नयाँ गाउँ खानेपानी उपभोक्ता तथा सरसफाइ सस्थाको अधिवेशनको मतदान कार्यक्रम शान्तिपुर्ण रुपमा सम्पन्न
बुटवल । नयाँ गाउँ खानेपानी उपभोक्ता तथा सरसफाइ सस्थाको अधिवेशनको मतदान कार्यक्रम वडा नं. १२ र १३ को अधिबेशन को मतदान श्री नयाँ गाउँ उच्च मा.वि. को प्राङ्गणमामा शान्पिुर्ण रुपमा सपन्न भएको छ ।
संस्थाको कुल २३ सिटको कार्यसमितिको लागि ६९ जनाले उम्मेदवारी दिएका थिए ।
कार्यसमितिको लागि प्यानल दर्ता गराउँदा एमाले र माओबादी तथा काङ्ग्रेस र राप्रपा गठबन्धन गरि चुनावमा उत्रीएका थिए भने गठबन्धनका बिरुद्ध स्वतन्त्र समूह एक्लै मैदानमा उत्रेको हाम्रो वुटवल संवाददाताले जानकारी गराएका छन् ।
बिहान ८ बजे बाट सुरु भयेको मतदान ४ बजे सम्पन हँुदा कुल ४७०० मत मध्य २६०४ मत खसेको थियो ।
स्वतन्त्र उम्मेदवारका रुपमा रहेका अध्यक्ष पदका उम्मेद्वार बामदेब भुसाल लाई जिताउन सुभचिन्तक सहित नपाली काँग्रस(बिपि) कि केन्द्रिय सदस्य देवि लामिछाने बिहानै बाट मतदान स्थलमा खटिएर भरपुर सहयोग गरेको श्रोतले बताएको छ ।
...









