गोरखकाली हिँडेका आमाछोरा मोटरसाइकल दुर्घटनामा अस्ताए
काठमाडौं । तनहुँको ऋषिङ गाउँपालिका वडा नम्बर ६ चालिसे स्थायी घर भएका १९ वर्षीय सन्दीप आलेले तनहुँ सदरमुकाम दमौलीस्थति बाराही कलेजबाट १२ कक्षा पास गरेर विदेश जाने तयारी गरिरहेका थिए ।
सोही क्रममा उनले ४० वर्षीय आमा मधुमाया आलेसँग मिलेर व्यास नगरपालिका वडा नम्बर ५ पाटनस्थित सेती हाइड्रो जाने पुल नजिकै बाटो माथि सेतीमादी रिभर कटेज चलाउँदै आएका थिए । उनलाई विदेश जान अफर लेटर पनि आयो ।
त्यहीँ खुसियालीमा १९ वर्षीय सन्दीपले आमा मधुमाया आलेलाई मंगलबार बिहानै ग.प्र.००३–००१ प ०३१० नं.को मोटरसाइकलमा राखेर गोरखा कालिका मन्दिर दर्शन गर्न जाँदै थिए । तर कालिका मन्दिर नपुग्दै बीच बाटोमै उनीहरू अस्ताउन पुगेका छन् ।
उनीहरु चढेको मोटरसाइकल तनहुँको व्यास नगरपालिका वडा नम्बर १२ तल्लो छिर्कनस्थित पृथ्वीराजमार्गमा पुग्दा बाक्लो हुस्सुका कारण चालक रहेका सन्दीपले मो...









