भ्रष्टचार गरेको आरोपमा उपभोक्त समितिका सचिवलाई चप्पलकाे माला र कालाे माेसाे
काठमाडौं :डडेल्धुराको आलिताल गाउँपालिका वडा नम्बर ३ स्थीत चौड सिचाँई कुलो उपभोक्ता समितिमा आर्थिक अनियमितता गरेको आरोपमा सचिवलाई क्रन्तिकारी युवा संगठन नेपाल प्रदेश नम्बर ७ समितिले कालोमोसो दलि चप्पलकाे माला लगाएर जनकारबाही गरेको छ ।स्रोतका अनुसार उपभोक्ता समितिमा भ्रष्टचार गरेको, बिल बढाएर सामान खरीद आर्थिक अनियमितता गरेको, फर्जि बिल हालेको आरोप तथा जनगुनासो आएपछी उपभोक्ता समितिका सचिव जयसिंह महरलाई कालोमोसो दलि जुत्ताको माला लगाएर जनकारबाही गरेको हो । पछिल्लो समयमा जनप्रतिनिधिको मिलेमतोमा उपभोक्ता समितिमा ब्यापक भ्रष्टचार हुँदै आएको जनगुनासो छ ।
क्रन्तिकारी युवा संगठन प्रदेश नम्बर ७ ले भ्रष्टचारमा संलग्न कर्मचारी, जनप्रतिनिधिलाई पहिलो चरणमा चेतावनी स्वरुप कालोमोसो दल्ने, जुत्ताको माला लगाउने र फेरी पनी नसुध्रीय भौतिक जनकारबाही गर्न बाध्य हुने संगठनका एक सदस्यले जानकारी दिय।
पछिललो ...