२३असाेज काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा चुनाव का लागि काठमाडौं ४ बाट नेपाली कांग्रेसका युवा नेता महामन्त्री गगन कुमार थापाले उम्मेदवार दर्ता गरेका छन । उनी नेपाली कांग्रेसका स्वच्छ छवि भयका युवा नेताकाे रुपमा चिनिन्छन ।
२३ असाेज रुकुम : मंसिर ४ मा हुने प्रतिनिधि सभा चुनाव का लागि नेकपा माओवादी केन्द्र का प्रभाव शालि नेता अर्थ मन्त्री जनार्दन शर्मा ( प्रभाकर) ले रुकुम पश्चिम बाट उम्मेदवारी दर्ता गरेका छन । आज अपरान्ह मुसिकाेट खलंगामा रहेकाे मुख्य निर्वाचन अधिकृतको कार्यलय मा पुगि संगै प्रदेश क बाट महेन्द्र के सि र ख बाट राजकुमार शर्मा ले पनि उम्मेदवारी दर्ता गरायका हुन ।...
२३ असाेज बर्दिया : मंसिर ४ मा हुने प्रतिनिधि सभा चुनाव का लागि नागरिक उन्मुक्ति पार्टीका संरक्षणक रेशम चाैधरिले बर्दिया २ बाट उम्मेदवारी दर्ता गरायका छन । २०७४ सालकाे चुनावमा कैलाली १ बाट भारि मतले बिजयि चाैधरि टिकापुर घटनाक्रमले विभिन्न मुद्दामा जेलमा छन ।
कमरेड विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीको नवौँ महाधिवेशन यही असोज २५ देखि ३१ गतेसम्म हुने जानकारी सामाजिक सञ्जालबाट भयो । यो महाधिवेशनले नेपाली क्रान्तिको सही कार्यदिशा निर्माण गरोस्, त्यसका लागि महाधिवेशनमा व्यापक छलफल होस् भन्ने शुभेच्छा सुरुमा नै व्यक्त गर्न चाहन्छु । कमरेड विप्लवद्वारा नवौँ महाधिवेशनमा पेस गरिने प्रतिवेदन पढ्न पाएँ । विगतमा सँगै हुँदा भएका वैचारिक बहसहरू र अहिले प्रतिवेदनमा समावेश गरिएका वैचारिक/राजनीतिक, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका बारेमा बहस गर्न जरुरी ठानेको छु । तर मलाई के अप्ठ्यारो भएको छ भने यी बहसहरूको उठान मार्क्सवादका आधारमा गरौँ कि सामान्य पुँजीवादी अवधारणाका आधारमा ? कमरेडहरूलाई अचम्म लाग्ला एउटा खाँटी क्रान्तिकारी भनिएको र मार्क्सवाद—लेनिनवाद—माओवादलाई मार्गनिर्देशक सिद्धान्त मान्ने पार्टीको प्रतिवेदनमाथिको बहस किन गैरमार्क्सवादी...
२३असाेज जाजरकोट । आसन्न मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि जाजरकोटमा सत्ता गठबन्धनको सिट टुंगोमा पुगेकाे छ । प्रतिनिधि सभाका लागि नेकपा माओवादी केन्द्र का नेता शक्ति बहादुर बस्नेत र प्रदेश क बाट नेपाली कांग्रेसका नेता वेद बहादुर सिंह र ख बाट राजिव बिक्रम शाहकाे नाम सिफारिस भई उम्मेदवारी दर्ता का लागि आजै निर्वाचन अधिकृतको कार्यलयमा सबै नेता कार्यकर्ताहरुकाे दाैडधुप चलेकाे छ ।...
काठमाडौ : रन्जु दर्शनाले आसन्न मंसिरमा हुने प्रतिनिधि सभा चुनावका लागि काठमाडौं क्षेत्र न ५ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेकि छिन ।उनिले २०७४ सालकाे स्थानीय चुनावमा बिवेकशिल शाझा पार्टी बाट काठमाडौं काे मेयर कालागि प्रतिस्पर्धा गरेकि थिईन ।
२३ असोज, गोरखा । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आजीवन कुर्सीमा बस्नुपर्ने परम्परालाई तोड्दै आफूले यसपटक निर्वाचनमा उम्मेदवारी नदिएको बताएका छन् ।
आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उम्मेदवारी दर्ताका लागि गोरखा आएका उनले आफ्नो निर्वाचन क्षेत्र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई छाड्न पाउँदा आफू निकै हर्षित भएको समेत बताएका छन् ।
‘आजीवन कुर्सीमा बस्ने गलत परम्परालाई एकपटक तोड्नै पथ्र्याे, म अवसर पर्खेर बसिरहेको थिएँ’, उनले भने, ‘कमरेड प्रचण्ड जो अन्तर्राष्ट्रिय स्तरसम्म ख्याति प्राप्त हुनुहुन्छ उहाँजस्तो व्यक्तिलाई मैले प्रतिनिधित्व गरेको ठाउँ हस्तान्तरण गर्न पाउँदा म अत्यन्त खुशी छु ।’
छोटो अवधिमा भएपनि आफ्नो पालामा गोरखामा विकासका केही पूर्वाधार बनेको बताउँदै उनले प्रचण्डको आगमनले त्यही जगमा टेकेर समृद्धिको महल खडा हुने बाटो ख...
२३ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखा आएर एउटा नयाँ रेकर्ड बनाएको बताएका छन् । गोरखा क्षेत्र नं. १ बाट प्रतिनिधि सभाको लागि उम्मेदवारी मनोनयनपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले धेरै ठाउँबाट चुनाव लडेर रेकर्ड बनाएको बताएका हुन् ।
प्रचण्डले गोरखाबाट आफ्ना सहकर्मी डा बाबुराम भट्टराईले चुनाव जितेर अर्थमन्त्री भएको र पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि चुनाव लडेकोले आफ्नो लागि यो सुपरिचित जिल्ला रहेको बताए । ‘इतिहासको दृष्टिकोण र आधुनिक नेपालको दृष्टिकोणले पनि गोरखा मेरो लागि सुपरिचित छ,’ उनले भने, ‘मैले यहाँ बसेर भर्खर युवा अवस्थामा अध्यापन गरेको जिल्ला पनि हो ।’ गोरखामै पार्टी हेडक्वाटर राखेर जनयुद्धको तयारी गरेको र पहिलो सैनिक तालिम पनि यही गरेको उनले बताए ।
‘यहाँ आउँदा मलाई कहाँ आएँ कहाँ आएजस्तो ला...
२३ असोज, जाजरकोट । सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि जाजरकोटमा उम्मेदवारहरुको टुंगो लगाएको छ ।
गठबन्धनको भागबण्डा अनुसार प्रतिनिधि सभातर्फ नेकपा माओवादी केन्द्र र प्रदेश सभा नेपाली कांग्रेसको भाग गरेको छ ।
प्रतिनिधि सभामा माओवादीले पार्टी उपमहासचिव शक्तिबहादुर बस्नेतलाई टिकट दिएको छ ।
प्रदेश सभातर्फ कांग्रेसले (क) मा वेदराज सिंह र (ख) मा राजिवविक्रम शाहलाई उम्मेदवार बनाएको छ ।
जाजरकोटमा नेकपा एमालेले प्रतिनिधि सभातर्फ यूवा नेता निरज आचार्यलाई उम्मेदवार बनाएको छ । ०७४ मा वाम गठबन्धन हुँदा टिकट गुमाएका आचार्यले शक्तिलाई नै सघाएका थिए । तर यसपटक आचार्यले शक्तिसँगै प्रतिस्पर्धा गर्ने छन् ।
२०७४ मा प्रतिनिधि सभामा शक्तिसँग पराजित भएका कांग्रेसका राजिव विक्रम भने यसपटक प्रदेश सभामा झरेका हुन् ।...
२३ असोज, काठमाडौं । नेकपा एमाले परित्याग गरेका घनश्याम भूसालले रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने भएका छन् । स्वतन्त्र उम्मेदवार भएपनि उनलाई सत्ता गठबन्धनले समर्थन गर्ने भएको छ ।
भूसालले शनिबार मात्र एमालेमा नरहने घोषणा गरेका थिए । लगतै माओवादी नेताहरुले स्वतन्त्र रहने गरी आफ्नो दलको चुनाव चिह्न लिएर चुनाव लड्न आग्रह गरेका थिए । भुसालले भने आफू वाम एकताको मुद्दा उठाएवापत एमालेमा किनारामा पारिएकाले वाम एकताको झण्डा कायमै राख्ने बताए ।
बरु आफू स्वतन्त्र वाम उम्मेदवारको रुपमा रहने भन्दै समर्थनका लागि आग्रह गरेका थिए । आइतबार पत्रकारहरुसँग कुरा गर्दै भूसालले भने, ‘प्रस्तावका लागि माओवादीलाई धन्यवाद छ, प्रचण्डलाई धन्यवाद छ । तर मलाई स्वतन्त्र नै हुन दिनुस् भनें ।’
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा...