१४ असार २०८२, शनिबार

समाचार

अवैध लागूऔषध सहित पक्राउ

समाचार
काठमाडौं। चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८ हजार ९ सय ट्याब्लेट र नाईट्राभेट ३ हजार ९ सय ट्याब्लेट सहित सर्लाही बरथहवा नगरपालिका-१० बस्ने २४ वर्षीय राकेश पासवानलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।   प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले सर्लाहीदेखि काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख ३७६० नम्बरको बसलाई जाँच गर्ने क्रममा चामलको बोरामा लुकाई छिपाई ल्याएको उक्त लागूऔषध फेला पारी बसका सहचालक पासवानलाई पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ...
रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट दर्ता

रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट दर्ता

समाचार
काठमाडौं।  सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत बुटवलको तुलसीपुर इजलासको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।   आज लामिछानेकी पत्नी निकिता पौडेलले सर्वोच्च पुगेर रिट दर्ता गरेकी हुन् ।   गत चैत २२ गते जिल्ला अदालत रूपन्देहीको आदेश बदर गर्दै न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले लामिछानेलाई थुनामा पठाउन आदेश दिएको थियो । ...
वडाध्यक्षलाई विद्युत पोलमा बाँधेर कुटपिट

वडाध्यक्षलाई विद्युत पोलमा बाँधेर कुटपिट

समाचार
काठमाडौं। दैलेखको दुल्लु नगरपालिका वडा नम्बर ३  का ५० वर्षीय वडाध्यक्ष कुलबहादुर कार्कीलाई राति विद्युतको पोलमा बाँधेर निर्घात कुटपिट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।   चामुण्डा विन्द्रासैनी नगरपालिका वडा नम्बर ९ डौंसुरका चार जना युवाहरूको समूहले चैते दसैंको दिन राति ९ बजेतिर वडाध्यक्ष कार्कीलाई विद्युत पोलमा बाँधेर निर्घात कुटपिट गरेका थिए। कुटपिट गरिएका कार्की नेकपा (माओवादी) केन्द्रबाट निर्वाचित वडाध्यक्ष हुन्। कार्कीलाई राति पोलमा बाँधेर कुटपिट गरिएको भिडिओ फेसबुकमा राखिएको थियो।   दैलेखका प्रहरी प्रमुख डिएसपी सुनिल दाहालका अनुसार वडाध्यक्ष कार्कीले चैत २७ गते बेलुकी जिल्ला प्रहरी कार्यालयमा पुगेर आफूमाथि भएको कुटपिटमा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाहीका लागि उजुरी दिएका थिए। कार्कीले कुटपिट गर्नेहरूविरूद्ध अपहरण तथा शरीर बन्ध...

दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अदालतको अनुमति

समाचार
काठमाडौं। काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न अदालतले १२ दिनको म्याद दिएको छ।   शुक्रबार काठमाडौं जिल्ला अदालतले प्रसाईंलाई अनुसन्धान गर्न १२ दिनको म्याद अनुमति दिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए। जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रसाईं र उनका बडिगार्ड दीपक खड्कालाई राज्यविरूद्धको कसुरमा अनुसन्धान गर्न म्याद थप गरेको हो।   प्रसाईं र खड्कालाई शुक्रबार बिहान काकडभिट्टाबाट नियन्त्रणमा लिएर प्रहरीले काठमाडौं ल्याएको थियो। शुक्रबार नै उनलाई अदालत उपस्थित गराइएको हो चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शन प्रसाईंकै नेतृत्वमा भएको थियो। प्रदर्शनमा दुई जना मारिएका थिए। दर्जन बढी भवन र सवारी साधनमा तोडफोड र आगजनी भएको थियो।   प्र...
६५ बिगाहा जमिनमा लगाईएकाे अवैध अफिम प्रहरी द्वारा नस्ट

६५ बिगाहा जमिनमा लगाईएकाे अवैध अफिम प्रहरी द्वारा नस्ट

Breaking News, कृषि, राष्ट्रिय, समाचार
जाजरकोट : करिब ६५ बिगाहा जमिनमा अवैधानिक रुपमा लगाइएको अफिम प्रहरीद्वारा नस्ट ।जाजरकोटको जिल्लाको नलगाड नगरपालिका-१ पर्ने खौलागाउँ र काँडा गाउ लगानीका ठाउमा अवैध रूपमा लगाइएको अफिम प्रहरीले नष्ट गरेको हाे । इलाका प्रहरी कार्यालय दल्लीबाट खटिएको २० जनाको प्रहरी टोलीले ६५ रोपनी क्षेत्रफलमा अवैध रूपमा खेती गरिएको अफिम फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी पुरूषोत्तम प्रसाद पाण्डेले जानकारी दिनुभयो । पाण्डेका अनुसार, जिल्लामा लागूऔषध नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन अवैध अफिम खेतीमा निगरानी बढाइएको छ । स्थानीय प्रशासन र सुरक्षा निकायले यस्ता गतिविधि रोक्न आवश्यक कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ । यसअघि पनि जाजरकोटका विभिन्न ठाउँमा अवैध लागूऔषध खेतीविरुद्ध अभियान सञ्चालन गरिएको थियो । प्रहरीले अवैध रूपमा अफिम खेती नगर्न स्थानीयहरूलाई सचेत गराउँदै आएका छ ।...
शैक्षिक सामाग्री सहित बुढानिलकण्ठ नगर काठमाडौं टिम जाजरकोटमा

शैक्षिक सामाग्री सहित बुढानिलकण्ठ नगर काठमाडौं टिम जाजरकोटमा

Breaking News, खेल, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार
जाजरकोट :बुढानीलकण्ठ नगरपालिका हात्तिगौडा काठमाडौंका प्रमुख मिठाराम अधिकारी, उप–प्रमुख अनिता लामा र नगर शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख ललित विक्रम सिंह जाजरकोट आइपुगेका छन् । अन्तरपालिका शैक्षिक साँझेदारीमा कार्यक्रम संचालन गर्न बुढानीकण्ठ नगरपालिकाका प्रमुख, उप–प्रमुख सहित नगर शिक्षा महाशाखा प्रमुख जाजरकोट पुगेका हुन् ।भेरी नगरपालिकाको सभाहलमा बुधबार एक औपचारिक कार्यक्रमको आयोजना गरेर अन्तरपालिका शैक्षिक अनुभव आदान प्रदान गरिएको थियो । “अन्तरपालिका सहकार्य, शैक्षिक सुधारका लागि अपरिहार्य” को मान्यतामा रहेर आयोजना गरिएको शैक्षिक अनुभव आदान प्रदान कार्यक्रममा बुढानीलकण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारी र भेरी नगरपालिकाका उप–प्रमुख सिता जैसी, छेडागाड नगरपालिकाका उप–प्रमुख चन्द्र बहादुर थापा, कुशे गाउँपालिकाका उपाध्यक्ष देविका सिंह, बारेकोट गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा...
सुरू नहुँदै तहसनहस भयो महोत्सवस्थल

सुरू नहुँदै तहसनहस भयो महोत्सवस्थल

समाचार
काठमाडौं। महोत्सव यही चैत २२ गतेदेखि सुरू भई वैशाख ३ गतेसम्मका लागि तय भएको थियो, तरपाल्पा सदरमुकाम तानसेनमा जारी दोस्रो तानसेन महोत्सव हावाहुरी र वर्षाका कारण प्रभावित भएको छ।   बुधबार रातिको हावाहुरीसहितको वर्षाका कारण महोत्सव प्रभावित बनेको हो।   बुधबार कार्यक्रमको तयारी भइरहेको बेला अचानक वर्षा र हावहाहुरी चलेपछि महोत्सवमा भाग दौड मच्चिएको थियो।असिनासहित वर्षा भएपछि महोत्सव हेर्न भेला भएका हजारौं बाल बच्चादेखि बुढापाकाबीच भागदौड मच्चिएको थियो।   वर्षाका कारण सांस्कृतिक कार्यक्रम स्थगित गरी आज सञ्चालन गर्ने तयारीमा आयोजक थिए। तर बुधवार राति १ बजेबाट चलेको ठूलो हावाहुरी र वर्षाका कारण महोत्सवस्थलमा बनाइएका स्टेज, स्टल, प्रवेशद्वार, घेरबार लगायत ढलेका छन्। जसले गर्दा महोत्सव नै अनिश्चित बनेको छ।   महोत्सवस्थलमा राखिएका विभिन्न स्टलका स...
वडाध्यक्षलाई कार्यवाहक दिने ग्रामथान अध्यक्षको निर्णय अदालतले गरिदियो खारेज

वडाध्यक्षलाई कार्यवाहक दिने ग्रामथान अध्यक्षको निर्णय अदालतले गरिदियो खारेज

समाचार
काठमाडौं। मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले वडाध्यक्षलाई दिएको कार्यावाहकको जिम्मेवारी कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिएको छ।   उपाध्यक्ष गुणवतीदेवी थारू गाउँपालिकामै हुँदाहुँदै अध्यक्ष माझीले वडा नम्बर ३ का अध्यक्ष रमेशकुमार भगतलाई कार्यवाहक दिएका थिए भने उनी माओवादी नेताहरूसँग चीन भ्रमणमा गएका थिए। आफू हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने अध्यक्ष माझीको निर्णयविरुद्ध उपाध्यक्ष थारु अदालत गएकी थिइन्।   बिहीबार उनको रिटमाथि सुनुवाइ गर्दै उच्च अदालतले वडाध्यक्षलाई जिम्मेवारी दिने अध्यक्षको निर्णय यथास्थितिमा राख्न आदेश दिएको हो। उच्च अदालतका कामु मुख्य न्यायाधीश ध्रुवराज नन्दको इजलासले गाउँपालिकाको उपाध्यक्षको पदमा बहाल रही रहेको अवस्थामा निजले प्रयोग गर्न पाउने अधिकारबाट बञ्चित हुने ...
जाजरकोटमा विदुर स्मृति यू–१९ भलिबल कप सम्पन्न

जाजरकोटमा विदुर स्मृति यू–१९ भलिबल कप सम्पन्न

Breaking News, खेल, मनाेरन्जन, राष्ट्रिय, शिक्षा, संस्कृति, समाचार
जाजरकोट :लागुऔषध दुव्र्यसन नियन्त्रण तथा रोकथामका लागि खेलकुद कार्यक्रम अन्तरगत जाजरकोट जिल्लामा सुरु भएको सहिद विदुर स्मृति यू–१९ भलिबल कप सम्पन्न भएको छ । यही चैत्र २४ गते देखि जिल्लाको त्रिभुवन माध्यामिक विद्यालयको प्राङ्गण थाप्लेमा सुरु भएको भलिबल खेल चार दिन सञ्चालन भएको थियो । जनयुद्धका सहिद कर्ण बहादुर विक (विदुर) को स्मृतिमा सञ्चालन भयकाे उक्त प्रतियोगिता यस वर्ष पनि सञ्चालन गरिएको हो । खेलमा १९ वर्ष मुनिका खेलाडीहरुले मात्र सहभागिता हुन पाउने व्यवस्था गरिएको थियो । उक्त प्रतियोगिताको आयोजना सहिद स्मृति युवा क्लवले गरेको थियो भने, भेरी नगरपालिका प्रतियोगिताको मुख्य प्रायोजक थियो । ज्योति विकास बैंकको सह प्रायोजन र अन्य विभिन्न निकाय र व्यक्तिहरुको सहयोगमा प्रतियोगिता सञ्चालन भएको थियो । भेरी नगरपालिकाको मुख्य प्रायोजनमा सञ्चालन भएको कार्यक्रमले खेलाडी उत्पादन गर्नुका साथै लाग...
संघीयता खारेजको माग गर्दै जनमोर्चाको प्रदर्शन

संघीयता खारेजको माग गर्दै जनमोर्चाको प्रदर्शन

समाचार
काठमाडौं। राष्ट्रिय जनमोर्चाले २०८१ चैत्र २४ गतेदेखि ३० गतेसम्म ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं, संघीयता खारेज गरौं’ भन्ने नारासहित राजधानी केन्द्रित आन्दोलनको आयोजना गरेको छ ।   सोही आन्दोलन अन्तर्गत आज गौसलाबाट जुलुस सुरु गरी मैतिदेवी, डिल्लीबजार हुँदै काठमाडौंको भृकुटीमण्डपमा पुगेर सभा गरेको हो ।   प्रतिगामी शक्तिहरूले गणतन्त्र र धर्मनिरपेक्षतालाई समाप्त गरेर विश्वको र नेपालको पनि इतिहासले गलत सिद्ध गरेको राजतन्त्रको पुनस्थापनालागि प्रयत्न गरिरहेका भन्दै त्यस प्रकारको प्रतिरोधको सामना गर्नु पनि अहिलेको राष्ट्रिय र ऐतिहासिक आवश्यकता भएको जनमोर्चाको भनाई छ ।   नेपालको राष्ट्रियतामाथि लगातार आक्रमण बढाउँदै लैजानुका साथै अब उनीहरूले नेपाललाई युद्धको अखडा बनाउन पनि प्रयत्न गरिरहेको हुनाले नेपालका शासक वर्ग वा विभिन्न राजनीतिक पार्टीहरूका साम्राज्...