राप्ती र बबई नदीको जलसतह खतराभन्दा माथि
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टले राप्ती र बबईमा जलस्तर खतराभन्दा माथि बढेको बताएका छन् । खतरा बढेपछि उनले सूचना जारी गरेको समेत बताए ।
मंगलबार भएको प्राधिकरणको आकस्मिक बैठकपश्चात उनले राप्तीको जलस्तर बढ्नु भनेको त्यो क्षेत्रमा भएका साना खोलाहरु सबैमा खतरा भएको भन्दै त्यो क्षेत्रमा धेरै चहलपहल नगर्न आग्रह गरेका छन् ।
]उनले भने, ‘राप्ती र बबई जुन जलस्तर खतराभन्दा माथि बढेको हुनाले सूचना जारी नै गरिसकेका छौँ । त्यही क्षेत्रमा बादलहरु पनि रहेको हुनाले छिमेकी कर्णाली र महाकाली क्षेत्रमा पनि जलस्तर बढ्न सक्छ । विशेष ध्यान दिनुपर्ने कुरा के हो भने ठूला नदीमा मात्र बढी ध्यान हुने र साना नदीमा कम ध्यान हुनु भएन । त्यो क्षेत्रको सबै ठूलासाना नदीमा ध्यान दिनुपर्छ । राप्तीको जलस्तर बढ्नु भनेको त्यो क्षेत्रम...









