१८ पुष २०८२, शुक्रबार

Breaking News

जुम्लामा जिप दुर्घटना ।

जुम्लामा जिप दुर्घटना ।

Breaking News, निर्वाचन, राष्ट्रिय, समाचार
१ मंसिर, जुम्ला । जुम्लामा मतदान केन्द्रतिर जादै गरेको कर्मचारी चढेको गाडी दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार तिला गाउँपालिका- ४ स्थित रावतवाडामा ताम्ती मतदान केन्द्र जाँदै गरेको भे १ च २१८८ नम्बरको जीप दुर्घटना भएको हो । प्रहरीका अनुसार निर्वाचन सामग्री भने सुरक्षित गरिएको छ । तातोपानी गाउँपालिका-७ जनजागृति मावि ताम्तीमा मतदान अधिकृत हरिप्रसाद देवकोटा, सहायक मतदान अधिकृत आदिप्रसाद न्यौपाने सहितको ८ जनाको टोली खटिएको प्रहरीले जानकारी दिएको छ । सहायक मतदान अधिकृत आदिप्रसाद न्यौपाने र एक जना प्रहरी कर्मचारी सामान्य घाइते रहेका प्रमुख जिल्ला अधिकारी मुकेशकुमारी केशरीले जानकारी दिए । उनका अनुसार घाइते भएकालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ । दुर्घटनामा निर्वाचनमा खटिएका कार्यालय सहयोगी अंगराज गि...
चुनाव किन अवज्ञा गर्ने ?

चुनाव किन अवज्ञा गर्ने ?

Breaking News, चुनाव, राजनीति, शिक्षा
व्यवस्था बदलिएन कि अवस्था ? हामी सानो हुँदा शिव बिँडी र श्रीराम बिँडी भन्ने आउँथ्यो । बुबा, कान्छाबुबाहरू त्यही बिँडी खाने गर्नुहुन्थ्यो । उक्त बिँडीको खोलमा ‘हाम्रो देशमा कोही भोकानाङ्गा नरहून्, विकासको मूल फुटाऔँ ! —श्री ५ वीरेन्द्र’ लेखिएको हुन्थ्यो । वीरेन्द्र पञ्चायतकालमा मात्र १९ वर्ष सिंहासनमा बसे । तर उनले दिएका यी नारासहितका नेपाललाई ‘एसियाली मापदण्ड’ मा पुर्याउने कुनै पनि कुरा पूरा भएनन् । २०४६ सालमा पञ्चायत ढल्यो । त्यसपछिको पहिलो प्रधानमन्त्री बन्न पुगेका थिए कृष्णप्रसाद भट्टराई । उनले नेपाललाई सिङ्गापुर बनाउने घोषणा गरेका थिए । मेलम्चीको पानी काठमाडौँमा ल्याएर सडकभरि छताछुल्ल बनाउँछु भनेका थिए । अहिले त्यो भनेको ३२ वर्ष पुग्यो । यसबीचमा उनी २ पटक प्रधानमन्त्री बने भने उनको पार्टी नेपाली काङ्ग्रेसले २०४७ सालपछि सबैभन्दा बढी सरकार चलाएको छ । अहिलेसम्म मेलम्चीको पानी आएको छैन ...
एमाले उपाध्यक्ष विष्णु पौडेललाई अवज्ञा गरौँ भन्दै बुटवलका सार्वजनिक स्थलमा कालो ब्यानर प्रदर्शन

एमाले उपाध्यक्ष विष्णु पौडेललाई अवज्ञा गरौँ भन्दै बुटवलका सार्वजनिक स्थलमा कालो ब्यानर प्रदर्शन

Breaking News, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
बुटवल : नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई अवज्ञा गरौँ भन्दै उनको निर्वाचन क्षेत्रका बजारहरूमा कालो ब्यानर प्रदर्शन गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल नेपाल भूमिहीन तथा सुकुमबासी सङ्घ, रूपन्देही र अखिल नेपाल किसान महासङ्घ, रूपन्देहीले सार्वजनिक स्थलहरूमा पौडेलविरुद्ध कालो ब्यानर टाँगेका हुन् । विष्णु पौडेललाई अवज्ञा किन ? कथित मङ्सिर ४ को निर्वाचन अवज्ञा गरौँ ! भूमाफिया, ललिता निवास जग्गा विवाद प्रकरणका दोषी विष्णु पौडेललाई रूपन्देही क्षेत्र नं. २ मा प्रवेश निषेध गरौँ !’ भन्दै आज बुटवलका मिलनचोक, नयाँगाउँलगायत व्यस्त बजारका सार्वजनिक स्थलहरूमा कालो ब्यानर प्रदर्शन गरी चोकचोकमा टाँगिएको अखिल नेपाल भूमिहीन तथा सुकुमबासी सङ्घ रूपन्देहीले जनाएको छ ।यसअघि संसदीय चुनाव अवज्ञा गरौँ भन्दै नेकपा (बहुमत) रूपन्देहीलगायत पार्टी निकट मोर्चाहरूले कोणसभा, प्रच...
अछाम केन्द्रविन्दु भयर भुकम्प

अछाम केन्द्रविन्दु भयर भुकम्प

Breaking News, पुर्वाधार, समाचार
अछाम जिल्लाको बाबाला केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार अछाम जिल्लाको बाबाला केन्द्रबिन्दु भएर हिजो (मंगलबार) साँझ ६ बजेर ८ मिनेट जाँदा ४.२ रेक्टर स्केलको भूकम्प गएको हो। उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभएर नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ। पछिल्लो समय देशको सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम बढेको छ।...
जाजरकोटमा बन्याे तीन कराेड, उनन्तीस लाखकाे  जडिबुटी प्रसाेधन केन्द्र भवन ।

जाजरकोटमा बन्याे तीन कराेड, उनन्तीस लाखकाे जडिबुटी प्रसाेधन केन्द्र भवन ।

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, समाचार, स्वास्थ
जाजरकोट । भेरी नगरपालिका–१ को धल्दामा जडीबुटी प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ । २०७८ जेठ ११ गते तत्कालीन वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले शिलान्यास गरेको उक्त भवनको काम अन्तिम चरणमा पुगेको हो । भेरी कोरिडोरको बीचमा पर्ने भेरी नगरपालिका–१ कालेगाउँ धल्दामा निर्माण भइहरेको छ । सरकारी स्वामित्वको यो प्रशोधन केन्द्रले यहाँका धेरै सर्वसाधारणलाई रोजगारी दिनुका साथै भेरी कोरिडोर हुँदै जिल्ला बाहिर जाने जडीबुटी जिल्लाभित्र नै प्रशोधन भएर बाहिर जाने अपेक्षा लिइएको छ । डोल्पा, जाजरकोट र रुकुम पश्चिमका व्यापारी अहिले यहाँ प्रशोधन नहुँदा लुम्बिनी प्रदेशको नेपालगन्जमा लिने गरेका छन् । रु तीन करोड २९ लाखको लागतमा उक्त भवन निर्माण हुन लागेको हो । भवन निर्माणलगत्तै अन्य उपकरण ल्याएर जडानको काम सुरु गरिने जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले जनाएको छ । सरकारी स्वामित्वमा ...
विश्वकाे जनसंख्या ८ अर्ब पुग्याे ।

विश्वकाे जनसंख्या ८ अर्ब पुग्याे ।

Breaking News, अन्तर्राष्ट्रिय, विगन्यूज, सुचना संचार, स्वास्थ
बितेका १२ वर्षमा १ अर्ब मानिस थपिएसँगै आजदेखि विश्वको जनसङ्ख्या ८ अर्ब पुगेको छ। संयुक्त राष्ट्रसङ्घको प्रक्षेपणअनुसार जन्मदर सुस्त हुनुअघि नै विश्वको जनसङ्ख्या ८ अर्ब पुगेको हो। स्वास्थ्य क्षेत्रमा भएको विकासले मानव आयु लम्बिएको छ। विश्व जनसङ्ख्या दिवसका अवसरमा सोमबार सार्वजनिक वार्षिक विश्व जनसङ्ख्या सम्भावना प्रतिवेदनमा  उल्लेख गरिएको छ। सन् २०२० मा १ प्रतिशतभन्दा कममा झरेर सन् १९५० यता विश्वको जनसङ्ख्या सबैभन्दा सुस्त गतिमा बढिरहेको  देखाएको थियो। विश्व जनसङ्ख्याबितेका १२ वर्षमा १ अर्ब मानिस थपिएसँगै आजदेखि विश्वको जनसङ्ख्या ८ अर्ब पुगेको छ। संयुक्त राष्ट्रसङ्घको प्रक्षेपणअनुसार जन्मदर सुस्त हुनुअघि नै विश्वको जनसङ्ख्या ८ अर्ब पुगेको हो। स्वास्थ्य क्षेत्रमा भएको विकासले मानव आयु लम्बिएको छ। ७ बाट ८ अर्ब पुग्न १२ वर्ष लागेको र यो ९ अर्ब वृद्धि करिब १५ वर्ष लाग्ने अर्थात् सन् २०...
निर्वाचनमा ७५३ स्थानीय तहका संरचना उपयोग गरिने

निर्वाचनमा ७५३ स्थानीय तहका संरचना उपयोग गरिने

Breaking News, चुनाव, निर्वाचन, पुर्वाधार, समाचार
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सात सय ५३ वटै स्थानीय तहलाई परिपत्र गरी आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि भवन, परिसर र भौतिक संरचना उपलब्ध गराउन अनुरोध गरेको छ। मन्त्रालयले शुक्रबार सबै स्थानीय तहलाई परिपत्र गरेर चुनावका लागि आवश्यक भवन, परिसर र भौतिक संरचनाको व्यवस्था गर्न भनेको मन्त्रालयका शाखा अधिकृत चिरञ्जीवी नेपालले जानकारी दिए। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सात सय ५३ वटै स्थानीय तहका भवन, परिसर र भौतिक संरचना आवश्यक भएकाले व्यवस्था गरिदिन निर्वाचन आयोगले मन्त्रालयलाई पत्राचार गरेको थियो। मन्त्रालयले परिपत्रसाथ आवश्यक कारबाही गर्न पनि सबै स्थानीय तहलाई आग्रह गरेको छ। आयोगले प्रत्येक निर्वाचनमा स्थानीय तहसँगको समन्वयमा भवन, परिसर र भौतिक संरचनाको व्यवस्थापन गरिरहेको छ। ...
कर्णालीमा १४ हजार सुरक्षाकर्मि खटाईयाे ।

कर्णालीमा १४ हजार सुरक्षाकर्मि खटाईयाे ।

Breaking News, चुनाव, निर्वाचन, राष्ट्रिय, समाचार
निर्वाचनलाई दृष्टिगत गर्दै प्रदेशमा १४ हजार आठ सय सात जना सुरक्षा जनशक्ति परिचालन गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक एवं प्रवक्ता माधवप्रसाद श्रेष्ठका अनुसार निर्वाचनलाई निष्पक्ष, भयरहित बनाउन मतदानस्थलमा पाँच हजार सात सय २९ जना नेपाल प्रहरी  र नौ हजार ७८ जना म्यादी प्रहरी गरी १४ हजार आठ सय सात जना सुरक्षाकर्मी खटाइएको हो । प्रहरीबाट मतदानस्थल रहेको वडा क्षेत्रमा पैदल गस्ती हुने छ । प्रवक्ता श्रेष्ठले भने, ‘प्रत्येक नगरपालिका तथा गाउँपालिकामा सिनियर प्रहरी अधिकृतको कमाण्डमा गाडी मोबाइल गस्ती र रिजर्भ टोलीसमेतको व्यवस्था गरी सुरक्षा प्रबन्ध मिलाइएको छ । निर्वाचनलाई शान्तिपूर्ण बनाउन लागिपरेका छौँ ।’ प्रदेश कमाण्ड पोष्टबाट प्रदेशस्तरीय निर्वाचन सुरक्षा बैठकबाट निर्णय भई हुम्ला, डोल्पालगायतक...
म जाजरकोटी जनताको साझा उम्मेदवार हो: नर बहादुर कार्की

म जाजरकोटी जनताको साझा उम्मेदवार हो: नर बहादुर कार्की

Breaking News, चुनाव, निर्वाचन, राजनीति, शिक्षा, स्वास्थ
कथा पुनर्लेखन गर्ने अभियानमा १३ वर्ष खर्चिएका नरबहादुर कार्की एक पटक आफ्नै कथा पुनर्लेखनमा कस्सिएका छन् । उनी जीवनलाई खेल सम्झिन्छन्, सपना देख्नु अधिकार । त्यसैले नयाँ सपना बोकेर उनी अफ्रिकी मुलुक सेयरालियोनबाट जाजरकोट फर्किएका छन् । उनको वर्तमान सपना हो, सांसद बन्ने । ‘म सपना बोकेर फर्किएँ, सांसद बन्ने’, उनी भन्छन्, ‘सपना मेरो होइन, जाजरकोटी जनताको सपना, जसले मलाई आफ्नो प्रतिनिधि भएको हेर्न चाहेका छन् ।’ भदौ पहिलो साता फर्किएका कार्कीले जाजरकोटबाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । जिल्लालाई रुपान्तरण गर्न र अर्थहीन राष्ट्रिय नीति र कानुन खारेज गरी समयानुकुल र दीर्घकालीन महत्व राख्ने नीति निर्माण गर्न सांसद बन्न चाहेको उनको भनाई छ । अहिले दलहरूले गलत तरिकाले स्वार्थपूर्तिका लागि राजनीतिक खेल खेलिरहेको बताउँदै उनले जिल्ला र राज्यभित्र बढ्दै गएको अराज...
राष्ट्रिय स्वतन्त्र पार्टी र सत्ता गठबन्धनका कार्यक्रता बिच झडप ।

राष्ट्रिय स्वतन्त्र पार्टी र सत्ता गठबन्धनका कार्यक्रता बिच झडप ।

Breaking News, चुनाव, राजनीति, समाचार
चितवनमा क्षेत्र नम्बर २ मा चुनावी प्रचारका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी र सत्ता गठबन्धनका कार्यकर्ताबीच लफडा भएको छ। घरदैलो अभियानका क्रममा जम्काभेट भएपछि दुवै पक्षका कार्यकर्ताबीच सुरुमा भनाभन भएको थियो। बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी किरण बज्रचार्यका अनुसार दुई दलका कार्यकर्ताबीच कुरिनटारबाट नारायणगढतर्फ जम्काभेट भएको थियाे । सवारीसाधन प्रयोग गर्दै र पैदलै प्रचार हिँडेका दुई पक्षबीच जम्काभेट हुँदा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले गठबन्धनका कार्यकर्तालाई हरुवा भनेका थिए। ‘रविका कार्यकर्ताले गठबन्धनका कार्यकर्तालाई हरुवा भनेपछि विवाद उत्पन्न भएको सूचना आएको छ', उनले भनिन्, 'त्यसपछि गठबन्धनका कार्यकर्ताले रास्वपका कार्यकर्ता सवार एउटा गाडीमा क्षति पुर्‍याएका छन्।' रवि नेतृत्वको रास्वपाका एकजना नेता दीपक बोहोराले सत्ता गठबन्धनले आफ...