१० पुष २०८२, बिहीबार

Breaking News

नगर स्तरीय आधारभूत तह कक्षा १-५ अन्तर बिद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न

नगर स्तरीय आधारभूत तह कक्षा १-५ अन्तर बिद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न

Breaking News, खेल, शिक्षा, संस्कृति, समाचार
काठमाडौं :अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड न १० को आयोजना र श्री सुबोधिनी माध्यमिक बिधालय शितगंगा १० को ब्यवस्थापनमा नगरपालिका स्तरीय आधारभूत तह कक्षा १-५ अन्तर बिद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भयकाे छ ।कार्यक्रममा श्री मन्द्रे मा बि प्रथम , श्री सुबोधिनी मा बि द्वितिय श्री गौरा मा बि तृतीय र सान्त्वना स्थान हासिल गर्ने श्री शितगंगा नगरपालिका वार्ड न १० स्थित श्री डिही आधारभुत बिधालय रहेका छन ।कार्यक्रममा प्रमुख अतिथि शितगगा नगरपालिकाका नगर प्रमुख छबिलाल पौडेल , बिशिस्ट अतिथि वडा अध्यक्ष केशव प्रसाद वेल्वासे, अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अर्थ महासचिव लक्ष्मण वलि,  शिक्षा शाखा प्रमुख बिनोद पोखरेल विभिन्न बिधालयका प्र अ एवम् शिक्षक प्रतिनिधिको सहभागीता रहेको थियो। ...
भारती प्रधानमन्त्रीले दिय राजिनामा

भारती प्रधानमन्त्रीले दिय राजिनामा

Breaking News, अन्तर्राष्ट्रिय, राजनीति, विचार, समाचार
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजीनामा दिएका छन्।राष्ट्रपति द्रौपडी मुर्मुलाई बुधबार दिउँसो भेटेर प्रधानमन्त्री मोदीले राजीनामा बुझाएको भारतीय समाचार संस्था टाइम्स अफ इन्डियाले जनाएको छ। मोदीले राष्ट्रपति भवन पुगेर राजीनामा बुझाएका हुन्। राष्ट्रपति मुर्मुले प्रधानमन्त्री मोदीले दिएको राजीनामा स्वीकृत गरिसकेकी छन्।भारतमा जुन ८ तारिखसम्म मोदी नै कामचलाउ प्रधानमन्त्री रहनेछन्। जुन ८ मा त्यहाँ भारतमा नयाँ सरकार गठन हुनेछ। भारतको लोकसभा निर्वाचनको मतपरिणाम मं‌गलबार सार्वजनिक भएको थियो।मतपरिणाम आएसँगै त्यहाँ नयाँ सरकार गठनका लागि दुई गठबन्धनबीच छलफल भइरहेको छ। भारतीय जनता पार्टीले एक्लै बहुमत ल्याउन सकेको छैन। तर भाजपा नेतृत्वको एनडिएले २९३ सिट जितेको छ।बहुमत र सरकार गठनका लागि २७२ सिट आवश्यक हुन्छ। विपक्षी गठबन्धन इन्डियाले २३४ सिट जितेको छ। सरकार गठनका लागि एनडिए गठबन्...
कस कसले पाए अवार्ड ? दोस्रो ईन्टरनेशनल क्रियटिभ म्युजिक अवार्ड २०२४मा (सुचि सहित)

कस कसले पाए अवार्ड ? दोस्रो ईन्टरनेशनल क्रियटिभ म्युजिक अवार्ड २०२४मा (सुचि सहित)

Breaking News
काठमाडौं । एक्टिभ म्युजिक प्रा.लि.को आयोजनामा दोस्रो ईन्टरनेशनल क्रियटिभ म्युजिक अवार्ड २०२४को फाईनल कार्यक्रम सम्पन्न भएको छ । सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)मा प्रा.लि.का प्रबन्ध निर्देशक बिजेन्द्र नौबागे को शभापतित्व तथा प्रतिनिधिसभाकी उप सभामुख माननीय ईन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको फाईनल र्काक्रममा,पुर्व संस्कृति,पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री परशुराम तामाङ, सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरिक्षक चन्द्र प्रकाश गौतमको बिशिष्ठ आतिथ्यता रहेको थियो । कार्यक्रममा बिशेष अतिथिको रुपमा बरिष्ठ गायीका ज्ञानु राणा,बरिष्ठ कलाकार सुवाश गजुरेल, चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, बरिष्ठ निर्देशक तथा कलाकार पुकार भट्टराई,भिडियो सम्पादक मान बहादुर थापा, लोक तथा दोहोरी गीत प्रतिष्ठान केन्द्र नेपालका महासचिव पि.एन.सापकोटा,हरित शान्ति समाज नेपालका अध्यक्ष शन्तु ग...
श्रमिक कम्युनिस्ट पार्टी नेपाल,पार्टीकाे नाम घाेषणा, संयाेजकमा सिंह

श्रमिक कम्युनिस्ट पार्टी नेपाल,पार्टीकाे नाम घाेषणा, संयाेजकमा सिंह

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं : माेहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालबाट बिद्रोह गरेका नेताहरुले विशेष भेला गरि  पार्टीको नाम घाेषणा गरेका छन । जेठ १७- १९ गते सम्मा काठमाडौंमा आयाेजना गरियकाे कार्यक्रममा पार्टीको नाम "श्रमिक कम्युनिस्ट पार्टी नेपाल" राखेका छन । पुर्व बिद्यार्थी अध्यक्ष तथा युवा नेता पुर्ण बहादुर सिंह समरजंगकाे संयोजकत्वमा ४५ सदस्यीय केन्द्रीय कमिटी र मानध्वज श्रेष्ठ रिमकाे संयोजकत्वमा ५ सदस्यीय केन्द्रीय सल्लाहकार कमिटि निर्माण गरेका छन । कार्यक्रममा देशै भरिबाट प्रतिनिधिमुलक सहभागीता रहेकाे थियाे। "नव ओैपनिवेशिक पुजीवादी संसदीय व्यवस्थाका विरुद्ध संघर्ष गराै ! वैज्ञानिक समाजवादी जनक्रान्तिकाे दिशामा अघि बढाैँ!!भन्ने मुल नाराका साथ आगामी कार्यक्रम वैज्ञानिक समाजवादी जनक्रान्ति नै रहने एक नेताले बताय । २४ बुदे समसामयिक प्रस्ताव , -१३ बुदे आचारसंहिता एक दर्जन भ...
अर्थमन्त्री पुनले आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट आज संसदमा पेस गर्दै

अर्थमन्त्री पुनले आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट आज संसदमा पेस गर्दै

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, समाचार
काठमाडौं :आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट आज संसदमा पेस हुँदैछ । नेपाल सरकारका अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको राजस्व र व्यायको वार्षिक अनुमान (बजेट) संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा पेस गर्नेछन् । नेपालको संविधान २०७२ को धारा ११९ को व्यवस्थाअनुसार अर्थमन्त्रीले प्रत्येक आर्थिक वर्षको सम्बन्धमा संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राजस्वको अनुमान, संघीय सञ्चित कोषमाथि व्ययभार हुने आवश्यक रकम र संघीय विनियोजन ऐनबमोजिम व्यय हुने आवश्यक रकम खुलाई वार्षिक अनुमान पेस गर्नुपर्ने उल्लेख छ । यसरी वार्षिक अनुमान पेस गर्दा अघिल्लो आर्थिक वर्षमा प्रत्येक मन्त्रालयलाई छुट्याएको खर्चको रकम र त्यस्तो खर्चअनुसारको लक्ष्य हासिल भयो वा भएन त्यसको विवरण पनि साथै पेस गर्नुपर्ने व्यवस्था छ । राजस्व र व्ययको अनुमान प्रत्येक जेठ महिनाको १५ गते संघीय संसद्मा पेस गर्नुपर्ने...
दयाले दिएको आरक्षण होईन दलित समुदायलाई बिशेष अधिकार दिनु पर्छ — प्रेम बि.सी.

दयाले दिएको आरक्षण होईन दलित समुदायलाई बिशेष अधिकार दिनु पर्छ — प्रेम बि.सी.

Breaking News
काठमाडौं । राष्ट्रिय दलित मुक्ति अभियानका केन्द्रिय संयोजक प्रेम बहादुर बि.सी.ले आज पनि राज्यले दलितहरुलाई दोश्रो दर्जाको नागरिकको रुपमा ब्यबहार गरेको भन्दै आक्रोश व्यक्त गर्नु भयो । २०६३ को अन्तरिम संबिधानमा दलितहरुलाई बिशेष अधिकार दिने भनेर लेखिएपनि २०७२को संबिधान लेख्दा ति सबै ब्यवस्थाहरुलाई हटाएर आरक्षणमा झारेकोभन्दै राज्यले आर्थिक ,सामाजिक,राजनैतिक तथा सांस्कृतिक रुपमा दलितहरुलाई हेपेको आरोप लगाउनु भयो । दया मायाले दिएको आरक्षण होईन हजारौं बर्षबाट उत्पिडनमा राखिएकोले त्यसको क्षतिपुर्ति सहितको बिशेष अधिकार दिनु पर्ने भन्दै राज्यको बिभेदकारी नितिको बिरुद्ध राष्ट्रिय दलित मुक्ति अभियान शसक्त रुपमा लागि रहने उहाँले बताउनु भयो । बि.सी. लामो समयदेखि दलित अधिकारको बिषयमा शसक्त आवाज उठाउँदै आएका अभियन्ता पनि हुनुहुन्छ । समानताको लागि बर्षौ लडाई गरेर सत्तामा पुगेका पार्टीले समेत त्यहि समुद...
कान्तिपुर पब्लिकेशनका अध्यक्ष, सिराेहिया कार्यलयबाटै पक्राउ

कान्तिपुर पब्लिकेशनका अध्यक्ष, सिराेहिया कार्यलयबाटै पक्राउ

Breaking News, राष्ट्रिय, समाचार, सुचना संचार
काठमाडौं :कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् ।मंगलबार उनलाई प्रहरीले थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयबाटै पक्राउ गरेको हो । उनलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मी कान्तिपुर कार्यालय पुगेका थिए । सिरोहियाविरुद्ध सर्लाहीका इन्द्रजित महतोले जिल्ला प्रहरी कार्यालय, धनुषामा १६ वैशाख २०८१ मा किटानी जाहेरी दिएका थिए । जाहेरीमा सिरोहियाले फरक–फरक नम्बरका नागरिकताहरु प्रयोग गरिरहेको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसूरमा छानबिन गर्न माग गरिएको थियो ।...
बाग्लुङ जिल्लाले पायो नेत्र प्रसाद सुवेदी जस्तो अनुभवी सिडिओ

बाग्लुङ जिल्लाले पायो नेत्र प्रसाद सुवेदी जस्तो अनुभवी सिडिओ

Breaking News
काठमाडौं । बाग्लुङ जिल्लाले बिगत लामो समयदेखि निजामती क्षेत्रमा निक्कै अनुभव बटुलेका नेत्र प्रसाद सुवेदी लाई प्रमुख जिल्ला अधिकारीको रुपमा पाएको छ । सालिन स्वभावका सुवेदीले भरतपुर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको महानिर्देशकमा समेत आफ्नो जिम्मेवारी कुशलता पुर्वक निर्वाह गरि सक्नु भएको छ । सुवेदीले २०५२ सालमा केन्द्रीय तथ्यांक विभागका तथ्यांक सहायक हुँदै, शाखा अधिकृत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय योजना आयोग, ( उपसचिव), महालेखा नियन्त्रक कार्यालय, शहरी विकास मन्त्रालय, राष्ट्रिय पुननिर्माण प्राधिकरण (सहसचिव) लगायतका जिम्मेवारीमा समेत रहेर भुमिका निर्वाह गर्नुभएको थियो । सुवेदीले वाणिज्य तथा अन्तर्रा्ष्ट्रिय व्यापार, सार्वजनिक प्रशासन र विज्ञान विषयमा स्नाकोत्तर डिग्री हासिल गर्नु भएको छ भने उहाँ त्रिभुवन विश्वविद्यालय अ...
प्रधानमन्त्री प्रचण्डलाई संसदमा चाैथाे पटक  विस्वासकाे मत प्राप्त भयकाे छ

प्रधानमन्त्री प्रचण्डलाई संसदमा चाैथाे पटक विस्वासकाे मत प्राप्त भयकाे छ

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं :प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरूको बहिष्कारका बिच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन् ।  प्रधानमन्त्रीले चौथो पटक विश्वासको मत लिएका हुन् । प्रधानमन्त्री प्रचण्डको सरकारलाई विश्वास छ भन्ने पक्षमा -१५७ मत र बिपक्षमा -० मत खसेकाे हाे  ।१५८ जना सांसद मतदानमा सहभागी भएकोमा प्रधानमन्त्रीको विपक्षमा भने कसैले मतदान गरेनन् । एक जना सांसद तटस्थ रहे । प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० को उपधारा २ बमोजिम चौथो पटक विश्वासको मत लिएका हुन् । सरकारमा सहभागी दल जनता समाजवादी पार्टी(जसपा) नेपाल विभाजन भएसँगै सो पार्टीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनु परेको हो । तर योपटक विश्वासको मत लिन उनले विपक्षीको अवरोध झेल्नु पर्याे । सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि ला...
सुर्खेतमा मिनिबस दुर्घटना, दुइजनाकाे घटनास्थलमै ज्यान गयाे, २१ जन घाइते

सुर्खेतमा मिनिबस दुर्घटना, दुइजनाकाे घटनास्थलमै ज्यान गयाे, २१ जन घाइते

Breaking News, पुर्वाधार, यातायात, राष्ट्रिय, समाचार
सुर्खेत : कर्णाली प्रदेशकाे राजधानी वीरेन्द्रनगरदेखि उत्तरी क्षेत्र पर्ने  कटकुवा क्षेत्रमा भएको मिनी बस दुर्घटनामा परी २१ जना घाइते भएका छन् भने दुई जनाकाे घटनास्थलमै मृत्यु भयकाे छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार घाइते सबै जनाको उद्धार गरी अस्पतालमा पुर्‍याइएको छ । उक्त दुर्घटनामा परी मृत्युु हुनेमा दैलेख डुङगेश्वर गाउँपालिका–६ का २२ वर्षीय भीमसेन राना र बर्दिया ठाकुरबाबा नगरपालिका–३, का ७० वर्षीय शेरबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको हाे। हाल मृतक दुवै जनाकाे सव प्रदेश अस्पताल कालागाउमा राखियकाे छ,भने घाईतेहरुकाे विभिन्न अस्पताल हरुमा उपचार भइरहेकाे बताएको छ । दिउँसो १ बजेतिर दैलेखको गमौडीबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०८५२ नम्बरको उक्त मिनिबस एक्कासि ब्रेक फेल भई सडकबाट चार मिटर तल खसेको थियो । घाईते हुनेहरुमा -:जगत थापा (दैलेख, दुल्लु–१३) ...