२ कार्तिक २०८१, शुक्रबार

दशैं मान्न घर हिडेका घर्ती बाटाेमै अस्ताय

जाजरकोट :जाजरकोट देखि दशै मान्न रोल्पा घर पुग्न गाडि चडेका पुर्ण बहादुर घर्ती बाटाेमै अस्ताए।

जिल्लाको छेडागाड नगरपालिका अन्तर्गत थलह देखि राेल्पा घर हिडेका घर्तीकाे गाडीको सिटमा बसिरहेकै अवस्थामा सल्यान जिल्लाको धारापानिमा मृत्यु भएको हाे।

रोल्पाको रुन्डीगढी गाउँपालिका-५, का घर्ती जाजरकोटमा खाेटाे कम्पनिमा काम गर्थे थलहबाट गाडी चढ्ने बेलामा उनले पेट दुखिरहेको बताइरहेका उनी संगैका सवार यात्रुले बताय ।

रुकुम हुुँदै राेल्पा जाने बाटाे बर्षाका कारण  पहिराेले अबरुद्ध भयपछि सुर्खेत ,काेहलपुर, बाँके,दाङ हुुँदै राेल्पा सम्मा घर जाने उनकाे उद्धेस्य थियाे । थप के भयर उनकाे मृत्यु भयकाे हाे पाेष्टमार्टम पछि थाहा हुने जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा प्रवक्ता रेशम खत्रीले बताउनु भयाे ।