२० फाल्गुन २०८२, बुधबार

Breaking News

सिटिइभिटी उपाध्यक्ष र सदस्य सचिवको कार्यकक्षमा तालाबन्दी

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, शिक्षा, समाचार, सुचना संचार
काठमाडौं, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद ‘सिटिइभीटी’ उपाध्यक्ष र सदस्य सचिव सहितको कार्यकक्षमा तालाबन्दी गरिएको छ ।नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदका उपाध्यक्ष खगेन्द्र भट्टराई र सदस्य सचिव जीव नरायण काफ्लेको कार्यकक्ष सहित स्तर उन्नती शाखामा समेत बुधवार तालाबन्दी गरेको हो । संगठनको तर्फबाट सिटिइभिटीलाई बुझाईएको आठ बुदे मागपत्रको बारेमा सुनवाई नगरेको, वर्ष दिब भैसक्दा समेत परिक्षाफल प्रकाशित नगरेको, स्तर उन्नतिका नाममा आर्थिक चलखेलका आधारमा ४१ ओटा कलेजमा Program Extension गरेकोले, पछिल्लो समय वैधानिक भ्रष्टाचारको केन्द्रको रुपमा स्थापित भएकोले तालाबन्दी गरिएको सङ्गठनका केन्द्रीय सचिब तथा विश्वविद्यालय-सिटिइभिटी विशेष क्षेत्र इन्चार्ज नवराज भट्टले जानकारी दिए । त्यस्तै छात्रवृत्तिमा व्यापक अनियमितता र अपारदर्शीता भएकोले...
नेकपा (बहुमत) का संयोजक र प्रवक्ताले भेटे राजनीतिक आस्थाका बन्दीलाई

नेकपा (बहुमत) का संयोजक र प्रवक्ताले भेटे राजनीतिक आस्थाका बन्दीलाई

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार, स्वास्थ
काठमाडौँ : विभिन्न कारागारमा बन्दी जीवन बिताइरहेका नेकपा (बहुमत) का नेता–कार्यकर्ताले क्रान्ति बिसाउने, धोका दिने वा क्रान्तिविरोधी सम्झौता गर्ने सर्तमा आफूहरू रिहा नहुने बताएका छन् । नेकपा (बहुमत) का संयोजक कञ्चन, प्रवक्ता सुदर्शनलगायत पार्टीका शीर्ष जिम्मेवारीका नेताहरू बिहीबार आफूहरूलाई भेट्न आउँदा विभिन्न कारागारमा बन्दी अवस्थामा रहेका पार्टीका नेता–कार्यकर्ताले आफूहरू विचार र राजनीतिप्रति दृढ रहेको र पार्टी नेतृत्व पनि दृढ भएर अघि बढ्नुपर्ने बताएका हुन् । नेकपा (बहुमत) का संयोजक कञ्चन, प्रवक्ता सुदर्शन, कार्यालय सचिव गुणराज लोहनीलगायत पार्टी नेता राजबन्दीसँग भेटघाट गर्न बिहीबार काठमाडौँ र ललितपुरस्थित विभिन्न कारागारमा पुगेका थिए । नेकपा (बहुमत) का नेताहरूले काठमाडौँ सुन्धारास्थित केन्द्रीय कारागार, भद्र बन्दीगृह र ललितपुरस्थित नख्खु कारागारमा रहेका आस्थाका बन्दीलाई भेटेका हुन् । प...

सल्यान दुर्घटनाका मृतकप्रति नेकपा (बहुमत) द्वारा श्रद्धाञ्जली व्यक्त

Breaking News
काठमाडौँ : नेकपा (बहुमत) का संयोजक कञ्चनले बाँकेको ढकेरीबाट विवाहमा गएको रा १ ज ५६३ नम्बरको जिप सल्यानको कपुरकोटस्थित जलबाङ १ मा दुर्घटना हुँदा ८ जना जन्तीको घटनास्थलमै मृत्यु भएकोमा दुःख व्यक्त गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गरेका छन् । संयोजक कञ्चनले बुधबार शोक वक्तव्य जारी गर्दै मृतकका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको अपेक्षा पनि गरेका छन् । संयोजक कञ्चनद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘आज एकाबिहानै सल्यानको कपुरकोटस्थित जलबाङ १ मा बाँकेको ढकेरीबाट विवाहमा गएको रा १ ज ५६३ नम्बरको जिप दुर्घटना हुँदा त्यसमा सवार ८ जना जन्तीको घटनास्थलमै मृत्यु भएको खबरले हाम्रो सिङ्गो पार्टीलाई अत्यन्त दुःखी बनाएको छ । यस दुःखद् घडीमा सबै मृतकप्रति हाम्रो पार्टी भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ र मृतकका परिवारप्रति गहिरो समवेदना व...

थापाथलीमा दशैँको खसी, बोका बिक्री सुरू

Breaking News
काठमाडौं । दशैँको अवसरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्थापना गरेको सुपथ मूल्य पसलबाट खसी, बोकाको बिक्री वितरण सुरू भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको काठमाडौं थापाथलीमा अवस्थित वागमती प्रादेशिक कार्यालयबाट बुधबारदेखि खसी, बोका र च्याङ्ग्राको बिक्री वितरण सुरू भएको हो ।कम्पनीसँग एक हजार वटा खसी, बोका र दुई सय वटा च्याङ्ग्रा रहेकोमा बिहीवार दिउँसो सम्ममा तीन सयवटा खसी बोका र सय वटा च्याङ्ग्रा बिक्री भइसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वागमती प्रादेशिक कार्यालयकी प्रमुख ज्ञानु थापाले जानकारी दिइन् । प्रमुख थापाले खसी, बोका बिक्री वितरण गर्दा पशु चिकित्सकले जाँच गरेर मात्रै स्वस्थ खसी, बोका बिक्री वितरण गरिरहेको बताइन् । उनले खसी, बोका तथा च्याङ्ग्रा बजार मूल्यभन्दा सस्तो गरी बिक्री भइरहेको पनि उल्लेख गरिन् । थापाथलीस्थित प्रादेशिक कार्यालय...

रेखा थापा राप्रपाको कार्यसम्पादन समिति सदस्यमा मनोनित

Breaking News
१३ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले अभिनेत्री रेखा थापा राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनित भएकी छन् । मंगलबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले थापालाई केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनयन गरेका हुन् । गत मंसिरमा भएको पार्टीको अधिवेशनमा थापा लिङ्देन समूहबाट महामन्त्रीको उम्मेदवार थिइन् । तर उनी कुन्तीकुमारी शाहीसँग पराजित भएकी थिइन् । पार्टी अध्यक्ष लिङ्देनले थापालाई यसअघि केन्द्रीय सदस्यमा मनोनित गरेका थिए ।  ...

बालकोटमा एमालेको सचिवालय बैठक बस्दै

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
 १३ असोज, काठमा डौं। नेकपा एमालेको सचिवालय बैठक दिउँसो तीन बजे बस्दैछ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालेकाटमा बैठक बोलाइएको उपाध्यक्ष युवराज ज्ञवालीले बताए । बैठकमा आगामी चुनावको तयारी, टिकट वितरण लगायतबारे छलफल गर्ने कार्यसूची तय गरिएको छ  । गएको ३ असोजमा निर्वाचन आयोगमा बुझाइएको समानुपातिक तर्फको बन्दसूचीलाई पनि अन्तिम रुप दिनेबारे पनि छलफल हुनसक्ने ज्ञवालीले बताए ।प्रत्यक्षतर्फको टिकट वितरणबारे पनि निर्णय हुने सम्भावना छ ।...

सरकारले नेपाल राजश्व परामर्श विकास समिति गठन आदेश २०७६ खारेज गरेको छ ।

Breaking News, पर्यटन, पुर्वाधार, राजनीति, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार, सुचना संचार
 १३ अशोज २०७९ काठमाडौं, सरकारले नेपाल राजश्व परामर्श विकास समिति गठन आदेश २०७६ खारेज गरेको छ । मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । बुधवार असोज ११ गते बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले ऋण असुली न्यायिकरणको रिक्त कानून सदस्य पदमा कानून,न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डाँगीलाई नियुक्त गर्ने निर्णय गरेको बताए । उनका अनुसार सरकारले कास्की जिल्लास्थित करुवा सेती जलविद्युत आयोजना ३२ मेगावाट निर्माणका लागि राष्ट्रिय वन क्षेत्रको प्रयोग गर्न दिने, गोरखा जिल्लास्थित मध्यपुर सुपर दरौदी खोला जलविद्युत आयोजना १० मेगावाट निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने र केचना कञ्चनजङ्गा पर्यटन विकास समितिको अध्यक्ष र कार्यकारी निर्देशकलाई पद...

अपाङ्गता भएका व्यक्तिलाई बन्द सूचीमा नराखेको भन्दै निर्वाचन आयोगमा उजुरी

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, शिक्षा, समाचार, सुचना संचार, स्वास्थ
१२ असोज, काठमाडौं । समानुपातिक पद्धतिमा दलहरुले अपाङ्ता भएका व्यक्तिलाई उम्मेदवार नबनाएको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ । अपाङ्गता भएका व्यक्तिलाई समानुपातिकको बन्द सूचीमा समावेश गर्नुपर्ने संविधानको व्यवस्था भए पनि दलहरुले पालना नगरेको भन्दै काठमाडौं महानगरपालिका–१२ का मदन तिवारीले उजुरी दिएका हुन् । उजुरीमा तिवारीले संविधान र ऐनहरु समेत दलहरुले उल्लंघन गरेको उल्लेख गरेका छन् । अपाङ्ता भएका व्यक्ति समावेश नगरिएको बन्दसूचीलाई सच्याउन सूचित गर्न समेत आयोगलाई उनले आग्रह गरेका छन् । बन्दसूची बुझाउँदा दलहरुले संविधानकोे धारा १७६ (७), समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को नियम १३, प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २८ (६) तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २८ (६) को उल्लंघन गरिएको उजुरीमा उल्लेख छ । संविधानले अपाङ्गता भएका व्यक्तिको समेत प्रतिनिधित्व हुने व्...

राप्रपाले मतदानबाट टुङ्ग्यायो राणा र लोहनीको समानुपातिक विवाद

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
१० असोज, काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)ले पूर्वअध्यक्षद्वय पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीमध्ये समानुपातिक निर्वाचन पद्धतिको बन्दसूचीमा पहिलो नम्बरमा को बस्ने भन्ने विवाद मतदानबाट टुंग्याएको छ । दुबैले खसखार्य पुरुषतर्फ पहिलो नम्बरमा बस्न चाहेका थिए । पटक पटक छलफल गर्दा पनि दुई नेताले आफ्नो नाम पहिलो नम्बरमा हुनुपर्ने अडान राखेपछि सोमबार कार्यसम्पादन समितिको बैठकमा गोग्य मतदान नै भएको छ । एक पदाधिकारीका अनुसार सोमबार विवाद टुंग्याउने विभिन्न विकल्पमा छलफल भएको थियो । कार्यसम्पादन समितिका बहुसंख्यक सदस्यले गोप्य मतदानबाट पहिलो नम्बरमा को बस्ने भन्ने निर्णय गर्ने प्रस्ताव राखेपछि अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वअध्यक्षद्वय राणा र लोहनीसँग छलफल गरेका थिए । दुबैले परिणाम स्वीकार गर्ने बताएपछि मतदान गरिएको ती पदाधिकारीले बताए । ३१ सदस्यीय का...

राष्ट्रिय वामपन्थी मञ्चले क्रन्तिकारी आन्दोलन र राष्ट्रिय स्वाधीनताका पक्षमा अन्तरक्रिया कार्यक्रम गर्ने

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, शिक्षा, समाचार, सुचना संचार
काठमाडौं / राष्ट्रिय वामपन्थी मञ्चले देशव्यापी रुपमा नेपालको क्रन्तिकारी आन्दोलन र राष्ट्रिय स्वाधीनताका पक्षमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । मञ्चका संयोजक दिर्घ प्रसाद पाण्डेको अध्यक्षतामा  काठमाडौंमा सम्पन्न बैठकले नेपालमा राष्ट्रिय स्वाधीनताका पक्षमा आवाज उठाउने शक्ति, कम्युनिष्ट क्रान्तिकारी शक्ति, विभिन्न पार्टी संग आस्था राख्ने र देशको वेथितिवारे विरोध गर्ने शक्तिहरु बीच छलफल तथा अन्तक्रिया कार्यक्रम गर्ने निर्णय गरेको हो । सम्पन्न बैठकले वामपन्थी मञ्च सवै वाम वुद्धिजीवीहरुको साझा मञ्चको रुपमा विकास गर्न खोजीको भन्दै राष्ट्रिय स्वाधीनता र वैज्ञानिक समाजवादको पक्षमा सम्पुर्ण वामपन्थी वुद्धिजीवि क्रन्तिकारी शक्तिहरुलाई एक हुन आह्वान समेत गरेको छ । मञ्चका संयोजक दीर्घ प्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न बैठकमा पूराना माओवादी नेता तथा मञ्चका सल्लाहकार नारायण ...