा साँस्कृतिक महोत्सव सञ्चालन हुने भएको हो । जाजरकोट र रुकुम पश्चिमको सिमानामा पर्ने रिम्नामा आयोजना हुने व्यापार मेला तथा साँस्कृतिक महोत्सवले स्थानीय कला संस्कृतिको संरक्षण तथा प्रबर्द्धन गर्नुका साथै जिल्लाको पर्यटन र स्थानीय उत्पादनको बजारिकरणमा समेत सहयोग पुग्ने कला संस्कृति पर्यटन प्रबर्द्धन मञ्चका अध्यक्ष डिल्ली परियारले बताए । कला संस्कृति पर्यटन प्रवर्द्धन मञ्च कर्णाली प्रदेश सुर्खेतको आयोजना तथा भेरी त्रिवेणी युवा क्लवको सह...
क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ।

क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ।

Breaking News, खेल, मनाेरन्जन, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं :बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ। न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले  जिल्ला अदालत काठमाडौंको फैसला बदर गर्दै लामिछानेलाई सफाइ दिएको हो। अदालत स्रोतका अनुसार प्रमाण नपुगेको भन्दै लामिछानेलाई सफाइ दिएको हो। जिल्ला अदालत काठमाडौंले जबरजस्ती करणी मुद्दामा लामिछानेलाई ८ वर्ष कैद सजाय र ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउनुपर्ने फैसला गरेको थियो। न्यायाधीश शिशिरराज ढकालको इजलासले ८ वर्ष कैदका साथै लामिछानेबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउनुपर्ने फैसला गरेको थियो। त्यसपछि लामिछाने बलात्कार मुद्दामा आफू निर्दोष रहेको दावी गर्दै फागुन २० गते उच्च अदालतमा पुनरावेदन दर्ता गराएका थिए। बुधबार दुवै पक्षका वकिलहरूको बहसका साथै जवाफी बहस सकिएपछि सर्वोच्चले लामिछानेलाई सफाइ दिएको हो। बहसपछि न्यायाधी...
नवऔपनिवेशिक पुँजीवादी संसदीय व्यवस्था विरुद्ध विद्रोह गर्नु युगीन कार्यभार हाे : भट्ट

नवऔपनिवेशिक पुँजीवादी संसदीय व्यवस्था विरुद्ध विद्रोह गर्नु युगीन कार्यभार हाे : भट्ट

Breaking News, राजनीति, विचार, शिक्षा
काठमाडौं : नवऔपनिवेशिक पुँजीवादी संसदीय व्यवस्था र त्यसद्वारा निर्देशित एवम् सञ्चालित शिक्षा प्रणालीका विरुद्ध विद्रोह गर्नु युवा विद्यार्थीको नयाँ युगीन कार्यभार भएको अनेरास्ववियु(क्रान्तिकारी) का केन्द्रीय संयाेजक नवराज भट्टले बतायका छन् । जेठ १ गते विद्यार्थी दिवसका सन्दर्भमा शुभकामना वक्तव्य जारी गर्दै भट्टले भने- "नेपाली विद्यार्थी आन्दोलन बलशाली रहेको छ । विद्यार्थी आन्दोलन सङ्घर्ष, बलिदान र विजयको पर्याय हो । विद्यार्थी आन्दोलनले राणा, पञ्चायत र राजतन्त्र बढार्याे ।" उनले थप भनेका छन -सर्वप्रथम ६० औं विद्यार्थी एकता दिवसको सन्दर्भमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।माेहन वैद्य नेतृत्वको  क्रान्तिकारी कम्युनिस्ट पार्टीबाट बिद्रोह गरेका संयोजक भट्टद्वारा जारी वक्तव्य जस्ताको त्यस्तै -"नेपाली विद्यार्थी आन्दोलन बलशाली रहेको छ । विद्यार्थी आन्दोलन सङ्घर्ष, बलिदान र विजयको पर्याय हो । व...
ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका प्रतिनिधिमण्डलले उद्योग,बाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारी लाई बुझायो सातबुँदे ज्ञापन पत्र

ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका प्रतिनिधिमण्डलले उद्योग,बाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारी लाई बुझायो सातबुँदे ज्ञापन पत्र

Breaking News
काठमाडौं । ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका केन्द्रिय अध्यक्ष ठुलोबाबु श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि मण्डललेनेपाल सरकार उद्योग,बाणिज्य तथा आपुर्ति मन्त्री माननीय दामोदर भण्डारी संग भेट गरि आम ग्रील तथा स्टील ब्यवसायीहरुको पिर मर्का र उत्थानको बिषयमा सात बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । ग्रील तथा स्टील ब्यवसायीहरुको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री भण्डारीले त्यसलाई कसरी कार्यन्वयनमा लैजान सकिन्छ भन्ने बिषयमा मन्त्रालयका सचिव कष्ण बहादुर राउत तथा सहसचिव जीवलाल भुषाल संग समन्वय गराउनु भएको थियो । महासंघका अध्यक्ष ठुलोबाबु श्रेष्ठले सात बुँदे निम्न मागहरु मन्त्री समक्ष पेश गर्नु भएको थियो १) फलाम तथा स्टील जन्य सामाग्रको उत्पादनगर्ने कम्पनि या कारखानालाई नेपाल सरकारको करको दायरामा ल्याउन निश्चित मापडण्डबनाई, अन्य उद्योग वा कारखानाले झैं ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालको ...
युवा व्यवसायी तथा समाजसेवी घिमिरे सम्मानित

युवा व्यवसायी तथा समाजसेवी घिमिरे सम्मानित

Breaking News
काठमाडौ । नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका सचिव समाजसेवी तथा युवा व्यवसायी श्याम कुमार घिमिरे सम्मानित हुनुभएको छ । शनिबार फोकस नेपालले सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर), जमलमा नयाँ बर्ष २०८१ को शुभ अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नागरिक जनजीवनका लब्ध प्रतिष्ठित र विशिष्ट महानुभावहरूको उपस्थितिमा आयोजना गरेको “समुन्नत नेपाल निर्माणमा सामाजिक संघ संस्थाहरुको भूमिका” विषयक विचार गोष्ठी तथा सांस्कृतिक कार्यक्रमा प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष सम्मानीय नारायण प्रसाद दाहालले भव्य समारोहका बीच घिमिरेलाई सम्मान गर्नु भएको हो। सामाजिक कार्यमा सक्रिय सम्मानित घिमिरेले नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका सचिव ,काठमाडौँ जेसिजको महासचिव,नर्थ स्टार सेकेण्डरी स्कुल व्यवस्थापन समितिको अध्यक्ष हुदै पलान्चोक डेरी उधोगका संचालक अन्य दुग्धजन्य व्यावसायिक क्षेत्रमा समेत आवद्ध छन् । स...
युवा पर्यटन व्यवसायी रोहित कार्की सम्मानित

युवा पर्यटन व्यवसायी रोहित कार्की सम्मानित

Breaking News
काठमाडौं । होलिडे ट्रिप नेपाल ट्राभल एण्ड टुर्स प्रालिका प्रवन्ध निर्देशक ,युवा पर्यटन व्यवसायी तथा गोखार्ली रग्बी क्लबका संस्थापक अध्यक्ष समाजसेवी रोहित कार्की सम्मानित भएका छन् । शनिबार फोकस नेपालले सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर), जमलमा नयाँ बर्ष २०८१ को शुभ अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नागरिक जनजीवनका लब्ध प्रतिष्ठित र विशिष्ट महानुभावहरूको उपस्थितिमा आयोजना गरेको “समुन्नत नेपाल निर्माणमा सामाजिक संघ संस्थाहरुको भूमिका” विषयक विचार गोष्ठी तथा सांस्कृतिक कार्यक्रमा प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष सम्मानीय नारायण प्रसाद दाहालले भव्य समारोहका बीच कार्कीलाई सम्मान गर्नु भएको हो। सामाजिक कार्यमा समेत सक्रिय सम्मानित जोशीला युवा कार्की विभिन्न सामाजिक संघसंस्थामा आवद्धता भएका निरन्तर काम गर्न सक्ने क्षमतावान, दक्ष र उदाहरणीय युवा उद्यमी अभियन्ता पनि हुन् । पर्यटन व्यव...
वैद्य र शन्त बहादुर नेपालीको पार्टी बिच एकता, पार्टीको नाम क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रहने

वैद्य र शन्त बहादुर नेपालीको पार्टी बिच एकता, पार्टीको नाम क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रहने

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं : माेहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र शन्त बहादुर नेपाली नेतृत्वको नेकपा मशाल बिच पार्टी एकता सम्पन्न भयकाे छ । बुधबार मई १ अन्तर्राष्ट्रिय श्रमिक दिवसका दिन काठमाडौंमा दुई पार्टी बिच एकता भई पार्टीको नाम क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रहने घाेषणा गरियकाे छ। एकता अधिवेशनबाट पार्टीको अन्तरिम राजनीतिक प्रतिवेदन र विधान पारित गरिएको छ । पार्टीको नेतृत्वमा संयोजक र सहसंयोजक रहने प्रणाली बनाएको छ । एकता अधिवेशनले नव गठित पार्टीको संयोजकमा मोहन वैद्य किरण, बरिष्ठ नेतामा सिपी गजुरेल र सहसंयोजकमा सन्तबहादुर नेपाली र धर्मेन्द्र बास्तोला रहने सहमतिलाई पनि पारित गरेको छ । एकता अधिवेशनले २५ जनाको कार्यालय सदस्य , १०८ जनाको सचिवालय र ३१९ जनाको एकता महाधिवेशन आयोजक समिति बनाएको छ भने कार्यालय सदस्यहरुबाट सात जना रहेको ‘कार्य सम्पादन मण्डल’ पनि बनाएको छ ...
वैद्यकाे एकतालाई अस्वीकार गर्दै भारतमा पनि फुट, ४१ सदस्यीय केन्द्रीय कमिटी पुर्नगठन

वैद्यकाे एकतालाई अस्वीकार गर्दै भारतमा पनि फुट, ४१ सदस्यीय केन्द्रीय कमिटी पुर्नगठन

Breaking News, अन्तर्राष्ट्रिय, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं : माेहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल समर्थित अन्तर्राष्ट्रिय विभाग अन्तर्गत भारतमा रहेको प्रवासी संगठनले एकता अस्वीकार गरेको छ ।अखिल भारत प्रवासी नेपाली एकता समाज फुटेर भक्त पुनकाे संयाेजकत्वमा ४१ सदस्यीय नेपाली एकता समाज भारत केन्द्रीय समिति पुनर्गठन गरेको छ ।बुधबार मई १ का दिन नेपालमा शन्त बहादुर नेपाली नेतृत्वको पार्टी नेकपा मशाल संग पार्टी एकता चलिरहेकै वेला उता भारतमा नेपाली एकता समाज भारत केन्द्रीय समितिको भेला तथा १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस भयकाे थियाे । केन्द्रीय उपाध्यक्ष शाेभाकर अधिकारीको अधक्ष्यतामा सम्पन्न  उक्त केन्द्रीय भेला सम्पन्न भएको पुनर्गठित संगठनका महासचिव सुरज कुमारले जानकारी दिय। उक्त संगठनका केन्द्रीय नेताले भन्ने "वैद्यले एकताकाे नाममा क्रान्तिकारी आन्दोलन भुत्ते बनाउन लागेका हामीले निरन्तर क्रान्तिका लागि साथ दिन यस...
पाल्पा जिल्ला संयाेजक सहित सिंगाे कमिटि वैद्य संग नरहने घाेषणा

पाल्पा जिल्ला संयाेजक सहित सिंगाे कमिटि वैद्य संग नरहने घाेषणा

Breaking News, राजनीति, विचार, समाचार
पाल्पा : माेहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल पाल्पा जिल्ला संयाेजक दिग्दर्शन सहित सिंगाे टिमले बिद्रोह काे घाेषणा गरेकाे छ ।मंगलबार एक विज्ञप्ति जारि गर्दै सिंगाे जिल्ला कमिटिले पार्टीकाे कुनै सदस्य समेत नरहने जनायकाे छ । पार्टीका सहसंयाेजक र बिद्यार्थी अध्यक्ष बाहेक सबैले बिद्रोह गरेकाे एक जिल्ला नेताले बताय । विज्ञप्तिमा भनियकाे छ :"व्यवहारले दर्शनलाई चुम्नेछ, दर्शनले सिद्धान्तलाई चुम्नेछ, सिद्धान्तले कार्यदिशालाई चुम्नेछ, कार्यदिशाले संगठनलाई चुम्नेछ, संगठनले विजयलाई चुम्नेछ, विजयले हामीलाई फेरि नयाँ व्यवहारमा पुनः फर्काउछ। हामी नत वस्तुवादि भयौ, नत व्यवहारिक भयौं, नत विजयी केही पनि हुन सकेनौं। पार्टीमा २०८० मंसिर देखि रुपान्तरणको महान प्रक्रिया शुरु गर्दै पुनः लिखित रुपमै ९ वटा जिल्ला र दुईवटा जबस मोचर्चामा रहेका ३१ जना प्रदेश संगठन समितिका सदस्य हामीहरुल...
माेहन वैद्यसंग अलगीए, सिंह लगायतका प्रभावशालि नेताहरु

माेहन वैद्यसंग अलगीए, सिंह लगायतका प्रभावशालि नेताहरु

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं :मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालबाट सचिवालय सदस्य लगायतका शिर्ष नेताहरु अलगियका छन्। पार्टीका सचिवालय सदस्य तथा युवा नेता पुर्ण बहादुर सिंह ‘समरजङ’,स्कुलिङ्ग बिभागका प्रभावशाली नेता तथा लेखक खेम थपलिया, प्रकाशन बिभागका सह सयाेजक अशाेक सुवेदी, किसान संगठनका सह- सयाेजक हरि श्रेष्ठ , मजदुरका सह -संयाेजक बिनाेद थापा, बिद्यार्थी नेता नवराज भट्ट , केन्द्रीय सदस्य माधव गाैतम, रण बहादुर बि.क. सहितको टिमले बिद्रोह गरेको हो। साेमबार राजधानीमा आयोजित विशेष पत्रकार सम्मेलन मार्फत उक्त जानकारी गराएकाहुन ।एक वर्ष अगाडी नेकपा बहुमत र क्रान्तिकारी माओवादी एकताबाट बनेको उक्त दल ठिक एक वर्षमा फुटेको हो । पार्टी एकतापछी जनताका मुद्दाहरूमा छलफल केन्द्रित नभएर अमुक नेताका आ-आफ्ना मान्छे सेटिङ्गगर्न किचलो र झगडा बढी भएको भन्दै नेता सिंहको नेतृत्वमा गत पौषमा ७ बुद्दे मागपत्र पा...