२२ श्रावण २०८२, बिहीबार

मणिलिङेस्वर फिल्मसको ब्यानरमा संगीता अधिकारीको प्रस्तुति रहने नेपाली कथानक चलचित्र सुस्केरा निर्माणको तयारीमा

काठमाडौं । शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहने सुस्केरा चलचित्र लाइ नबराज अधिकारी र डा. ओमकृष्ण प्रसाइले निर्माण गर्ने भएका छन ।

एउटा अबोध सडक बालक जो आफै बाच्न लाइ संघर्ष गरिरहेको छ तर उ अरुको लागि बाच्न चाहान्छ ,यहि सेरोफेरोको कथा सुस्केराले बोल्ने निर्देशक तथा लेखक घायलले बताए ।

यस चलचित्रमा दिनेश कोइराला , नेहा देव, डा. ओमकृष्ण प्रसाइ, नबराज अधिकारी ,मौसमी कार्कि, र बालकलाकार हरु आलोक चौरेलि, नायरा प्रसाइको अभिनय रहने छ ।

चलचित्रमा रबिन्द्र बरालको छायांकन , राजन महर्जनको नृत्य ,मदन न्यौपानेको मेकप , राजेस कुमारको सम्पादन रहने छ भने शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहने । चलचित्रको काठमाडौका लागि मिडिया कोर्डिनेटर प्रमोद डिजी हुन भने कोसी प्रदेशको मिडिया कोर्डिनेटर मनोज दहाल रहेका छन ।

चलचित्रको छायांकन यहि भदौको दोश्रो साता बाट हुनेछ भने चलचित्रको छायांकन काठमाडौ , भक्तपुर ओरपरको एरियामा हुनेछ।