
रूसले युक्रेनमाथि गर्यो ४० मिसाइल र ४०० भन्दा बढी ड्रोन हमला
काठमाडौं । रूसले युक्रेनमाथि ४० वटा मिसाइल र ४०० वटाभन्दा बढी ड्रोन हमला गरेको छ।
शुक्रबार रूसले गरेको यो हमलाले कम्तीमा चार जना मारिएको अन्तर्राष्ट्रिय समाचार संस्था सिएनएनले जनाएको छ।
रूसको आक्रमणबाट कयौं मानिसहरू घाइते समेत छन्।
युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रूसले युक्रेनका अधिकांश ठाउँमा ४०० भन्दा बढी ड्रोन र ४० वटाभन्दा बढी मिसाइल प्रहार गरेको बताएका छन्।
३० वटा मिसाइल र २०० वटा ड्रोन आक्रमणको प्रतिवाद समेत गरेको बिबिसीले जनाएको छ।
यो आक्रमणपछि जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा लेख्दै रूस कहिल्यै नबदलिने पनि उल्लेख गरे। आक्रमणबाट सहरका भवन र मेट्रो ट्र्याकहरू पनि भत्किएका छन्।
यसअघि युक्रेनले पनि आइतबार ठूलो संख्यामा ड्रोनहरू प्रयोग गरी रूसमाथि हमला गरेको थियो।
उसले आफ्नो भूमिबाट हजारौं किलोमिटर ...