काठमाडौं । लोक गायक पशुपति शर्मा सवार कार दुर्घटनामा परेको छ ।
बुधबार दिउँसो उनी सवार कार सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका–२ मा दुर्घटनामा परेको हो।
पोखराबाट वालिङ जाने क्रममा पशुपति शर्मा चढेको ग १ च ४१७१ नम्बरको कार अनियन्त्रित भएर कल्भर्टमा ठोक्किएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार कारमा शर्मासहित चार जना थिए। गायक शर्माको देब्रे हातको एउटा औँला भाँचिएको छ । अन्यलाई पनि समान्य चोटपटक लागेको प्रहरीले बताएको हो ।