९ असार २०८३, मंगलवार

Breaking News

नारायणगढ- मुग्लिन सडक खण्डको सिमतालबाट टृक त्रिशूलीमा खस्याे

नारायणगढ- मुग्लिन सडक खण्डको सिमतालबाट टृक त्रिशूलीमा खस्याे

Breaking News, यातायात, राष्ट्रिय, समाचार
काठमाडौं :नारायणगढ- मुग्लिन सडकखण्डको सिमलताल भन्ने ठाउँबाट एउटा ट्रक त्रिशूली नदी किनारमा खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी भेषराज रिजालले दिएको जानकारी अनुसार ना ६ ख ६२८३ नम्बरको ट्रक त्रिशूली नदी किनारमा खसेको हो ।यसअघि, असार २८ गते सिमलताल क्षेत्रबाट दुईवटा बस त्रिशूली नदीमा खसेका थिए । बसका ६२ जना यात्रुहरुमध्ये २४ जनाको मात्र शव भेटिएको थियो । ट्रक त्रिशूली नदीमा पुग्नबाट भने जोगिएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।...
जाजरकोटमा चट्याङ् लागेर एक महिलाको ज्यान गयाे

जाजरकोटमा चट्याङ् लागेर एक महिलाको ज्यान गयाे

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, समाचार, स्वास्थ
जाजरकोट :चट्याङ् लागेर भेरी नगरपालिका–२ पोखराकी एक महिलाको मृत्यु भएको छ । चट्याङले घाइते महिलालाई उपचारका लागि जिल्ला अस्पतालमा पुर्‍याई सकेपछि मृत्यु भएको हो । सनिबार बेलुका ५:४५ बजेतिर घर नजिकै परेको चट्याङले भेरी नगरपालिका–२ पोखराका मोहनलाल कामीकी ५५ बर्षीय श्रीमति कौशिला कामी गम्भीर घाइते भएकी थिइन् । चट्याङ लागेर कौशिला घाइते भएको खबर पाएपछि पाँचकाटिया प्रहरी चौकीमा कार्यरत वरिष्ठ प्रहरी हलदार गेद बहादुर चन्दको कमाण्डमा ४ जनाको प्रहरी टोली घटना स्थलमा पुगेको थियो । कामीको घर छेउमा बाँधेको एक भेडा चट्याङ्ग लागेर मरेको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार चट्याङ लागेर गम्भीर घाइते कौशिलालाइ जिल्ला अस्पताल, जाजरकोटमा बेलुका ८ बजे पुर्‍याइयकाे थियो । जिल्ला अस्पतालमा कार्यरत चिकित्सकले कौशिलाको चेकजाँच गर्दा बेल...
तेमाल गाउँपालिकाको सहकार्यमा सारा मल्टिमिडियाले निर्माण गरेको “तेमाल एक परिचय ”वृतचित्र सार्वजानिक

तेमाल गाउँपालिकाको सहकार्यमा सारा मल्टिमिडियाले निर्माण गरेको “तेमाल एक परिचय ”वृतचित्र सार्वजानिक

Breaking News
काठमाडौं । सारा मल्टिमिडिया प्रा.लि.ले तेमाल गाउँपालिका संग सहकार्यगरि निर्माण गरेको “तेमाल एक परिचय ”वृतचित्र सार्वजानिक गरेको छ । बौद्ध जोरपाटी स्थित स्हेनोर हाउस मा एक पत्रकार सम्मेलन गरि सो वृतचित्र सार्वजानिक गरिएको हो । तामाङ पत्रकार संघका केन्द्रिय सदस्य सुदिङ दोङले संचालन गर्नुभएको कार्यक्रममा सारा मल्टिमिडियाले संचालन गरेको साराखबर डटकमका नेपाल प्रतिनिधि तथा सह सम्पादक डि.बि.पराजुलीको सभापतित्व र तेमाल गाउँपालिकाका निवर्तमान अध्यक्ष एवं प्रथम जननिर्वाचित जनप्रतिनिधि सलाम सिं तामाङको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल तामाङ घेदुङका महासचिव तथा संचारकर्मी जगत दोङ,नेपाल राष्ट्रिय तामाङ घेदुङका महासचिव प्रविन बल,तामाङ चलचित्र संघका बागमती प्रदेशका पुर्व अध्यक्ष तथा समाजसेवी आसमान वाईबा,युवानेता गोबिन्द तामाङ, युवा नेतामान तामाङ मोक्तान,लालकाजि लामा,बौद्धिक ब्यक्तित्व सर...
श्रमिक कम्युनिस्ट पार्टी निकट कास्कीको मजदुर संगठनकाे भेला तथा प्रशिक्षण सम्पन्न

श्रमिक कम्युनिस्ट पार्टी निकट कास्कीको मजदुर संगठनकाे भेला तथा प्रशिक्षण सम्पन्न

Breaking News, राजनीति, विचार, समाचार, सुचना संचार
पाेखरा : कास्कीकाे पाेखरामा श्रमिक कम्युनिस्ट पार्टी नेपाल निकट अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासंघ,कास्कीको तथा प्रशिक्षण सम्पन्न भएको छ । उक्त भेलाले देविलाल परियारको नेतृत्वमा ३१ सदस्य जिल्ला संगठन  समिति गठन गरेको छ । जिल्ला समितिमा सह-संयाेजक प्रेम गिरी, सह-संयाेजक गिता सुनवार, छिरिङ तामाङ, संम्झना मिजार, विकास वाेगटी, मान व नेवार, पप्पु शाहा, मन्जु नेपाली, शिव विक, उजेलि नेपाली, सिताराम मिजार, मान बहादुर गुरुङ, दुर्गा वहादुर गुरुङ, सुजन मगर, दिल प्रसाद पाैडेल, कुमारी पुन, मैता तामाङ, गिता मगर, गाेकुल थापा, रत्ना लामा, संदिप राई, मिना घले, कुमार नेपाली, जुठे नेपाली, दिल कुमार राेक्का, दल ब मिजार, राहकुमार राम, शिबजी राम, पिङकि नेपाली, देउरुपा परिवार र रुपा थापा चयन गरेको छ भने निर्माण संयाेजक विकास वाेगटी, खानि संयाेजक छिरिङ तामाङ, पर्यटन संयाेजक प्रेम गिरी, वैदेशिक संयाेजक सम्...
श्रमिक कम्युनिस्ट पार्टी निकट, वैदेशिक श्रमिक संघकाे पुनर्गठन

श्रमिक कम्युनिस्ट पार्टी निकट, वैदेशिक श्रमिक संघकाे पुनर्गठन

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं : श्रमिक कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ अन्तर्गत अखिल नेपाल क्रान्तिकारी वैदेशिक श्रमिक संघकाे पुर्नगठन भएको छ । महासंघले उपत्यका केन्द्रीत चार महिने अभियान संचालन गरिएको छ । “आउनहाेस हातेमालाे गराैं ! श्रमिक हाम्राे साथि भराेसा गराै उहांहरु माथि !!” भन्ने मुल नारा सहित संचालन भएको अभियानमा  महासंघ अन्तर्गत अखिल नेपाल क्रान्तिकारी वैदेशिक श्रमिक संघकाे समितिमा संयाेजक भुमिका सिंजालिलाई चयनका साथ पुर्नगठन गर्दै १७ सदस्यिय आयाेजक समिति गठन गरेको हाे । पुनर्गठन समितिमा रामचन्द्र थापा, देवराज खडका, महेन्द्र वर्मा, धुर्व अर्याल, सागर पुनमगर, विश्वास तामङ, हरिशरण तामङ, जानकी रावल, यादव निराैला, राम बन्जाडे, विगु अन्सारी, राजेन्द्र रावल, जयराम चाैधरी, गाेपाल बस्याल, दिपक वहादुर सुनुवार लगायत चयन हुनु भएको छ । कार्यक्रम अखिल नेपाल क्रान्तिकारी ट्रेड युन...
खाेलामा पाैडी खेल्न गएका बालक बेपत्ता

खाेलामा पाैडी खेल्न गएका बालक बेपत्ता

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार
जाजरकोट : नलगाड नगरपालिका-३ कैना स्थित झुप्रे खोलाले बगाउँदा ६ वर्षीय बालक महान थापा बेपत्ता भएका छ्न् ।बिहान १० बजेतिर साथीहरुसँग नजिकैको खोलामा पौडी खेल्न गएका महान बेपत्ता भएका दल्लीस्थित प्रहरीले जनाएको छ । बेपत्ता बालक स्थानीय कैनबजारका युवा व्यवसायी हरिचन्द्र थापा र बृहस्पति पुनका छोरा हुन् ।उनको परिवारजन, प्रहरीलगायतले खोजी गरिरहेका छन् ।...
भावना तथा विद्रोहको पर्व :तिज – डा. बस्याल

भावना तथा विद्रोहको पर्व :तिज – डा. बस्याल

Breaking News
प्रारम्भ -मानव सभ्यताको विकासक्रम बिगत बाट आजसम्म आइपुग्न लामो इतिहास पार गरेको छ। आजको मानव सभ्यता सिकारी र कन्दमूल बटुल्ने समाजबाट पशुपालक , कृषि हुँदै औद्योगिक युगसम्म आइपुगेको हो।आफ्ना आवश्यकताहरु सहजतम बनाउन आगो र गुफाको प्रयोगदेखि न्यानोको लागि छालाको प्रयोग, माटो र काठ्का भाँडाको निर्माण, सिकार कन्दमूलदेखि पशुपालन र पशुपालनदेखि कृषि र कृषिमा हलोको आविष्कार र फलामको प्रयोग हुँदै आज विज्ञान प्रविधिको युगसम्म आइपुगेको हो। आफूले बाँचेको भौतिक परिवेशबीच जब मानिसले जिउँदो मानिस र मरेको मानिस मा फरक देख्यो, प्राकृतिक विपत्ति र महामारी देख्यो । कारण बुझ्ने खुबी उसँग भएन। यी सबै कुरा बाह्य शक्तिले गरायो भन्ने बुझ्यो र अलौकिक शक्तिको परिकल्पना गर्यो । निर्धारित भौगोलिक परिवेशमा उसले श्रम र साधना गर्दै जाँदा विभिन्न नियम उपनियम बसाल्यो। ती नियम उप नियमलाई कतिपय सन्दर्भमा अलौकिक शक्तिसँग जोड...
नेकपा बहुमतका नेता कार्यक्रता गिरफ्तार

नेकपा बहुमतका नेता कार्यक्रता गिरफ्तार

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं :धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का नेता तथा कार्यक्रताहरुलाई प्रहरीले गिरफ्तार गरेकाे छ ।गिरफ्तार पर्नेमा पार्टीका काठमाडौं  जिल्ला सेक्रेटरी गोकुल पराजुली, अखिल (क्रान्तिकारी) का केन्द्रीय सह-संयोजक बिरेन्द्र शाह सहित ९ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । पार्टीले आयोजना गरेको भ्रष्टचार बिरुद्धको मशाल जुलुस कार्यक्रम स्थल बागबजारबाट पार्टीका काठमाडौं सेक्रेटरी पराजुली र विद्यार्थी नेता शाह सहित ९ जना नेता कार्यकर्तालाई प्रहरीले आज साझ गिरफ्तार गरेको हो । त्यस्तै गिरफ्तार पर्नेमा क्रान्तिकारी युवा संगठन, नेपालका नेता झलक बिक, अखिल (क्रान्तिकारी) राष्ट्रिय सम्मेलन आयोजक समिती सदस्य तथा विश्वविद्यालय सिटिइभिटी समिती इन्चार्ज  उषाकिरण आजाद, आयोजक समिती सदस्य तथा बागमती संयोजक गोबिन्द बिष्ट, आयोजक समिती सदस्यहरु रमेश सुनार, मिमबहादुर ऐडी, क्रान्तिकारीकै...
नेकपा बहुमतले पुर्व उपराष्ट्रपति पासाङ काे घरमा कालाे ब्यानर टाँगेकाे छ

नेकपा बहुमतले पुर्व उपराष्ट्रपति पासाङ काे घरमा कालाे ब्यानर टाँगेकाे छ

Breaking News, राजनीति, विचार, समाचार
काठमाडौं :पूर्वउपराष्ट्रपति नन्द बहादुर पुन (पासाङ) को घरमा नेकपा बहुमतले कालो ब्यानर टाँगेको छ।धर्मेन्द्र बास्तोला नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी (बहुमत)ले शनिबार पूर्वउपराष्ट्रपति पुनकाे काठमाडाैँ स्थित दहचोकमा रहेको घरमा  कालो ब्यानर लगाएको हाे पुनले सुविधा सम्पन्न घर बनाएको भन्दै उक्त घर निर्माणको स्रोत के हो? भनेर नेकपा बहुमतले प्रश्न गरेको छ। २०४६ यताका उच्चपदस्थको सम्पत्ति छानबिन गर्न पनि पार्टीले माग गरेको छ, पूर्वउपराष्ट्रपति पुन १० वर्षे जनयुद्धको समयमा माओवादी जनमुक्ति सेनाका कमान्डर थिए। उनैले तालिम दिएका कार्यकर्ताले आफ्ना पूर्वकमान्डरकै घरमा कालो ब्यानर लगाएका हुन्। जनयुद्ध लडेका काेहि सडकमा माग्दै हिड्नु परेकाे छ, भने कसैका यतिठुला महल कसरी बने त्यस कारण याे कालाे ब्यानर चेतावनी स्वरुप टाँगिएको एक नेताले बताए।...
एस.एल.सी. ब्याच २०५५ द्वारा बालबालिका हरुलाई सम्मान वितरण तथा सामाजिक अक्षयकोष घोषणा

एस.एल.सी. ब्याच २०५५ द्वारा बालबालिका हरुलाई सम्मान वितरण तथा सामाजिक अक्षयकोष घोषणा

Breaking News
काठमाडौं । श्री शारदा माध्यमिक विद्यालय बाह्रबिसे सिन्धुपाल्चोकका एस.एल.सी.ब्याच २०५५ समुहले यो बर्ष एस.ई.ई. तथा कक्षा १२ पास भएका सो ब्याचका विद्यार्थिहरुको आफ्ना बालबालिकाहरु लाई सम्मान तथा सामाजिक अक्षयकोष घोषणा गरेको छ । काठमाडौंको पेप्सिकोला टाउनप्लानिङ स्थित सिलौटो सेकुवा घरमा एक भव्य कार्यक्रमबिच यो बर्ष एस.ई.ई. तथा १२ कक्षा पास गरेका एस.एल.सी.ब्याच २०५५ का विद्यार्थिहरुका नानिबाबु हरुलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो । श्री शारदा माध्यमिक विद्यालय बाह्रबिसे सिन्धुपाल्चोकका पुर्व प्रधानाध्यापक उद्धवलाल श्रेष्ठको प्रमुख आतिथ्यता तथा एस.एल.सी.ब्याच २०५५का अध्यक्ष अम्बर बहादुर श्रेष्ठ(उमेश)को शभापतित्वमा भएको कार्यक्रममा त्यसै विद्यालयकी पुुर्व शिक्षिका समा श्रेष्ठको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा उपस्थित एस.एल.सी.ब्याच २०५५ का पुर्व विद्यार्थिहरुको समुहले एक सा...