२३ श्रावण २०८२, शुक्रबार

चक्रे मिलनसँग भक्तपुर प्रहरीले लियो बयान

काठमाडौं। प्रहरी हिरासतमा रहेका गुण्डा नाइके चक्रे मिलनसँग भक्तपुर प्रहरीले बयान लिएको छ ।

एक वर्षअघि भक्तपुरमा एक युवकमाथि कुटपिट गरेको घटनामा उनको बयान लिइएको हो ।

 

२०८१ भदौ १० गते भक्तपुरको मध्यपुर ठिमी नगरपालिका २ सानोठिमीस्थित दिव्यश्वरीमा रहेको बड्डाको तावा रेस्टुरेन्टमा सर्लाहीका मनीष रायमाझीमाथि कुटपिट भएको भन्दै उनका काका दिनेशकुमार रायमाझीले जाहेरी दिएका थिए।

केही दिन पहिले उनलाई काठमाडौं प्रहरीले जन्मदिनको बहानामा आतंक मच्चाएको आरोपमा पक्राउ गरेको थियो । भक्तपुर प्रहरीले बयान लिएर उनलाई फेरि काठमाडौं प्रहरीको जिम्मा लगाइसकेको छ ।